नेपालगञ्ज । भेरी अञ्चल अस्पतालमा मिर्गौलाका रोगीलाई आवश्यक उपकरण नहुँदा उपचारमा समस्या भएको छ ।अस्पतालका चार उपकरणमध्ये दुई वटा कामै नलाग्ने अवस्थामा रहेका अस्पतालले जनाएको छ ।
Advertisement
अस्पतालमा मिर्गौलाका बिरामीलाई डायलायसिस गराउन समस्या भएको र यसबारे अस्पताल प्रशासन र व्यवस्थापन पक्षले चासो नदेखाएको स्थानीयको आरोप छ । उपकरण अभावमा डायलायसिसका लागि पालो कुर्नुपर्ने अवस्था छ ।
दक्ष जनशक्तिको अभाव रहेको अस्पतालमा बिरामीलाई एक ठाउँबाट अर्को ठाँउमा लैजान ‘ह्विल चियर’समेत छैन ।
तेइस मिर्गौला बिरामी पालो कुरेर बसेकामा अहिले चार जनाले मात्र डायलायसिस गरिरहेका अस्पतालले जनाएको छ । अन्य बिरामी पालो कुरेर बसेका छन् । डायलायसिस मेशिन, दक्ष जनशक्ति र युनिट सञ्चालनका लागि पटकपटक माग गर्दै आएको सो अस्पतालका डायलायसिस विभाग प्रमुख डा पारस श्रेष्ठले बताए ।

