खिमराज चालिसे, चन्डिगढ ।
Advertisement
भारतको पटियाला राजपुरामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले रसुवाबाढीमा ज्यान गुमाएकाप्रति मैनबत्ती जलाएर श्रद्धाञ्जली अर्पण गर्दै शोकसभा सम्पन्न गरेको छ ।
मूल प्रवाहको एरिया समितिको आयोजनामा सेप्टेम्बर ९, २०२६ का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा एरिया समितिका अध्यक्ष राजु वनले श्रद्धाञ्जली सभामा शोकमन्तव्य राख्नुभएको थियो ।
उहाँले सम्पूर्ण भारतस्थित नेपाली जनसमुदायसित रसुवाको भोटेकोशी बाढीपीडितका लागि राहत र सहयोगका लागि सहयोगमा लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
समितिका सहसचिव सीता शर्मा, रञ्जिता कोइराला, हेमालगायतले सम्बोधन गर्नुभएको सो समारोहमा एरिया समितिको सबै पदाधिकारी तथा समर्थक शुभचिन्तकको बाक्लो उपस्थिति रहेको थियो ।

