• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

उद्योग र व्यापारको सहजीकरण गर्न प्रत्यायन केन्द्र स्थापना

कम्पनीको जरिवाना छुटसहित विवरण अद्यावधिक गर्ने म्याद पुस मसान्तसम्म

पश्चिमी वायुको आंशिक प्रभावले पहाडी क्षेत्रमा हल्का वर्षा हुन सक्ने

शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

सरोकारवाला पक्षसितको सहमतिमा प्रेस काउन्सिल ऐन संशोधन गर्न महासङ्घको आग्रह

अफगानी नागरिकको निर्वासन रोक्न अमेरिकी अदालतको आदेश

इरानका सर्त पूरा नभएसम्म हर्मुज जलघाँटी नखुल्ने

ग्रिनल्याण्डमा अमेरिकी सैन्य उपस्थिति विस्तार गर्ने सम्झौता अनुमोदन

डा केसीसँग वार्ता गर्न सरकारले बनायो वार्ताटोली

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ३. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ४. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ५. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ६. बैनी, तेरो मृत्युमा (शोककविता)

  • ७. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ८. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ९. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

  • १०. १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

उद्योग र व्यापारको सहजीकरण गर्न प्रत्यायन केन्द्र स्थापना


  •   बिहिबार, कार्तिक १९, २०८३ मा प्रकाशित
  • काठमाडौँ । सरकारले औद्योगिक विकास र व्यापार सहजीकरणका नेपाल प्रत्यायन केन्द्र स्थापना गरेको छ । त्रिपुरेश्वरस्थित केन्द्रको २०८३ कात्तिक १८ गते बुधबार एक कार्यक्रमबिच स्थापना गरिएको हो ।

    Advertisement

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले केन्द्रको उद्घाटन गर्दै उद्योगको लागत घटाउने, उपभोक्ताको विश्वास बढाउने र नेपाली उत्पादनलाई विश्व बजारसँग जोड्ने दिशामा केन्द्रको सञ्चालन कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे ।

    नेपाली उद्योगलाई प्रतिस्पर्धी बनाउने, उपभोक्ताले गुणस्तरीय र सुरक्षित वस्तु तथा सेवा प्राप्त गर्ने सुनिश्चितता बढाउने र नेपाली उत्पादनलाई अन्तरराष्ट्रिय बजारमा स्थापित गर्ने उद्देश्यले केन्द्रको स्थापना गरिएको हो ।

    मन्त्रालयका अनुसार केन्द्रको सञ्चालनबाट अब प्रयोगशाला, मेडिकल ल्याब, निरीक्षण तथा प्रमाणीकरण गर्ने संस्थाले नेपालमै प्रत्यायन सेवा प्राप्त गर्ने आधार तयार भएको छ । यसले उद्योगी तथा व्यवसायीको परीक्षण र प्रमाणीकरणसम्बन्धी समय र खर्च घटाउन, गुणस्तर सुधार गर्न तथा विदेशी निकायमाथिको निर्भरता कम गर्न सहयोग पुग्नेछ ।

    केन्द्रको स्थापनापछि खाद्य पदार्थ, औषधीजन्य उत्पादन, निर्माण सामग्री, विद्युतीय उपकरणलगायत वस्तुको गुणस्तर परीक्षण गर्ने संस्थाको विश्वसनीयता अभिवृद्धि हुँदा आम उपभोक्ताको स्वास्थ्य, सुरक्षा र हित संरक्षणमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।

    “नेपालको निर्यात व्यापारलाई सहज बनाउन अन्तर्राष्ट्रिय प्रत्यायन तथा पारस्परिक मान्यताको व्यवस्था गर्न केन्द्रले महत्त्वपूर्ण भूमिका खेल्नेछ । यसबाट नेपाली उत्पादनको गुणस्तरप्रति अन्तरराष्ट्रिय विश्वास बढाउन र निर्यातकर्ताको लागत तथा प्रक्रियागत झन्झट घटाउन पनि सहयोग पुग्नेछ” मन्त्रालयद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    नागरिकले सुरक्षित वस्तु पाउनुपर्छ, उद्योगीले अनावश्यक खर्च र झन्झटबाट मुक्ति पाउनुपर्छ र नेपाली उत्पादनले विश्व बजारमा सम्मानजनक स्थान बनाउनुपर्छ भन्ने विषयलाई आत्मसात् गर्दै केन्द्रको स्थापना गरिएको बताइएको छ ।

    बिहिबार, कार्तिक १९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्पनीको जरिवाना छुटसहित विवरण अद्यावधिक गर्ने म्याद पुस मसान्तसम्म
    शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न
    सरोकारवाला पक्षसितको सहमतिमा प्रेस काउन्सिल ऐन संशोधन गर्न महासङ्घको आग्रह
    अफगानी नागरिकको निर्वासन रोक्न अमेरिकी अदालतको आदेश
    इरानका सर्त पूरा नभएसम्म हर्मुज जलघाँटी नखुल्ने
    ग्रिनल्याण्डमा अमेरिकी सैन्य उपस्थिति विस्तार गर्ने सम्झौता अनुमोदन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ३.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ४.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ५.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ६.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    भर्खरै

    • १.
      उद्योग र व्यापारको सहजीकरण गर्न प्रत्यायन केन्द्र स्थापना

    • २.
      कम्पनीको जरिवाना छुटसहित विवरण अद्यावधिक गर्ने म्याद पुस मसान्तसम्म

    • ३.
      पश्चिमी वायुको आंशिक प्रभावले पहाडी क्षेत्रमा हल्का वर्षा हुन सक्ने

    • ४.
      शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

    • ५.
      सरोकारवाला पक्षसितको सहमतिमा प्रेस काउन्सिल ऐन संशोधन गर्न महासङ्घको आग्रह

    • ६.
      अफगानी नागरिकको निर्वासन रोक्न अमेरिकी अदालतको आदेश

    • ७.
      इरानका सर्त पूरा नभएसम्म हर्मुज जलघाँटी नखुल्ने

    • ८.
      ग्रिनल्याण्डमा अमेरिकी सैन्य उपस्थिति विस्तार गर्ने सम्झौता अनुमोदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.