भारत । भारतको हिमाचल प्रदेशको रामपुर बुशहरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, रामपुर बुशहर नगर समितिअन्तर्गत दत्तनगर एरिया समितिको आयोजनामा पञ्चमीका दिन तीज कार्यक्रम सम्पन्न भएको छ।
Advertisement
कार्यक्रमको उद्घाटन नगर समितिकी उपाध्यक्ष कृष्णमाया थापाले गर्नुभएको थियो। कार्यक्रममा नगर समितिका सचिव सोहनलाल ओली विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
एरिया समितिका पार्वती थापा, सपना भण्डारी, कमला खत्री, गीता खत्री, पूजा शाही, रीता पुन, रामकुमार, रूपादेवी, खिमादेवीलगायतको सक्रियतामा कार्यक्रम सम्पन्न भएको सिताराम बुढाले बताउनुभएको छ।
कार्यक्रम कमला देवीको अध्यक्षतामा भएको थियो। एरिया समितिकी सचिव भावना थापाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने अध्यक्ष लालबहादुरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

