काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद सागका लागि नेपाली यू–२३ राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । नेपालमा आयोजना हुने साग खेलकुदका लागि अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार २० सदस्सीय नेपाली टिमको घोषणा गरेको हो ।
Advertisement
मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले टिमको घोषणा गरेका हुन् ।
टिममा परेका खेलाडी यी हुन्ः गोलकिपर- विकेश कुथु, अर्पण कार्की, दीप कार्की डिफेन्डर- अनन्त तामाङ, दिनेश राजवंशी, विकास खवास, सुमन अर्याल, छिरिङ गुरङ मिडफिल्डर- बिक्रम लामा, मिक्चेन तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, तेज तामाङ, सेसेहाङ आङदेम्बे, हेमन्त थापा मगर, नितिन थापा फरवार्ड- विमल घर्ती मगर, रेजिन सुब्बा, अभिषेक रिजाल, अन्जन विष्ट ।
सागमा २३ वर्ष मुनिका खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। जसमा तीन जना सिनियर खेलाडी राख्न पाइने प्रावधान छ।

