काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि बुधबार ग्राण्डी अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी ओलीलाई आज अस्पतालमै राखिने भएको छ । बुधबार साँझ अस्पतालले जारी गरेको विज्ञप्तिमा ओलीको स्वास्थ्य परीक्षण पुरा भएपछि आज राति वा भोलि बिहान हस्पिटलबाट डिस्चार्ज गरिने उल्लेख छ ।
प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार ओलीको यो नियमित स्वास्थ्य परीक्षण हो भने स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ।अस्पताल स्रोतका अनुसार उनको फोक्सोमा पानी जमेको र पिसाव फेर्न समस्या देखिएको छ ।
१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएपछि स्वदेशी र विदेशी अस्पतालमा ओलीको बारम्बार स्वास्थ्य परिक्षण हुँदै आएको छ । ओलीलाई भदौ ५ गते सिंगापुर लगेर दुई साता अस्पतालमा राखेर प्लाज्माफेरेसिस गराइएको थियो । ओली भदौ २० गते स्वदेश फर्किएका थिए ।
नियमित स्वास्थ्य जाँचका लागि प्रधानमन्त्री ओलीलाई बुधबार बिहान ग्राण्डी अस्पतालको आइसीयुमा राखेर विभिन्न परीक्षण गराइएको थियो।


