काठमाडौं, १ कात्तिक। दशैंको सार्वजनिक बिदाका कारण बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सरेको छ। स्वास्थ्य सेवा विभागका अनुसार पहिलो चरणको कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन हुनेछ।
Advertisement
यसअघि कार्यक्रम कात्तिक २ र ३ गते सञ्चालन गर्ने तय भएको थियो। सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक र दोस्रो चरणमा वैशाखमा बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउँदै आएको छ।
कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ। विभागले तोकिएको मितिमा नजिकैको केन्द्रमा लगेर आफ्ना बालबालिकालाई औषधि खुवाउन अभिभावकलाई आग्रह गरेको छ।





