काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन आज हुँदैछ । मंगलबारदेखि काठमाडौंमा जारी र्एनआरएनको नवौँ अन्तर्राष्ट्रिय सम्मेलनमा विभिन्न देशबाट २५ सय प्रतिनिधिको सहभागिछन् ।
Advertisement
आज हुने निर्वाचनमा ४२ पदमा मतदान हुनेछ । चाबहिलस्थित होटल हायातमा मतदाताको भीड लागेको छ ।
अध्यक्ष पदमा उम्मेदवारका रूपमा हालका उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य देखिएका छन् । एनआरएनएमा समेत नेपालको राजनीतिक प्रभाव देखिएको छ । अध्यक्षका प्रत्यासी पन्त नेकपा निकट हुन् भने आचार्य कांग्रेस निकट हुन् । उनीहरुले प्यानलै बनाएर चुनावी मैदानमा होमिएका छन् ।