तिलक थापा, बाग्लुङ (बुर्तिबाङ) ।
गठबन्धन बनाएर चुनावी अभियानमा होमिएका राष्ट्रिय जनमोर्चा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बाग्लुङको बुर्तिबाङ बजारमा संयुक्त चुनावी कार्यालय स्थापना गरेका छन् । मंगलबार एक समारोहबीच राजमो र नेकपाका नेताहरुले कार्यालयको उद्घाटन गरेका हुन् ।
संयुक्त कार्यालयको नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश सचिव गोविन्द नेपालीले रिवन काटेर उद्घाटन गर्नुभयो । त्यस अवसरमा नेता नेपालीले स्वाधीन नेपाल कायम गर्न साझा बाम उम्मेद्वार खिमविक्रम शाहीलाई बिजयी गराउन सक्रियता पुर्वक लाग्न कार्यकर्ताहरुलाई आह्वान गर्नुभयो ।
राजमो र नेकपाका सयौँ कार्यकर्तामाझ गरिएको कार्यालय उद्घाटन समारोहमा बाग्लुङ २ (ख) प्रदेशसभाका साझा वामपन्थी उम्मेद्वार खिमविक्रम शाही उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज बलावती शर्मा, नेकपाकै अर्का केन्द्रीय सदस्य तथा जिल्ला सह ईन्चार्ज मन कुमारी केसी, राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापा, नेकपाका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा, राष्ट्रिय जनमोर्चाका नेता गौरीश्वर पाण्डे, तिलक थापा, बागलुङका सचिव भिमलाल पोखरेल, नेकपाका जिल्ला सदस्य शेरमान घर्ती लगायतको आतित्थ्यता रहेको थियो ।
कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चा जिल्ला उपाध्यक्ष धर्म बहादुर कुँवरले गर्नु भएको थियो ।