काठमाडौं । राष्ट्रिय जनमोर्चाले तिहारका अवसरमार काठमाडौं लगायत देशका विभिन्न भागमा प्रगतिशील देउसी भैलो खेलिरहेको छ । काठमाडौंमा शनिबारदेखि सुरु भएको देउसी भैलो सोमबार पनि जारी रह्यो ।
Advertisement
भैलो कार्यक्रममा अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल, महासचिव जनकराज शर्मा, सचिव हिमलाल पुरी लगायत बरिष्ठ नेताहरु सहभागी हुनुहुन्छ ।
राजमोको भैलोमा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुको बेजोड प्रस्तुती रहने गरेको छ ।
राजमोको भैलोलाई विभिन्न ठाउँबाट जनताले आफ्नो घर, टोलमा बोलावट गरिरहेका भएपनि धेरै ठाउँमा जान नभ्याइएको राजमो नेताहरुले बताउनुभएको छ । भैलो मंगलबार भाइटिकाको दिन पनि जारी रहनेछ ।
काठमाडौं

मोरङ

कञ्चनपुर

गंगानगर (भारत)

नवलपुर


