काठमाडौं । बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोपमा पक्राउ परेका एक सांसद रिहा भएकै दिन अर्का एक सांसदले पनि कर्मचारीमाथि हातपात तथा दुर्व्यवहार गरेको सार्वजनिक भएको छ ।
प्रदेश न. २ का सांसद अशोक कुमार यादवले शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका प्रमुख चेत कुमार पोखरेलमाथि हातपात प्रयास गरेका छन् ।
सर्लाही क्षेत्र न. २ (ख) बाट निर्वाचित सांसद यादवले इकाई प्रमुख पाखरेललाई उनकै कार्यकक्षमा प्रवेश गरी गालीगलौज गर्नुका साथै कुटपिटको प्रयास गरेको भन्दै नेपाल शिक्षक महासंघले कारबाहीको माग गरेको छ महासंघसहित सर्लाहीका विभिन्न शिक्षक संघ, संगठनहरुले संयुक्त विज्ञप्ति प्रकासित गरी सांसद यादवमाथि कारबाहीको माग गरेका छन् ।
उनीहरुले प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीलाई ज्ञापन पत्र बुझाउँदै यादवमाथि कारबाही नभए जिल्लाका सम्पुर्ण शिक्षण संस्था बन्द गरेर आन्दोलनमा उत्रिन बाध्य हुने चतावनी दिइएको छ ।
शिक्षक संघ संगठनका अनुसार बुधबार आफ्नै कार्यकक्षमा काम गरिरहेका शिक्षा इकाइ प्रमुख पोखरेलको कोठामा प्रवेश गरी सांसद यादवले उनको मोबाइल खोसी दुर्व्यवहार गर्नुका साथै र कुटपिटको प्रयास गरेका थिए ।
