• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

  • ६. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ९. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • १०. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

नेपाली राजनीति र नियति


  •   बुधबार, भदौ ३१, २०८३ मा प्रकाशित
  • भनिन्छ, जिन्दगी यस्तो किताब हो, जसको दोस्रो पानामा के लेखेको छ ? कसैलाई थाहा हुँदैन । शेरबहादुर देउवाको आगमन । अदालतले दिएको पुनरवलोकनको सुविधा । आफ्‌नै नेतृत्वको कङ्ग्रेसले वैधता पाउने उनको त्यो विश्वास । देख्दा लाग्दैछ, नेपाली राजनीतिले फेरि कोल्टे फेर्ने हो कि ?

    Advertisement

    भूराजनीतिक शक्तिसङ्घर्षमा भदौ २३ गतेको आन्दोलन र भदौ २४ गतेको उथलपुथलले ल्याएको फागुन २१ गते र फागुन २१ गतेले ल्याएको सुनामीसँगै अमेरिकी शक्ति विजयी भएको देखिएको छ । त्यसैमा अन्तर्घुलित पुरानै रवि, गगन अर्को शक्ति सङ्घर्ष ।

    भदौ २३ गतेपछि भदौ २४ गते लछारपछारमा परेका देउवा कमजोर र रक्षात्मक बनेका थिए । यही मौकामा रुझेको बिरालो जसरी म्याउँ गर्दै दुलाबाट निस्केका गगन, देउवाको बचाउभन्दा पनि देउवाहरू गलत थिए भन्ने कुरालाई पुष्टि गर्नतिर लागे र आफू युवा भएकाले ठिक भएको देखाउन थाले । देउवा कमजोर बनेको यही मौकालाई पार्टी सत्ता हत्याउन भरपूर उपयोग गरे र सफल पनि भए तर जुन शक्तिले टाउकामाथि हात राखेको थियो । त्यही शक्तिले फागुन २१ गते आशीर्वाद अरूलाई नै दियो । गगन आमाले छोडेको बच्चाजस्तै भएका छन् ।

    रिङबाट बाहिरिए भनिएका देउवा सिङ्गापुर र हङकङमा रहेका क्लबमा प्रशस्त अभ्यास गरेर, गुरु रिझाएर फेरि नेपाल छिर्नेबित्तिकै रिङभित्र पनि छिरेका छन् । आफूलाई अम्पायर ठान्नेहरू हेरेकोहेर्‍यै भएका छन् । भनिन्छ, घाइते बाघ झनै खतरनाक हुन्छ । विदेशमै बसेर विदेशी टनिक खाएर आएका शेरबहादुर बलियो बनेरै रिङभित्र छिरेका होलान् ।

    यता, एमाले भन्ने पार्टीमा पनि ‘एमाले जिताऊभन्दा पनि ओली हराऊ’ अभियानमा लागेका टाउकामाथि हात पाएका दिग्गज कमरेडहरूको अवस्था पनि उस्तै छ । भदौ २३ गते र २४ गतेलाई अप्रत्यक्ष नैतिक बल प्रदान गरेका यी कमरेड आफ्‌नै बलले ओली विस्थापन गर्न क्षमताहीन् छन् । यसरी अहिले पुराना भनिने शक्ति गतिहीन भएका छन् । आफ्‌नै खुट्टामा आफै अल्झिएजस्तै देखिन्छ अवस्था । आन्तरिक एकता बलियो बनाएर, पार्टीको साख बचाउनेभन्दा पनि आङ कन्याएर छारो उडाउनमै आनन्द मानेका छन् । हिँजो नेतृत्व र सत्ताको वरिपरि लुते कुकुरजस्तो लुट्पुताउनेहरू नै आज मरेको बाघको जुँगा उखेल्न तम्सिएका छन् । उनीहरूलाई लाग्छ, क्षमता र प्रतिस्पर्धाले हैन, अप्ठेरोमा घाँटी न्याँक्दा बलियो देखिन सकिन्छ । उनीहरूलाई लाग्छ, यो अवस्था आउनुमा उनीहरूको कुनै भूमिका छैन । उनीहरू सबै दुधले नुहाएका छन् । उनीहरूले आत्मसमीक्षा नै गर्नुपर्दैन ।

    अकोतर्फ, राजनीतिक अनुभवशून्य भए पनि माउतेहरूको राजनीतिक महत्वाकाङ्क्षासँगै सत्ताको मोह बढ्दै जाँदा बाघको पुच्छर समाउन पुगेका मित्रहरू न समाउनु, न छोड्नुको अवस्थामा पुगेको देखिन्छ । २०१७ सालदेखि नै कतिले चिनेर त कतिले नचिनेर समाएको त्यो पुच्छर । नचिनेरै समाउनेलाई पनि अस्तिको “द ग्रे जोन” पत्रिकाले प्रष्ट पारिसकेको छ । यो त्यही पाटेबाघकै पुच्छर हो ।

    यिनै जान्ने भनेर छानिएकाहरूको हातमा सत्ताको बागडोर पुगेको छ । आआफ्‌नै क्षेत्रका कोही जान्ने भए पनि ती सबै गैरराजनीतिक मान्छेहरू छानिएका छन् । यिनका पनि माउतेहरू झनै अनुभव र गन्तव्यविहीन छन् । राजनीतिक, वैचारिक र साङ्गठनिक रूपले अस्पष्ट भएकाले विभिन्न विचार राख्नेहरूको जमघट भएको छ । बजारमा पाउने मिक्स अचारजस्तो भएको छ यो पार्टी । यो खाँदा एउटै स्वाद पाइँदैन । लाग्छ, थानकोट जाने र भक्तपुर जाने सबै एउटै बसमा चढेका छन् । ड्राइभरले गाडी ब्रेक नै नलगाई टोखातिर लागेका छन् । संयोगले टोखा जान चढेका खुसी नै देखिन्छन् भने अन्तै जाने भनेर चढेकाहरूको छटपटी सुरु भएको पनि देखिन्छ तर पनि निश्चित मान्छेको उद्देश्य पवित्र भए पनि कार्यकुशलताको अभावले गर्दा आशातीत परिणाम नआउने निश्चित हुँदै गएको छ । यसरी नेपालको राजनीति फेरि पनि अस्थिरताको दुष्चक्रमा फस्ने हो कि भन्ने खतरा बढेर गएको छ ।

    राजनीतिक इतिहासमा परापूर्व कालदेखि नै वैश्विक वैचारिक पक्षधरता देखिन्छ नै । यस्तो पक्षधरता शक्तिशाली कुनै राष्ट्र वा व्यक्ति हितका लागि अर्को राष्ट्रको आत्मामै प्रहार गरेर सम्प्रभुता नै सक्काइदिने पक्षधरता वा सहभागिता न्यायिक सहभागिता मानिँदैन, जुन नेपालमा हुँदै आएको छ ।

    आजको आधुनिक युग, जहाँ सबै शिक्षाको पहुँचमा छन् । सूचनाको पहुँचमा छन् तर पनि नेपालको राजनीति सधैँ जनतालाई मिथ्या सूचना दिएर भ्रमित गर्दै अगाडि बढेको छ । यही भ्रमले सधैँ अतिवादलाई साथ दिएको छ । हरेक नेपालीलाई थाहा छ । नेपालको भौगोलिक, सांस्कृतिक, सामाजिक र आर्थिक अवस्था तर पनि सहजै हामी भ्रमित हुन्छौँ । कसैले भनिदिन्छ, विश्वास गर्छौं, आजको भोलि नै नेपाल पाण्डवकालमा विश्वकर्माले इन्द्रप्रस्थ बनाएजस्तै भव्य र समृद्ध इन्द्रप्रस्थ हुनेछ । हाम्रा चुनौती, उपलब्ध स्रोतसाधन, हाम्रो आर्थिक अवस्थातिर फर्केर हेर्दैनौँ । हामी सजिलै पत्याइदिन्छौँ । पश्चिम र अमेरिकन अझ समग्रमा भनौँ, गोराले भनेपछि झुटलाई पनि सत्य ठानिदिन्छौँ । हामीलाई आफूमाथि कत्ति पनि भरोसा छैन । हामी हाम्रो र आफूलाई केही ठान्दैनौँ । यसको मूल कारण हामी कर्मलाई भन्दा भाग्यलाई बढी विश्वास गर्छौँ । त्यसैले त व्यावहारिक जीवनमा पनि सामान्य भिन्न वस्त्रधारीले हामीलाई सुन्दर या कुरूप भविष्य देखाएर या त डर या त खुसी भरेर सहजै ठगेर गइदिन्छन् । हामी ढुक्क हुन्छौँ, कसैले हात हेरेको भरमा दशा काटिदियो भनेर ।

    हामीलाई बहादुर पनि अरूले भन्दिएको हो । त्यसपछि मात्र थाहा भएको हो, हामी बहादुर पनि छौँ । यसैले हामी सत्य के हो जान्ने प्रयास नै गरेनौँ । सत्यको सामना गर्नुपर्दा धेरैपटक नेपालीले आँखा चिम्लिएका उदाहरण धेरै छन् । जङ्गबहादुरले भारदार सकेर वैधानिक कार्यकारी राजालाई खोपीको देवता बनाउँदा जङ्गबहादुरकै जयजयकार गरे । शमशेर खलकले जङ्ग खलक सिध्याएर आफ्‌नो खलकमा राज्यसत्ता ल्याउँदा पनि जनस्तरबाट कुनै प्रतिक्रिया देखिएन । जो जसरी सत्तामा आए पनि आफूलाई रैती नै ठानेर भक्तिगान र जयजयकार गरिरहे ।

    व्यवस्था परिवर्तनसँगै सत्तासिनले नेपाल र नेपालीको हित विपरीत विदेशी शक्तिका स्वार्थअनुकूलका सन्धि र सम्झौता गर्दै सत्तामा टिकिरहन र सत्तामा पुग्न अनेक खेल खेले र खेलिरहेका छन् तर पनि नेपालीले सत्य जान्नेभन्दा भ्रममा रमाउनुमै आनन्द माने । अब पनि हिजोलाई धारे हात लाएर आजलाई हिँजो बनाउने सुविधा नेपालीलाई छैन र दिनु पनि हुँदैन । नेपालको राजनीतिक आकाशमा फेरि पनि शङ्काको बादल मडारिन थालेको छ । बदलाको भावसमेत बोकेको यो बादलले पानी हैन, चम्किँदै फेरि पनि चट्याङ पार्न थाल्यो भने अनौठो नमाने हुन्छ ।

    सत्यको खोजीभन्दा भ्रममा रमाउनु हाम्रो पुरानै बानी हो । झुट नै सही मान्दै चर्को चर्को भाषणको ललिपपमै रमाउने नेपालीलाई सत्यसँग साक्षात्कार गर्न कठिन नै होला तर पनि सत्यसँग आँखा मिलाउने आँट नेपालीमा विकास होस् । फेरि पनि राजनीतिक उथलपुथल नेपालीको नियति नबनोस् ।

    बुधबार, भदौ ३१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ
    विशेष सम्पादकीय

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

    • ६.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.