महेश रिजाल भालुबाङ ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा लालमटिया राप्तीमा कार्यरत एम्बुलेन्स चालक लिखाराम चौधरीलाई २०८३ भदौ २५ गते बसेको कार्यसमितिको बैठकले प्रशंसापत्रसहित धन्यवाद ज्ञापन गर्दै बिदाई गरिएको छ ।
सोसाइटीका उपशाखा सभापति उत्तमकुमार अधिकारीको अध्यक्षतामा बसेको बैठकले एम्बुलेन्स चालक चौधरीलाई बिदाई गर्ने निर्णय गरेको हो ।
निजले दिएको लिखित राजीनामाका कारण उनलाई बिदाई गरिएको संस्थाका सचिव अनिल पौडेलले जानकारी गराए ।
उनका अनुसार गत २०७५ साउन १ गतेदेखि २०८३ भदौ २५ गतेसम्म एक कुशल एम्बुलेन्स चालकका रूपमा महत्त्वपूर्ण भूमिका रहेको भन्दै उनलाई ससम्मान बिदाई गरिएको थियो ।
प्राप्त जानकारीअनुसार चालक चौधरी शीतगङ्गा नगरपालिकाको कार्यालयद्वारा सञ्चालन हुने एम्बुलेन्स चलाउने भएका छन् ।
बैठकले उपशाखा सदस्य देवराज न्यौपानेलाई अर्को चालकको व्यवस्था नहुँदासम्म एम्बुलेन्स चालकको जिम्मा दिने निर्णयसमेत भएको अध्यक्ष अधिकारीले बताए ।
