म्याग्दी । अविरल वर्षापछि आएको बाढीपहिरोका कारण म्याग्दीको मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन्। बाढीपहिरोले १७ घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ भने ७७ घर उच्च जोखिममा र ७२ घर सामान्य जोखिममा रहेका छन्।
Advertisement
गाउँपालिकाका अनुसार विपद्बाट ५७२ रोपनी खेतबारी, ३० गोठ र २० सडकमा क्षति पुगेको छ। वडा नं. ५ को छिसवाङ, वडा नं. २ को भाइवाङ र वडा नं. ४ को महेशलाई जोखिमयुक्त बस्तीका रूपमा पहिचान गरिएको छ।
विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ भने प्रभावितलाई राहत वितरण र अस्थायी बसोबासको व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ। छिसवाङ, सहस्रधारा, तोराखेत र सेराफाँट क्षेत्रमा म्याग्दी नदीको कटानले बस्ती जोखिममा पारेको छ।





