काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ८ हजार ३०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला १७५ रुपैयाँले घटेको छ।
Advertisement
महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार घटेर ३ हजार ६५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
सुन र चाँदी दुवैको मूल्यमा आएको गिरावटसँगै आइतबार नेपाली बजारमा बहुमूल्य धातुको कारोबार मूल्य घटेको छ।





