• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

अर्घाबाट केसीको प्रश्नः भ्रष्टाचार र महंगीले हद नाघ्यो, यही हो संघीयता कार्यान्वयन ? (भिडियाे)


  •   आइतबार, असोज २६, २०७६ मा प्रकाशित
  • गोपाल प्रसाद भट्टराई, अर्घाखाँची

    Advertisement

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले मुलुकमा भ्रष्टाचार र महंगीले जनता आक्रान्त बनेको बताउनुभएको छ । कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आइतबार अर्घाको रानीगैरामा आयोजना गरेको सांस्कृतिक सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले संघीयता कार्यान्वयनका नाममा जनताको ढाड सेक्ने काम गरेको बताउनुभयो । केसीले प्रश्न गर्नुभयो, ‘ठुला दल र सत्ताधारीहरुले संघीयता कार्यान्वयन गर्यौँ भनिरहेका छन् । भ्रष्टाचार र महंगीले हद नाघ्यो, के यही हो संघीयता कार्यान्वयन ?’

    अध्यक्ष केसीले संघीयता खारेज नभए नेपाल नै नरहने उद्घोष पनि गर्नुभयो । सिंगो नेपाल वा संघीयतामध्ये एक रोज्नुपर्ने बेला आएको भन्दै केसीले भन्नुभयो, ‘नेपालको संघीयता देश र जनातको इच्छा बिपरित बाहिरी डिजाइनमा ल्याइएको हो । हिमाल र पहाडबाट टुक्राएर तराइलाई भारतमा गाभ्ने योजना अनुसार संघीयता आएको छ ।’ मुलुक हाँक्ने नेतृत्व र जनता बेलैमा सचेत नभएमा मुलुक सिक्किम बन्ने उहाँले चेतावनी पनि दिनुभयो ।

    कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रिय जनमोर्चाले हरेक वर्ष अर्घाको रानीगैरामा सांस्कृतिक सभाको आयोजना गर्दै आएको छ । ‘राष्ट्रियता, गणतन्त्र, धर्म निरपेक्षताको रक्षा र संघीयताको खारेजी’ भन्ने मुल नाराका साथ ऐतिहासिक स्थल अर्घाको रानीगैरामा आयोजित सो जनसभामा अध्यक्ष केसीले अहिलेसम्म प्रदेशको न्वरान गर्न नसक्नु, मुलुकमा भ्रष्ट्रचार र महंगीले हद नाघ्नु, सामाजिक बिकृतिका घटना बढ्दै जानु नै संघीयता असफलताको उदाहरण भएको फेहरिस्त प्रस्तुत गर्नुभयो ।

    नेपालको तराई क्षेत्रको भु–भाग भारतले आफ्नो कब्जामा पार्ने रणनीति संघियताबाटै सम्भव देखेको र यसको ज्वलन्त उदाहरण प्रदेश पाँच लाई तराईबाट छुट्टाउने खेल भएको अध्यक्ष केसीको भनाई छ । अध्यक्ष केसीले एउटा सरकार सञ्चालनको निम्ती बिदेशीसँग हार गुहार गर्नुपर्ने देशमा आठ ओटा सरकार सञ्चालन गर्न नेपाली जनताले थेग्न नसक्ने बताउनुभयो । जनप्रतिनिधि नामका कर्मचारी पाल्न बृद्धि गरिएको कर तिर्न जनताले नसक्ने उहाँको भनाई थियो । अध्यक्ष केसीले कुनै पनि पक्षबाट नेपालमा संघीयता आवस्यक नभएको र टिक्न पनि नसक्ने ठोकुवा गर्नुभयो ।

    फरक प्रशंगमा अध्यक्ष केसीले बर्तमान सरकार कम्युनिष्टको नभएको भन्दै जनतालाई नझुक्किन आग्रह पनि गर्नुभयो । ‘तत्कालिन एमाले र माओवादी मिलेर बनेको नेकपा नाम मात्रको पार्टी हो । यो कम्युनिष्ट पार्टी होइन’ अध्यक्ष केसीले भन्नुभयो, ‘वर्तमान सरकारको कार्यशैली परिवर्तन नभए देशमा अझै अराजकता बढ्दै जानेछ ।’

    मुलुकमा समृद्धिको सुरुवात भयो भन्ने सत्ताधारीको भनाई कुरामा मात्रै सिमित भएको भन्दै अध्यक्ष केसीले नेपालको शिक्षा बैज्ञानिक हुन नसकेका कारण र सरकारले योजना बनाउन नसक्दा युवा जती विदेशिन बाध्य भएको बताउनुभयो । ‘अहिलेको ब्यापारिक शिक्षा ब्यबहारमा आउँदैन,५ कक्षा पास गरेपछि विद्यार्थीले हलो जोत्न छाड्छन्, १० कक्षा पास गरेपछि गाउँ छाड्न, १२ पास गरेपछि देशै छाडेर विदेश जान्छन’ अध्यक्ष केसीले भन्नुभयो, ‘आज गाउँमा रहेका बृद्धाबृदाको बिजोग भएको छ । समृद्धि त सरकारलाई मात्रै आयो जनतालाई नआउने भयो ।’

    राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन केसीको अध्यक्षता, उपाध्यक्ष गोपाल पौडेलको स्वागत मन्तव्य र सचिव बाबुराम सुनारको सञ्चालनमा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेताहरु शेर बहादुर बिसी, सागर केसी, झविलाल थापा, नेकपा मसालका जिल्ला प्रवक्ता पशुपती ढकाल, अखिल नेपाल किसान महासंघका महासचिव कृष्ण केसी, अनेम संघ केन्द्रीय उपाध्यक्ष शकुन्तला राना,अखिल नेपाल युवक संघका अध्यक्ष अनिल किशोर घिमिरे, अखिल (छैठौं)का केन्द्रीय उपाध्यक्ष देवेन्द्र कुँवर, रक्तिम साँस्कृतिक अभियानका केन्द्रीय सल्लाहकार मधु क्षेत्री लगायतका बक्ताहरुले सम्बोधन गर्नुभएको थियो ।

    अर्घाखाँची सहित छिमेकी जिल्ला प्युठान, गुल्मी, कपिलवस्तु, रुपन्देही, पाल्पा लगायतका स्थानबाट हजारौँ दर्शकहरुको सहभागिता रहेको कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका केन्द्र तथा जिल्ला कलाकारहरूले विविध जनवादी सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका गरेका थिए ।

     

    https://www.youtube.com/watch?v=KWhSmv6joJs&feature=youtu.be&fbclid=IwAR2OOCGex6WyLsPGzJM5vUJZNOy89VpYw_ZrEkc0w7eij92ad69GQdWDzvg
    आइतबार, असोज २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.