• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

उद्योग र व्यापारको सहजीकरण गर्न प्रत्यायन केन्द्र स्थापना

कम्पनीको जरिवाना छुटसहित विवरण अद्यावधिक गर्ने म्याद पुस मसान्तसम्म

पश्चिमी वायुको आंशिक प्रभावले पहाडी क्षेत्रमा हल्का वर्षा हुन सक्ने

शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

सरोकारवाला पक्षसितको सहमतिमा प्रेस काउन्सिल ऐन संशोधन गर्न महासङ्घको आग्रह

अफगानी नागरिकको निर्वासन रोक्न अमेरिकी अदालतको आदेश

इरानका सर्त पूरा नभएसम्म हर्मुज जलघाँटी नखुल्ने

ग्रिनल्याण्डमा अमेरिकी सैन्य उपस्थिति विस्तार गर्ने सम्झौता अनुमोदन

डा केसीसँग वार्ता गर्न सरकारले बनायो वार्ताटोली

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ३. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ४. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ५. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ६. बैनी, तेरो मृत्युमा (शोककविता)

  • ७. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ८. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ९. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

  • १०. १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

कम्पनीको जरिवाना छुटसहित विवरण अद्यावधिक गर्ने म्याद पुस मसान्तसम्म


  •   बिहिबार, कार्तिक १९, २०८३ मा प्रकाशित
  • काठमाडौँ । सरकारले लामो समयदेखि वार्षिक विवरण नबुझाएका तथा खारेजी प्रक्रियामा जान बाँकी रहेका कम्पनीलाई जरिवाना छुटसहित विवरण अद्यावधिक गर्ने समयसीमा आगामी पुस मसान्तसम्म थप गरेको छ ।

    Advertisement

    कम्पनी रजिस्ट्रार कार्यालयका अनुसार यसअघि कात्तिक मसान्तसम्म तोकिएको समयसीमा दुई महिना थप गरिएको हो ।

    कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ सम्मको नियमानुसार लाग्ने कर, शुल्क तथा दस्तुर बुझाएमा त्यसअघिका सबै आर्थिक वर्षको कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहा हुनेछ ।

    कार्यालयका रजिस्ट्रार कृष्णकुमारी श्रेष्ठले कम्पनी सञ्चालकलाई समयमै विवरण अद्यावधिक गरी जरिवाना मिनाहाको सुविधाबाट लाभ लिन आग्रह गरिन् ।

    यता, कार्यालयमा नयाँ कम्पनी दर्ता हुने क्रम बढेको छ । आर्थिक वर्ष २०८१/८२ मा २० हजार सात सय ३६ कम्पनी दर्ता भएकोमा आव २०८२/८३ मा २६ हजार दुई सय ९१ कम्पनी दर्ता भएका छन् । अघिल्लो आवको तुलनामा गत आवमा पाँच हजार पाँच सय ५५ बढी कम्पनी दर्ता भएका हुन् ।

    रजिस्ट्रार श्रेष्ठका अनुसार चालु आवको कात्तिक १२ गतेसम्म १० हजार चार सय ८० कम्पनी दर्ता भइसकेका छन् । विदेशबाट फर्किएका नेपालीले त्यहाँ आर्जन गरेको सिप, प्रविधि र पुँजी स्वदेशमै लगानी गरी व्यवसाय सञ्चालन गर्न थालेकाले पनि कम्पनी दर्ता बढेको उनले बताइन् ।

    कम्पनी ऐन–२०६३ बमोजिम कार्यालयले निजी लिमिटेड, पब्लिक लिमिटेड तथा मुनाफा वितरण नगर्ने कम्पनीको स्थापना, दर्ता, प्रशासन, नियमन र खारेजीसम्बन्धी काम गर्दै आएको छ ।

    कार्यालयले कम्पनीको सेयर संरचना, नाम, प्रबन्धपत्र तथा नियमावली संशोधन, एकीकरण तथा गाभ्ने/गाभिने प्रक्रिया र सेयर तथा डिबेन्चरको अभिलेख व्यवस्थापन गर्ने गर्दछ, साथै कम्पनीले कानुनअनुसार काम गरे/नगरेको तथा आवश्यक कागजात र वार्षिक विवरण बुझाए/नबुझाएको अनुगमन गर्दै आएको छ ।

    कार्यालयमा हालसम्म तीन लाख ८८ हजार छ सय ९० कम्पनी दर्ता भएकोमा १४ हजार नौ सय ७० कम्पनी खारेज भएका छन् ।

    कार्यालयले कम्पनीका वास्तविक धनीको विवरण सङ्कलन तथा व्यवस्थापन गर्नुका साथै कानुनअनुसार सञ्चालन हुन नसकेका वा बन्द गर्न चाहेका कम्पनीको खारेजी प्रक्रिया अघि बढाउने गरेको छ ।

    बिहिबार, कार्तिक १९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उद्योग र व्यापारको सहजीकरण गर्न प्रत्यायन केन्द्र स्थापना
    शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न
    सरोकारवाला पक्षसितको सहमतिमा प्रेस काउन्सिल ऐन संशोधन गर्न महासङ्घको आग्रह
    अफगानी नागरिकको निर्वासन रोक्न अमेरिकी अदालतको आदेश
    इरानका सर्त पूरा नभएसम्म हर्मुज जलघाँटी नखुल्ने
    ग्रिनल्याण्डमा अमेरिकी सैन्य उपस्थिति विस्तार गर्ने सम्झौता अनुमोदन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ३.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ४.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ५.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ६.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    भर्खरै

    • १.
      उद्योग र व्यापारको सहजीकरण गर्न प्रत्यायन केन्द्र स्थापना

    • २.
      कम्पनीको जरिवाना छुटसहित विवरण अद्यावधिक गर्ने म्याद पुस मसान्तसम्म

    • ३.
      पश्चिमी वायुको आंशिक प्रभावले पहाडी क्षेत्रमा हल्का वर्षा हुन सक्ने

    • ४.
      शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

    • ५.
      सरोकारवाला पक्षसितको सहमतिमा प्रेस काउन्सिल ऐन संशोधन गर्न महासङ्घको आग्रह

    • ६.
      अफगानी नागरिकको निर्वासन रोक्न अमेरिकी अदालतको आदेश

    • ७.
      इरानका सर्त पूरा नभएसम्म हर्मुज जलघाँटी नखुल्ने

    • ८.
      ग्रिनल्याण्डमा अमेरिकी सैन्य उपस्थिति विस्तार गर्ने सम्झौता अनुमोदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.