• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

बढ्दो इसाईकरणः राष्ट्रियताका लागि गम्भीर खतरा


  •   बुधबार, असोज २२, २०७६ मा प्रकाशित
  • मनोज भट्ट

    Advertisement

    नेपालमा बढ्दो इसाईकरण देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताका लागि गम्भीर खतराको रूपमा देखा परिरहेको छ । यदि समयमा नै यसका विरुद्ध नेपाली जनता सचेत नहुने हो भने देशमा बढ्दै गइरहेको इसाईकरणले गम्भीर समस्या पैदा गर्न सक्दछ ।

    नेपालमाथि भारतीय साम्राज्यवादको हस्तक्षेपका विरुद्ध देशभक्त नेपाली जनता लगातार सङ्घर्ष गर्दै आएर नै आफ्नो राष्ट्रको अस्तित्वलाई अहिलेसम्म बचाउन सफल भएका छन् । देशको राष्ट्रियताको रक्षाको सवालमा भारतीय साम्राज्यवादका साथै बढ्दै गइरहेको इसाईकरणका विरुद्ध पनि सङ्घर्षको आवश्यकता रहेको छ । त्यसैले त्यसतर्फ हामी सबैको ध्यान जानु पर्ने आवश्यकता छ ।

    धर्म व्यक्तिको निजी मामिला हो । कुनै पनि व्यक्तिले आफूले अभ्यास गरिरहेको धर्म परित्याग गरेर आफूलाई मन परेको नयाँ कुनै धर्म स्वीकार गर्न सक्दछन् । त्यसैले धार्मिक आस्थाको आधारमा कुनै व्यक्तिले इसाई धर्म ग्रहण गर्नुलाई हामीले अन्यथा भन्न मिल्दैन । तर योजनाबद्ध ढङ्गबाट इसाईकरण गर्नका लागि विश्व महाशक्ति अमेरिका लगायतका मुलुक तिनीहरूद्वारा सञ्चालित हजारौँ इसाई सङ्घ÷संस्थाले हाम्रो जस्तो पिछडिएको मुलुकमा पैसाको बलमा इसाईकरणका लागि गरिरहेको प्रयत्न निश्चित रूपले हाम्रो देशको राष्ट्रियता सार्वभौमसत्ता र अखण्डताका लागि गम्भीर खतराको रूपमा विकास गरिरहेको छ ।

    यो कसैबाट लुकेको छैन कि पश्चिमा शक्तिले इसाई धर्मलाई विशुद्ध आस्था र संस्कृतिको रूपमा भन्दा आफ्नो राजनीतिक उद्देश्य प्राप्त गर्ने माध्यमको रूपमा प्रयोग गर्न थालेको कैयौँ शताब्दी भइसकेको छ । पश्चिमा शक्तिले धर्मलाई राजनीति र आफ्नो विदेश नीतिको एउटा अङ्गको रूपमा अगाडि बढाएको छ ।

    इसाई धर्म नेपाल सहित विश्वका शोषित उत्पीडित मुलुकका लागि धर्म नभएर पश्चिमाको राजनीति र विश्व कूटनीति भएकाले नेपालमा मात्र होइन, विश्वका विभिन्न गैरइसाई मुलुकका लागि गम्भीर चिन्ताको विषय बनेको छ । नेपालमा योजनाबद्ध ढङ्गबाट इसाईकरण गर्नुले पश्चिमा शक्तिको राजनीति र कूटनीति दुईवटैले यहाँको सन्दर्भमा विकास गर्दै र सफल हुँदै गइरहेको छ ।

    नेपालमा इसाईकरणलाई सफल पार्न सम्पूर्ण पश्चिमा शक्तिले नेपालमा गोप्य र खुल्ला रूपमा विभिन्न अन्तर्राष्ट्रिय सङ्घ÷संस्थाका माध्यमबाट पैसाको खोलो बगाएका छन् । कैयौँ देशका उदाहरण हाम्रो अगाडि छन् जहाँ इसाईकरण बढेको छ । त्यहाँ द्वन्द्व बढेको छ । गृहयुद्धको स्थिति उत्पन्न भएको छ । लाखौँ निर्दोष जनता मारिएका छन । कतिपय मुलुक टुक्रिएका छन् ।

    इसाई सम्बन्धी कतिपय आधिकारिक प्रचार, सञ्चार सामग्री तथा सामाजिक सञ्जालले भनेका छन् कि विश्वमा नेपाल तीव्र गतिले इसाईको सङ्ख्यामा बृद्धि हुने मुलुकभित्र पर्दछ । सन् २०१६ सम्ममा नेपालभन्दा पहिले चीन विश्वकै इसाई जनसङ्ख्यामा तीव्र बृद्धि हुने मुलुकमध्ये पर्दथ्यो । तर चीनमा बढ्दो इसाईकरणका विरुद्ध चीनले आन्तरिक रूपमा कारवाही तेज पारेपछि त्यहाँ पश्चिमा शक्ति केही पछाडि हटेका छन् भने अहिले नेपाल विश्वकै अग्रणी मुलुकभित्र परेको छ । यो कुरा थुप्रै स्वतन्त्र तथ्यबाट समेत पुष्टि भइरहेको छ ।

    नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायले २ अप्रिल २०१८ मा गरेको ट्विटमा भनिएको छ– नेपाल विश्वमै तीव्र इसाईकरण भएको मुलुक बनेको छ । यहाँ अहिलेसम्म १४ हजार चर्च र ३० लाख इसाई रहेको नेपालका इसाई सङ्गठनको दावी छ । ९० प्रतिशत चर्च १० वर्षमा खडा भएका छन् । काठमाडौँ भेटिकन सिटीपछि विश्वकै सबैभन्दा धेरै चर्च भएको शहर हो । तर घटना विचार साप्ताहिकले नेपालमा चर्चको सङ्ख्या १५,००० पुगेको दावी गरेको छ । कतिपय अनुसन्धानको क्षेत्रमा कार्यरत संस्था तथा इसाई सङ्गठनका अनुसार नेपालमा चर्चको सङ्ख्या १५,००० देखि १८,००० सम्म रहेको छ । नेपालमा चर्चको सङ्ख्यामा पनि तीव्र ढङ्गबाट बृद्धि भइरहेको छ । वि.सं. २०१९ सालमा नेपालमा चर्चको सङ्ख्या जम्मा २ वटा थियो । नेपालमा सिन्धुली, सर्लाही, महोत्तरी र मुगु बाहेक ७२ वटा जिल्लामा चर्च स्थापना भएर सञ्चालित छन् ।

    कैयौँ मुलुकमा चर्च राज्यभित्र नयाँ तथा समानान्तर राज्यको रूपमा उदय भएका छन् । चर्चले आफ्नो शक्ति देशका दूरदराजसम्म फैलाएको छ । अब चर्च धार्मिक संस्था मात्र नभएर त्यसले एउटा राजनीतिक संस्थाको रूप लिएको छ । बेलायतबाट प्रकाशित हुने पत्रिका “द गार्जियन” ले नेपालमा इसाईको सङ्ख्या १० लाख बताएको छ । गार्जियनको यो तथ्याङ्क २०७२ वैशाख १२ गते नेपालमा भूकम्प गएका बेलाको हो । नेपालमा भूकम्प गएपछि कथित सेवाको आवरणमा भूकम्प पीडितका बीच इसाईकरणको प्रक्रिया झनु तीव्र पारिएको थियो ।

    यदि सरकारी तथ्याङ्कलाई मात्रै द्द अधार बनाउने हो भने पनि इसाईकरण तीव्र ढङ्गबाट भइरहेको नै पुष्टि हुन्छ । सन् १९५१ मा नेपालमा भएको पहिलो राष्ट्रिय जनगणनामा इसाईको सङ्ख्या शून्य देखिन्छ । १९६१ मा ४५८ को सङ्ख्या देखिन्छ भने २००१ को जनगणनामा इसाई सङ्ख्या १,०२,००० देखिन्छ भने २०११ को जनगणनामा यो सङ्ख्या तीन गुणाले बृद्धि भएर ३,७५००० पुगेको देखिन्छ ।

    तर देशमा बढ्दो चर्चको सङ्ख्या र स्वयं इसाईका आधिकारिक सङ्घ/संस्थाले नेपालमा इसाईको जनसङ्ख्या ३० लाख पुगेको दावी गरेका छन् । त्यसमा सत्यता रहेको छ । यसरी नेपाल विश्वकै तीव्र गतिले इसाई जनसङ्ख्या बृद्धि हुने मुलुकमा गणना हुनुका पछाडि कैयौँ कारणले काम गरेको छ । तीमध्ये पश्चिमा शक्तिको विभिन्न इसाईसँग सम्बन्धित सङ्घ÷संस्था र मिसनरी जुन मानव सेवाको आवरणमा काम गरिरहेका छन्, तिनीहरूको निरन्तर तथा योजनाबद्ध प्रयासको परिणाम हो । त्यसका साथै नेपालको गरिबी, पछौटेपन, बेरोजगारी तथा धर्मको आधारमा गरिने सामाजिक भेदभावले पनि इसाईकरणका लागि आधारभूमि उपलब्ध गराएको छ ।

    इसाईसँग सम्बन्धित संस्थाको विवरणमाथि पनि हामीले ध्यान दिनु पर्ने आवश्यकता छ । नेपालमा तीव्र ढङ्गबाट भइरहेको इसाईको जनसङ्ख्या बृद्धिमा पश्चिमा शक्तिहरूले गोप्य र खुल्ला गरी योजनाबद्ध ढङ्ग काम गरिरहेका छन् । समाज कल्याण परिषद्मा दर्ता भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ( एनजिओ÷आइएनजिओ) मध्ये ८० प्रतिशत पश्चिमा इसाई धर्मावलम्बीबाट सञ्चालित भएको तथ्याङ्क गृह मन्त्रालयले सार्वजनिक गरेको थियो ।

    २०७६ श्रावण १७ गते साँघु न्यूज डटकम अनलाइन पत्रिकाले प्रकाशित गरेको समाचार अनुसार “समाज कल्याण परिषद्मा दर्ता भएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र उनीहरूको बजेटको सुक्ष्म अध्ययन गर्दा वर्षमा करिव १० अर्ब रूपैयाँ इसाई धर्मसँग जोडिएको छ ।” त्यति मात्र नभए त्यो पत्रिकाको समाचारमा अगाडि लेखिएको छ– “केही अमेरिकी सर्पोट अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले त इसाई बाहेकका व्यक्तिलाई जागिर दिन पनि छोडेका छन् ।” यसरी जागिर खानका लागि समेत धर्म परिवर्तन गर्नु पर्ने बाध्यता उत्पन्न गर्ने काम भइरहेको छ ।

    नेपाली चर्च र इसाई सङ्घ÷संस्थालाई नेपालमा इसाईकरणका लागि ठुलो परिमाणमा विदेशी सहयोग आइरहेको छ । मुख्यतयाः अमेरिका बेलायत, जर्मनी नर्वे, फिनल्यान्ड स्वीडेन, डेनमार्क, जापान र दक्षिण कोरिया जस्ता मुलुकले नेपाली इसाई सङ्घ÷संस्था र चर्चलाई नेपालमा इसाईकरणका लागि नियमित आर्थिक सहयोग गर्दै आइरहेका छन् । विदेशबाट आएको पैसाको बलमा नेपालका गरिब तथा पिछडिएका क्षेत्रका जनतालाई आफ्नो रणनीतिक लक्ष्य प्राप्त गर्न तथा साम्राज्यवादी स्वार्थ लाद्न पश्चिमा शक्तिले इसाईकरण गरिरहेका छन् ।

    सन् २०१८ को अगस्त महिनाको बेलायतबाट प्रकाशित हुने त्यहाँको एउटा प्रतिष्ठित पत्रिका “द गार्जियन” ले “गरिबलाई पैसा बाँडेर नेपालमा इसाई धर्मावलम्बी बढाइँदै छ” भन्ने शीर्षकमा समाचार प्रकाशन गरेको थियो । समाचारलाई पछि नेपालको अनलाइन पत्रिका बाह्रखरीले पनि अनुवाद गरी प्रकाशन गरेको थियो । “द गार्जियन” पत्रिकामा प्रकाशित समाचारको मुख्य सार “अहिले अरू धर्मबाट इसाई धर्ममा परिवर्तन हुने देशमा नेपाल अग्रस्थानमा भए पनि यो बदलाव केवल पैसाको कारण भएको हो, धार्मिक आस्थाका कारण होइन” भन्ने छ ।

    इसाई धर्म प्रचारका लागि नेपालमा अरबौँ रुपियाँ खन्याइएको छ भनेर पनि समाचार प्रकाशित भएको थियो । यो समाचारको अध्ययनबाट पनि यो निष्कर्षमा पुग्न हामीलाई कुनै गाह्रो पर्दैन कि नेपालमा इसाईकरणका लािग पश्चिमा शक्तिले अकूत धन खर्च गरिरहेका छन् । उनीहरूले मुख्यतयाः गरिब, दलित र जनजातिलाई आफ्नो लक्षित वर्ग बनाएका छन् । “द गार्जियन” को उक्त समाचारमा यो पनि भनिएको छ कि “नेपालमा आफूलाई क्रिस्चियन भनेर चिनाउने गरेकामध्ये ६५ प्रतिशत दलित रहेका छन् ।” नेपालमा कार्यरत नेपाल इसाई फेडरेसन अनुसार पनि नेपालमा इसाई धर्ममध्ये पहाडमा बढी फस्टाएको र नेपालमा इसाई धर्म अँगाल्ने धेरैजसो पहाडी मूलका जनजाति र दलित तथा तराई मूलका जनजाति रहेका छन् ।

    “द गार्जियन” को समाचारबाट प्रष्ट हुन्छ कि पश्चिमा शक्तिले विशेषतः गरिब र सामाजिक रूपमा अपहेलित वर्गलाई नै आफ्ना लक्षित वर्ग बनाएका छन् । यस्तो वर्गका बीच पैसाले चाँडै प्रभाव पार्दछ । सर्वसाधारण जनतालाई इसाईकरण गर्नसम्म मात्र पश्चिमा शक्तिले आफूलाई केन्द्रित नगरेर नेपालका नेता र सांसदलाई इसाई बनाउनका लागि पनि एउटा परियोजना नै गोप्य रूपमा सञ्चालन गरेको छ ।

    लामो समयदेखि अमेरिका र फिनल्यान्डका इसाई सङ्घ÷संस्था तथा त्यहाँका सांसदले उक्त परियोजना लागि आर्थिक सहयोग दिदै आएका छन् । सांसद र राजनेतालाई विदेश भ्रमण लैजाने र विभिन्न प्रकारका सुविधा उपलब्ध गराउने तथा उनीहरूको निर्वाचन क्षेत्रमा विभिन्न प्रकारका विकास आयोजनालाई अगाडि बढाउन समेत सहयोग गरेका छन् ।

    यसरी सांसद र राजनेतालाई विभिन्न प्रकारले आफ्नो हातमा लिएर इसाईकरणका लागि बाटो थप सजिलो तथा वैधानिक बनाउने र राज्यशक्तिको घ उपल्लो तहमा पहुँच पु-याउने उद्देश्य रहेको छ । यो काममा उनीहरू धेरै हदसम्म सफल पनि भएका छन् । त्यसको ज्वलन्त उदाहरण हो– केपी ओलीले नेतृत्व गरेको तत्कालीन सरकारको शान्तिमन्त्री जस्तो सरकारको महत्वपूर्ण पद त्यो अभियानका नेतृत्वकर्ताले पाउन सफल भएबाट समेत इसाईहरूको नेपालको राज्यशक्तिमा दह्रो प्रभाव रहेको सहज अनुमान गर्न सकिन्छ । यस प्रकारका कामको अगुवाइ दक्षिण कोरियाका “सन म्याङ मुन” र उनको संस्था “युनिभर्सल पिस फेडरेसन” ले गरिरहेको छ ।

    यही संस्थाको आयोजनामा गत साल मङ्सिर ४ गते नेपालमा क्रिस्चियनको अन्तर्राष्ट्रिय सम्मेलन भएको थियो । त्यसमा नेपाल सरकार सहप्रायोजक बनेको थियो । इसाईकरणमा बृद्धि गर्नका लागि पश्चिमा शक्तिले “हिमालय रणनीतिक प्लान” बनाएका छन् । २०५९ पौष २०– २७ गते राजधानीको बुढानीलकण्ठमा पश्चिमा देशका धर्म प्रचारको अन्तर्राष्ट्रिय भेलाले यो “हिमालयन योजना” बनाएका हुन् । यद्यपि यो योजनालाई अहिलेसम्म गोप्य राखिएको छ । यो योजनाले नेपाल, सिक्किम, तिब्बत र भुटान जस्ता हिमाली देश र राज्यलाई समेटेको छ । यसको मुख्य उद्देश्य सम्बन्धित मुलुकमा चर्चलाई बलियो बनाउनु रहेको छ ।

    अन्तर्राष्ट्रिय र नेपालभित्र खडा गरेका विभिन्न इसाई सङ्घ÷संस्थाले इसाईकरणका लागि काम गरिरहेका छन् । त्यस्ता इसाई सङ्घ÷संस्थाको नेपालमा ठुलो सञ्जाल रहेको छ । त्यो सञ्जाल निकै शक्तिशाली रहेको छ । यसमा युनाइटेड मिसन टु नेपाल प्रमुख रहेको छ । यो संस्थाले १६ वटा मुलुकका ४० वटा सङ्घ÷संस्थासँग मिलेर काम गरिरहेको छ । यसले पाल्पा, पाटन र ओखलढुङ्गा लगायतका जिल्लामा मिसन अस्पताल सञ्चालन गरेको छ । कोरियास्थित सुजुङ चर्चले समेत नेपालका कतिपय जिल्लामा अस्पताल र विद्यालय खोलेर त्यस मार्फत् इसाईकरणलाई अगाडि बढाएको छ ।

    त्यस बाहेक निम्न इसाई मिसनरी र सङ्घ/संस्थाले इसाईकरणका लागि भूमिका खेलिरहेका छन् ।

    नेसनल चर्च फेलोसिप नेपाल, राष्ट्रिय मण्डली परिषद्, नेपाल क्रिस्चियन समाज, इन्टरनेसनल नेपाल फिलोसिप,  युनाइटेड मिसन टू नेपाल, वल्र्ड भिजन नेपाल,  मेरी स्टोप्स क्लिनिकल मेडिकल,  फोक्स, आड्रा नेपाल , क्रिस्चियन फेलोसिप,  टिम मिसन, नेपाल क्रिस्चियन चिल्डे«न एजुकेसन, क्याम्पस क्रुसेड फर क्राइस्ट , इन्टरनेसनल बाइबल सोसाइटी,  नेपाल क्रिस्चियन एलायन्स,  एग्री होम क्रुसेड, गोस्पेल एसिया,  विटनेस फर नेपाल,  नेपाल बाइबल सोसाइटी,  एभमान्जेलिक्ल एलान्स,  नेपाल लेप्रोसी ट्रस्ट,  नेपाल ख्रिस्टियन फेलोसिप,  अगापे क्रिस्चियन फेलोसिप, इम्यानुएल चर्च मिनिस्ट्रज, गोस्पेल रेकर्डड,  अपरेसन मोबिलाइजेसन , इन्टरनेसनल निड्स द्ध,  प्रिजन फेलोसिप नेपाल, नेसनल फिलोसिप अफ नेपाल बाइबल ट्रे्निङ,  क्रिस्चियन आर्टस् एसोसियन्स,  मुभमेन्ट फर युनिटी,  क्रिस्चियन प्रोफेसनल फेलोसिप ।

    विश्वविद्यालय क्रिस्चियन विद्यार्थी सङ्गति गत मङ्सिर ४ मा नेपालमा भएको विवादस्पद युनिभर्सल पिस फेडरेसनको सम्मेलनपछि प्र.म. ओलीले दक्षिण कोरियाको इसाई विश्व विद्यालय काङघम र त्रिभुवन विश्व विद्यालयका बीच शैक्षिक सहकार्य गर्ने सम्झौता भएको छ । निश्चित रूपले इसाई मिसन अन्तर्गत सञ्चालित यो विश्व विद्यालयले समेत नेपालमा इसाईकरणका लागि काम गर्नेछ ।

    नेपालको बाइबल सोसाइटीले राई, लिम्बु, नेवारी लगायतका राष्ट्रिय भाषामा बाइबलको प्रकाशन गरी लाखौँ प्रति निःशुल्क वितरण गरिरहेको छ । यसरी हेर्ने हो नेपालमा शिक्षा, स्वास्थ्य रोजगार तथा कैयौँ लोक–कल्याणकारी कार्यको आवरणमा सयकडौँ इसाई मेसिनरी तथा इसाईकरणलाई बढावा दिने अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्था र पश्चिमा शक्ति इसाईकरणका लागि कार्यरत छन् । यी संस्थासँग अथाह पैसा हुनुका साथै नेपालमा पश्चिमा कूटनीतिज्ञको साथ सहयोग र शक्ति पनि छ ।

    यो बताई रहनु पर्ने आवश्यकता छैन कि वि.सं. २००७ सालमा इसाई मिसनरी इन्टरनेसनल नेपाल फेलोसिप नामक सङ्गठन बेलायती राजदूतको संरक्षणमा नेपाल भित्रिएको हो । पश्चिमा शक्तिहरूले तीव्र ढङ्गबाट नेपालमा इसाईकरण गरेर पनि अझ धर्म परिवर्तनलाई खुकुलो गराउन अमेरिकाले नेपाललाई दबाब दिइरहेको छ । अमेरिकी विदेश मन्त्रालयले हरेक वर्ष सार्वजनिक गर्ने “रिपोर्ट अफ इन्टरनेसनल रिलिजियस फ्रिडम २०१८” को रिपोर्टमा नेपालमा धर्मान्तरण गर्नेलाई पक्राउ गरी स्वदेश फिर्ता गरी दिएको र इसाई धर्मावलम्बीमाथि ज्यादती भएको उल्लेख छ । रिपोर्ट अनुसार अमेरिकी दूतावास र परराष्ट्र मन्त्रालयका प्रतिनिधिले नेपाल सरकारसँगको भेटवार्ताको क्रममा नेपालमा धर्मान्तरणलाई खुकुलो गराउनुका लागि पटक पटक माग गरेका छन् ।

    यद्यपि अमेरिकाले जारी गरेको रिपोर्टप्रति नेपालले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । यस्तै प्रकृतिका रिपोर्ट अमेरिकाले भारतको सवालमा पनि उठाएको छ । यसबारे भारतले अमेरिकालाई कडा जवाफ दिंदै यो विषय भारतको आन्तरिक मामिला बताएको छ । पश्चिमा शक्तिले इसाईकरण गरेका वा त्यसमा सफलता प्राप्त गरेका मुलुकमा देखिएको विखण्डन द्वन्द्वको घटनाबाट पनि हामीलाई बुझ्न कुनै समस्या पर्दैन कि इसाईकरण नेपालका लागि कति घातक छ भन्ने कुरा । नाइजेरियामा पश्चिमा शक्तिले गरेको इसाईकरणको परिणाम त्यहाँ सुरु भएको आन्तरिक गृहयुद्धले भयावह रूप लिएको विश्वलाई थाहा नै छ । त्यहाँ १० लाख भन्दा बढी मान्छे मरिसकेका छन् ।

    सन् १७३६ मा द. अफ्रिकामा इसाई मसिनरीको प्रवेशपछि उक्त मुलुकमा इसाईकरणले तीव्र रूप लिएको थियो । सुरुमा बाइबल थमाएर दक्षिण अफ्रिकालाई प्रभावित गर्ने इसाईले बिसौँ शताब्दीसम्म आइपुग्दा त्यहाँको राज्यसत्तामाथि नियन्त्रण कायम गरिसकेको थियो । त्यसबाट मुक्त हुन दक्षिण अफ्रिकाले ठुलो लडाइँ लड्नु प¥यो । इसाईकरणको परिणाम कोसोबो, दक्षिण सुडान र क्रिमिया बनाउन पश्चिमा शक्ति सफल भएका छन् । इथोपियाबाट सन् १९९३ मा भिन्न राष्ट्रको रूपमा अलग भएको इरिट्रिया र २०११ मा सुडानबाट अलग भएको दक्षिणी सुडानको निर्माणका पछाडि त्यहाँका इसाईको ठुलो हात रहेको थियो । अफ्रिकन तथा ल्याटिन अमेरिकी मुलुकमा इसाईकरण गरेर यहाँसम्म कि त्यहाँ इसाईका छुट्टै राजनीतिक दल जस्तै इसाई रिपब्लिक पार्टी, इसाई जनतान्त्रिक पार्टी जस्ता कैयौँ दल पनि खोलेर पश्चिमा शक्तिले त्यहाँको राज्यलाई कमजोर र द्वन्द्वग्रस्त बनाएर कच्चा पदार्थका साथै राज्यसत्तामाथि आफ्नो प्रभुत्व कायम गर्ने प्रयत्न गरिराखेका छन् ।

    विश्वका विभिन्न मुलुकमा प्रवेश गर्नका लागि अमेरिकाले आफ्नो गुप्तचर संस्था सिआइएको प्रयोग गर्नुका साथै सन् १८१२ देखि धर्मलाई पनि अमेरिकाले राजनीतिक अस्त्रको रूपमा प्रयोग गरेर त्यसका माध्यमबाट अन्य देशमा छिर्ने राणनीति बनाएको थियो । त्यसमा अमेरिका निकै सफल भयो । धर्म जस्तो आस्थाको आडमा अन्य मुलुकमा प्रवेश गर्नु सम्भव र सजिलो पनि थियो । त्यसपछि त अमेरिकी मिसनरी संस्थाहरूको विश्वमा ठुलो बाढी नै आयो । उन्नाइसौँ शताब्दीको पछिल्लो दशकमा अमेरिकी पुँजीबाट सञ्चालित मिसनरी गतिविधि सम्पूर्ण विश्वमा फैलियो । अमेरिकाले १९२१ मा “अन्तर्राष्ट्रिय मिसनरी काउन्सिल” को स्थापना ग-यो, जुन ३५ देशमा फैलिएको थियो । १९२५–४८ सम्मको छ अवधिमा मात्र प्रोटेस्ट्यान्ट मिसनरीको सङ्ख्या अमेरिकामा ७,५०,००० पुगिसकेको थियो ।

    यिनै मिसनरीको माध्यमबाट अन्य देशमा छिरेर त्यहाँका बारेमा पर्याप्त जानकारी लिएर त्यहाँ आफ्ना राजनीतिक तथा साम्राज्यवादी स्वार्थ लाद्न अमेरिकालाई सहज भयो । नेपालमा इसाईकरण बढाउनुमा अमेरिकी साम्राज्यवादी राजनीतिको एउटा अङ्गको रूपमा रहेको छ । यदि यसलाई समयमा नै नियन्त्रण गर्न सकिएन भने इसाईकरणले देशको राष्ट्रिय मुक्ति आन्दोलनलाई गम्भीर क्षति पु-याउने छ । भारतको उदाहरण हाम्रो अगाडि छ । ब्रिटिश साम्राज्यवादका विरुद्ध भारतीय स्वतन्त्रता सङ्ग्राममा भारतका इसाई तथा बाहिरबाट आएका इसाई कुनै पनि प्रकारले सामेल भएनन् । पश्चिमा शक्तिले भारतमा ठुलो पैमानामा इसाईकरण ग¥यो । त्यो इसाई जनसङ्ख्यालाई स्वतन्त्रता सङ्ग्राममा विरक्त बनाएर पश्चिमा साम्राज्यवादको सेवा गर्ने काम गरेको थियो ।

    त्यस्तो खतरा नेपालमा पनि विद्यमान छ । पश्चिमा साम्राज्यवादी शक्ति विरुद्धको आन्दोलनमा यो जनसङ्ख्या सहभागी नहुने वा भए पनि त्यो आन्दोलनलाई पश्चिमाकै स्वार्थमा प्रयोग हुने खतरा छ । पश्चिमा शक्तिले भारत र चीनमा पनि ठुलो परिणाममा इसाईकरण गरिरहेको छ । चीनमा सन् २०३० सम्ममा २४ करोड ७० लाख चिनियाँ नागरिकलाई इसाईकरण गर्ने इसाई सङ्घ/संस्थाको योजना रहेको छ । भारत र चीनमा बढ्दो इसाईकरण भारत र चीनका लागि टाउको दुखाइको विषय बनेको छ ।

    नेपालमा बढ्दो इसाईकरण पनि चीन र भारतको टाउको दुखाइको विषय बनेको छ । तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको चीन भ्रमणका बेला चिनियाँ पदाधिकारीले नेपालमा बढ्दो इसाईकरणका बारेमा चिन्ता जाहेर गरेका थिए । भारतमा बढ्दो इसाईकरणको परिणाम भारतका १० वटा राज्यमा अन्य धर्मावलम्बीरूको जनसङ्ख्यालाई अलग अलग गणना गर्दा इसाईहरू बहुमतमा रहेका छन् । भारतमा यसरी तीव्र गतिमा किन इसाईकरण भइरहेको छ भनेर त्यहाँका विभिन्न प्रदेशले बेग्लाबेग्लै र आयोग पनि बनाउने गरेका छन् । मध्य प्रदेशको सरकारले सन् १९५४ मा मध्य प्रदेशमा बढ्दो इसाईकरणका समस्यालाई समाधान गर्ने उद्देश्यले त्यागी समिति गठन गरेको थियो ।

    त्यागी समितिको रिपोर्टमा भनिएको थियो कि मध्य प्रदेशमा भएका चर्चले समानान्तर राज्य शक्तिको रूपमा विकास गरेका छन् र त्यसको अभ्यास गरिरहेका छन् । राज्यको समानान्तर शक्तिको रूपमा चर्चको विकास हुनु कति घातक छ ? स्वयं युरोपको अनुभव हाम्रा अगाडि छ । नेपालमा पनि चर्चलाई बलियो बनाउन र समानान्तर राज्यको रूपमा खडा गर्ने प्रयत्न भइरहेको छ । नेपालमा इसाई धर्म, इसाई मिसनरी र चर्चले धार्मिक नभएर राजनीति संस्थाको रूपमा विकास गरेको छ । इसाई धर्म पश्चिमा शक्तिको राजनीतिक हतियार भएकाले यो सुरुदेखि नै यसलाई अर्थात् इसाई मिसनरी र चर्चलाई साम्यवादका विरुद्ध प्रयोग गरिएको छ ।

    साम्यवादतर्फ आकर्षित हुन नदिएर मजदुरलाई त्यसबाट विमुख गराउन फ्रान्समा इसाई समाजवादलाई अगाडि ल्याएर समाजवादको विरुद्ध वैचारिक धारा खडा गर्ने काम गरेका थिए । इसाई समाजवादका बारेमा कार्ल माक्र्सले कम्युनिस्ट घोषणा पत्रमा उल्लेख गरेका छन् । कथित इसाई समाजवाद एउटा प्रतिक्रियावादी धारा हो । साम्यवादका विरुद्ध वैचारिक रूपमा मात्र होइन, ठुलो परिणाममा धनराशी खर्च गरेर साम्यवाद (कम्युनिज्म) को प्रभावलाई रोक्नका लागि इसाई चर्च र मिसनरीले पूरा शक्ति लगाएका थिए, लगाइरहेका छन् । ५ मे १९४८ मा मनिलामा सम्पन्न अमेरिकी मेथोडिस्ट चर्चको सभाले साम्यवादका विरुद्धमा विश्वव्यापी अभियान सञ्चालन गर्न ५० मिलियन डलर खर्च गर्ने प्रस्ताव गरेको थियो ।

    यस्ता कैयौँ उदाहरण छन्, चर्चले साम्यवादका विरुद्ध संसारभरि अभियान चलाएका छन् । त्यसैले नेपालमा बढ्दो इसाईकरण राष्ट्रिय मुक्ति आन्दोलन, साम्यवादी आन्दोलनको विकास वा विस्तार, राष्ट्रियता र अखण्डताका लागि घातक भएकाले यसका विरुद्ध सङ्घर्ष गर्नु पर्ने आवश्यकता छ । यस विरुद्धको आन्दोलनप्रति नरमी अपनाउनु वा नजरअन्दाज गर्नुको अर्थ साम्राज्यवाद विरुद्धको आन्दोलनलाई कमजोर पार्नु हो र हुनेछ ।

    नेपालमा बढ्दो इसाईकरणले २०६२–६३ सालको ऐतिहासिक जनआन्दोलनका प्रमुख उपलब्धीमध्ये गणतन्त्र र धर्म निरपेक्षतालाई समेत सङ्कटमा धकेल्ने र नेपालमा हिन्दु राज्य कायम गरेर राजतन्त्रको पुनस्र्थापनाका लागि वातावरण बनाउने सम्भावना पनि बढेको छ । नेपालमा तीव्र ढङ्गबाट इसाईकरण नेपालको जनवादी आन्दोलनलाई गम्भीर क्षति पु¥याउनुका साथै इसाई धर्मको माध्यमबाट पश्चिमा शक्तिले चीनका विरुद्ध घेरावन्दी गर्ने उद्देश्य पनि रहेको छ । हामीले अगाडि पनि भनिसक्यौँ कि इसाईकरण स्वयं चीनका लागि समेत टाउको दुखाइको विषय बनेको छ । त्यस्तो अवस्थामा नेपालमा तीव्र ढङ्गबाट भइरहेको इसाईकरणले चीनलाई समेत गम्भीर असर पु-याएको छ र नेपालमा बढ्दो इसाईकरणले दक्षिण एसियामा पश्चिमाको प्रभुत्व र प्रभाव विस्तार हुनुले भारतीय साम्राज्यवादका लागि समेत समस्या पैदा हुने भएकाले चीन र भारतले आफ्नो छुट्टाछुट्टै राष्ट्रिय स्वार्थका कारण नेपालको धर्म निरपेक्षताका विरुद्ध एक हुन सक्ने स्थिति पनि पैदा हुन सक्दछ ।

    यद्यपि भारतीय संस्थापन पक्ष पहिलेदेखि नै नेपालमा हिन्दु राज्यको पक्षमा भएको सबैलाई ट थाहा नै छ । नेपालको धर्म निरपेक्षताका विरुद्ध चीन र भारतका बीच सहकार्य हुन सक्दछ । स्वयं नेपालमा बढ्दो इसाईकरणले भारतस्थित राष्ट्रिय स्वयंसेवक सङ्घ लगायतका हिन्दुवादी सङ्गठनले पनि इसाईका विरुद्ध हिन्दुलाई सङ्गठित गर्ने, त्यसका लागि इसाईका विरुद्ध हिन्दुवादीलाई आक्रमणका लागि उक्साउने परिस्थिति पनि उत्पन्न हुन सक्दछ, जसको परिणाम धार्मिक द्वन्द्वको अवस्था पैदा हुन सक्दछ ।

    संविधान सभामा जातीय सङ्घीयताको मुद्दालाई स्थापित गराएर पारित गराउन त्यसका लागि देशभित्रको आदिवासी जनजातिलाई आन्दोलित गर्न, विभिन्न पार्टीका नेतालाई जातीय मुद्दामा सहमत गराउन विदेश भ्रमणदेखि आर्थिक सहयोग उपलब्ध गराउन, नेपालका बुद्धिजीवीलाई जातीय राज्यका पक्षमा परिचालन गर्न पश्चिमा शक्तिले पूरा शक्ति लगाएको विषय पुरानो भएको छैन । जातीय राज्य स्थापना गर्न पश्चिमाले अन्ततः एक मधेश एक प्रदेशमा सहमति जनाएर पहाडी क्षेत्रमा जातीय राज्यको समर्थनका लागि भारतलाई सहमतिमा ल्याएका थिए ।

    नेपालमा जातीय राज्यको स्थापनाका लागि पश्चिमाले ९६ अरब खर्च गरेको थियो । नेपालमा जातीय राज्य स्थापनाका पछाडि पश्चिमाको रणनीतिक स्वार्थ थियो । त्यसका लागि उनीहरू जे पनि गर्न तयार भए । ठिक त्यसै प्रकारले नेपालमा इसाईकरण गर्नु पनि त्यही रणनीतिका एउटा अङ्ग हो । जातीय तथा धार्मिक द्वन्द्व गराउनु, गृहयुद्धको स्थिति तयार पार्नु र गृहयुद्धको आडमा नेपालमा प्रवेश गर्नु । देशको राष्ट्रियता सार्वभौमसत्ता र अखण्डताको रक्षाका लागि नेपालमा तीव्र गतिमा भइरहेको इसाईकरणका विरुद्ध खडा हुनु पर्दछ ।

    बुधबार, असोज २२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.