काठमाडौं । विवाह गर्ने आश्वासनमा फसेर भारतको राजधानी दिल्ली पुगेकी नवलपरासीको बर्दघाटकी एक किशोरीलाई उद्धार गरिएको छ । पीडित किशोरीलाई दिल्लीको आनन्द विहार घर बताउने नन्दन नामक व्यक्तिले करिव एक महिना पहिले वाट्स एप मार्फत कुराकानी गरेर फसाएका थिए ।
नन्दन नामक व्यक्तिलेविवाह गर्ने भन्दै दिल्ली बोलाएका थिए । पिडित किसोरी गत २१ सेप्टेम्बरमा दिल्ली पुगेकी थिइन । दिल्लीको आन्नद विहार रेलवे स्टेशनमा लिन आएको दलालले पीडित किशोरी सँगै पुलिस देखे पछि किशोरीलाई रेलवे स्टेशनमै छाडेर भागेका थिए ।
त्यसपछि पीडित किशोरीले नन्दनमाथि शंका गरेर रेलवे स्टेशनमा परिचालित बालबालिका सम्बन्धि काम गर्ने महिलाहरुलाई सहयोग मागेकि थिइन । महिला अधिकारीहरुले किशोरीसँग भएको फोन नम्बरको सहायताले दलाल नन्दनलाई पनि पक्राउ गरिएको छ ।
दलाल नन्दनले यस अधि पनि महिलाहरूलाई विवाह गर्ने आश्वासन दिएर महिलाहरुलाई बेच्ने गरेको खुल्न आएको छ । त्यसपछि पुलिसले नन्दन नामक दलाललाई हिरासतमा राखेर किशोरीलाई सुरक्षित आवसमा पठाएको छ ।
सुरक्षित आवासबाट आफन्त नेपाल नामक संस्थालाई पत्राचार गरिएपछि पीडित किशोरीको परिवारलाई खोजेर बुधबार नेपाल फिर्ता पठाइएको आफन्त नेपाल दिल्लीका प्रमुख नविन जोशीले बताए । दिल्लीमा उद्धार गरिएकी किशोरीसँगै घरबाट भागेर दिल्ली पुगेकी कपिलवस्तुकी एक किशोरीलाई पनि नेपाल फिर्ता पठाइएको छ ।