• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

युरोपमा गर्मीले ५० हजारभन्दा बढीको मृत्यु

नेकपाले कात्तिक ७ गतेदेखि जागरण अभियान सुरु गर्दै

यमनमा संयम अपनाउन राष्ट्रसङ्घको आग्रह

नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

  • ३. सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

  • ४. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ५. कङ्ग्रेस संस्थापनको पदाधिकारीमा को को छन् ?

  • ६. चार माग पूरा गर्न डा. गोविन्द केसीको सरकारलाई एक हप्ते अल्टिमेटम

  • ७. किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन

  • ८. दुर्गापूजा मण्डपमा भागदौड हुँदा १९ जनाको मृत्यु

  • ९. शिक्षक सङ्घद्वारा दाङमा शुभकामना आदानप्रदान कार्यक्रम

  • १०. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति


  •   शुक्रबार, कार्तिक ०६, २०८३ मा प्रकाशित
  • काठमाडौँ । भारत पुरेर अर्थमन्त्री स्वर्णिम वाग्लेले कम्युनिस्ट विरोधी अभिव्यक्ति दिएका छन् । ‘मुनरो डक्ट्रिन’ का समर्थक वाग्लेले नयाँदिल्लीमा आयोजित एनडिटिभी वल्र्ड समिट–२०२६ मा मन्तव्य राख्दै सो अभिव्यक्ति दिएका हुन् ।

    Advertisement

    २०८३ कात्तिक ६ गते शुक्रबार आयोजित कार्यक्रममा अर्थमन्त्री वाग्लेले भने– ‘नेपालमा कुनै समय राष्ट्रवादलाई भारत विरोधी भावनासँग जोडेर हेर्ने गरिन्थ्यो तर त्यो युग अब सकिएको छ ।’

    नेपालमा भारतको माइक्रो म्यानेजमेन्ट, सीमा अतिक्रमण, असमान सन्धिसम्झौताको विरोधमा आवाज उठाउँदा भारत पक्षधरले ‘भारत विरोधी राष्ट्रवादको संज्ञा’ दिने गरेका छन् । यस्तो आवाजको नेतृत्व विभिन्न कम्युनिस्ट समूहले गर्ने गरेकोमा मन्त्री वाग्लेले यतातर्फ सङ्केत गरेका हुन् ।

    उनले नेपाल र भारतबिचको सम्बन्ध निकै गहिरो रहेको उल्लेख गर्दै बालेन्द्र सरकारले भारतसँगको सम्बन्धलाई थप सुदृढ र नयाँ उचाइमा पुर्‍याउन चाहेको बताए ।

    ‘भारत र नेपालबिचको सम्बन्ध निकै गहिरो छ । कहिलेकाहीँ समस्या आउँछन् तर हामी एकअर्कासँग दृढ रूपमा जोडिएका छौँ’ एनडिटिभीकी पद्मजा जोशीसँगको कुराकानी गर्दै उनले भने– ‘नेपाल र भारतबिचको जस्तो सम्बन्ध विश्वका अन्य कुनै पनि देशसँग नेपालको छैन ।

    उनले नेपाल र भारतबिच भौगोलिक निकटता मात्रै नभई गहिरो सांस्कृतिक सम्बन्धसमेत रहेको दाबी गरे ।

    नेपालको नयाँ नेतृत्व अर्थात् बालेन्द्र सरकारले भारतसँगको सम्बन्ध थप बलियो बनाउन चाहेको उनको जिकिर थियो ।

    मन्त्री वाग्लेले प्रधानमन्त्री बालेन्द्र शाह सन् २०२६ को अन्त्यसम्ममा भारत भ्रमणमा जान सक्ने सङ्केतसमेत गरे । बालेन्द्रको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सक्ने उनको दाबी थियो ।

    उनले नेपालको राष्ट्रिय हित भारतको आर्थिक प्रगतिसँग निकट रूपमा जोडिएको उल्लेख गर्दै व्यापार तथा आर्थिक सहकार्य सुदृढ हुँदा दुवै देशलाई फाइदा पुग्ने भनाइ राखे ।

    मन्त्री वाग्ले तिनै व्यक्ति हुन्, जसले नेपालको संसद्माा नै ‘मुनरो डक्ट्रिन’ को प्रसङ्ग उठाउँदै भारतको ‘इन्ट्रेस्ट’ नेपालले पूरा गर्नुपर्ने बताउँदै आएका छन् ।

    उनीसँग अर्को प्रसङ्ग पनि जोडिएको छ । यसअघिको प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेलाई प्रधानमन्त्री बनाउन भारतसँग कुराकानी गर्न यिनै मन्त्री वाग्लेलाई खटाइएको थियो भन्ने कुरा रास्वपाका पुराना नेता मुकुल ढकालले बताएका थिए ।

    राजनीतिक विश्लेषकहरू भन्छन्, मन्त्री वाग्लेका अभिव्यक्तिको सीमा त्यही हो । उनीबाट कुनै पनि देशको साम्राज्यवादको विरोधका अभिव्यक्ति आउन सक्दैन ।

    शुक्रबार, कार्तिक ०६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने
    युरोपमा गर्मीले ५० हजारभन्दा बढीको मृत्यु
    नेकपाले कात्तिक ७ गतेदेखि जागरण अभियान सुरु गर्दै
    यमनमा संयम अपनाउन राष्ट्रसङ्घको आग्रह
    नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने
    आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

    • ३.
      सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

    • ४.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    • ५.
      कङ्ग्रेस संस्थापनको पदाधिकारीमा को को छन् ?

    • ६.
      चार माग पूरा गर्न डा. गोविन्द केसीको सरकारलाई एक हप्ते अल्टिमेटम

    भर्खरै

    • १.
      ‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      युरोपमा गर्मीले ५० हजारभन्दा बढीको मृत्यु

    • ४.
      नेकपाले कात्तिक ७ गतेदेखि जागरण अभियान सुरु गर्दै

    • ५.
      यमनमा संयम अपनाउन राष्ट्रसङ्घको आग्रह

    • ६.
      नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने

    • ७.
      आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

    • ८.
      इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.