खिमराज चालिसे, चन्डिगढ ।
भारतको राजस्थान बिकानेरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको महिला नगर विभागको आयोजनामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलनसँगै तिजी कार्यक्रम सम्पन्न भएको छ ।
पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य रामप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा सेप्टेम्बर १४, २०२६ का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले तिजलाई सांस्कृतिक उत्सवको रूपमा मनाउनुका साथै यस वर्षको कार्यक्रमलाई सामाजिक उत्तरदायित्वसँग जोडेर मनाइएको बताउनुभयो ।
उहाँले नेपालमा हालै आएको विनाशकारी बाढीपहिरोमा परी निधन भएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै बाढीपीडितप्रति गहिरो ऐक्यबद्धता प्रकट गर्नुभएको थियो ।
कार्यक्रममा क्षेत्रीय सदस्य राजु विक, रामकुमार रसाइली, सांस्कृतिक विभागबाट उषा बिसी, क्षेत्रीय महिला विभागबाट सुना थापा, मनिषा भुल र महिला क्षेत्रीय सदस्य सबिता खनाल शर्मा, जनजाति विभागका बलबहादुर रानामगर र नगर समितिका पारस पराजुलीलगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रमा उपस्थित सबैलाई धन्यवाद मन्तव्य नगर अध्यक्ष विशाल अधिकारीले गर्नुभएको थियो ।
कार्यक्रम नगर संयोजक कमला पाण्डेको अध्यक्षतामा तथा उषा बिसीको सञ्चालनमा सम्पन्न भएको थियो भने मिरा भुलले स्वागत गर्नुभएको थियो ।


