काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनका लागि मौसम पूर्वानुमान जारी गरेको छ ।
हाल देशमा पश्चिमी वायुुको आंशिक प्रभावसँगै स्थानीय वायुको प्रभाव रहेको भन्दै महाशाखाले सोहीअनुसार पूर्वानुमान जारी गरेको हो ।
महाशाखाका अनुसार हाल देशको हिमाली भूभागमा आंशिक बादल लागेको भए पनि पहाडी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराई भूभागका केही स्थानमा भने हुस्सुकुहिरो लागेको छ ।
२०८३ असोज ३१ गते (शनिवार)
शनिवार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी भूभागमा आंशिक बादल लाग्नेछ ।
मधेस तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । देशको हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ ।
राति हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । तराईका भूभागमा बिहानपख केही स्थानमा हुस्सुकुहिरो लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षा/हिमपात हुन सक्नेछ ।
२०८३ कात्तिक १ गते (आइतवार)
आइतवार दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । मधेस तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुन सक्ने देखिन्छ ।
राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । तराई भूभागमा बिहानपख केही स्थानमा हुस्सुकुहिरो लाग्नेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।
२०८३ कात्तिक २ गते (सोमवार)
सोमवार दिउँसो देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हमाली र पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुन सक्नेछ ।
राति देशका हिमाली भूभागमा आंशिक बादल लाग्ने, पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ तथा तराई भूभागमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षा/हिमपात हुने देखिन्छ ।





