• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, भदौ २५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण अमेरिका हुँदै

इरान–अमेरिका तनाव चर्किंदा इन्धनको मुल्यमा उच्च वृद्धि

रोमन अधिकारीको ‘अमेरिका सपना’ : अमेरिका पुगेका नेपालीलाई बुझ्ने प्रयास

जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

उद्योगमन्त्री यादवले दिइन् राजीनामा

भोटेकोशी बाढी : मृतकको सङ्ख्या १,३७७ पुग्यो, ५,१३० जना अझै बेपत्ता

महोत्तरी बढ्दैछ कोदोखेती

ओमानमाथि नेपालको जित

काठमाडौँ उपत्यकामा नयाँ रुटसहीत रात्रि बसको सेवा विस्तार

लोकप्रिय समाचार

  • १. बिपतराम चौधरीप्रति मसालको श्रद्धाञ्जली

  • २. विपत्तिकाे सामना

  • ३. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. प्रकृति विरुद्ध मानिसको लडाइँ

  • ७. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • १०. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

यस अङ्कका तीन विषय : अठारौँ वर्षमा प्रवेश, जेनजी दिवस र रसुवा बाढी


  •   बुधबार, भदौ २४, २०८३ मा प्रकाशित
  • (युगदर्शन साप्ताहिक, वर्ष १८, अङ्क १, २०८३ भदौ २४ गते बुधबारको सम्पादकीय)

    Advertisement

    यस अङ्कको युगदर्शन साप्ताहिक प्रकाशन भइरहँदा तीनोटा विषय सान्दर्भिक छन् : प्रथम– युगदर्शन साप्ताहिक २०८३ भदौ १८ गतेदेखि सातौँ वर्ष पूरा गरेर आठौँ वर्षमा प्रवेश गरेको छ भने युगदर्शन मिडियाले १७ वर्ष पूरा गरेर १८ वर्षमा प्रवेश गरेको छ । द्वितीय– भदौ २३ गते नेपाल सरकारले “जेनजी सहिद दिवस” घोषणा गरेर बिदा दिएको छ । तृतीय– भदौ १० गतेको रसुवाबाढीको शोकबाट हामी अझै पनि बाहिर भइसकेका छैनौँ अर्थात् हामी अझै शोकमै छौँ ।

    युगदर्शन पत्रिकाको प्रकाशन २०६६ वैशाखदेखि सुरु भएको थियो । त्यतिखेर युगदर्शन मासिकले “डाइजेस्ट” प्रकृतिका सामग्री प्रकाशन गर्दथ्यो अर्थात् एक महिनाभित्रका सान्दर्भिक तथ्यमूलक सामग्री सङ्कलन गरेर यो पत्रिका प्रकाशन हुन्थ्यो । २०७६ सालसम्म आइपुग्दा परिस्थिति बेग्लै बन्यो । ‘हाँक’ साप्ताहिकलाई सामूहिक स्वामित्वमा लैजाने निर्णय विरुद्ध त्यसलाई व्यक्तिविशेषले कब्जा गरेपछि सोही साल भदौ १८ गतेदेखि युगदर्शन साप्ताहिकको प्रकाशन सुरु भयो । त्यससँगै यही वर्ष असोज ७ गतेदेखि युगदर्शन डट कम पनि प्रकाशन सुरु भयो । यी सात वर्षमा हामीले मिसन पत्रकारितालाई अगाडि बढाउने अथक प्रयास गरिरहेका छौँ ।

    नेपालको इतिहासमा भदौ २३–२४ जेनजी आन्दोलनको नाममा अङ्कित छ । गत वर्षको यो घटनाको स्मरणमा सरकारद्वारा भदौ २३ गतेलाई “जेनजी सहिद दिवस” घोषणा गरिएको छ । पक्कै पनि जेनजी आन्दोलनको दोस्रो दिन इतिहासकै कालो दिन हो । त्यस दिन देशको ऐतिहासिक तथा राष्ट्रिय भौतिक सम्पदा ध्वस्त बनाइएको थियो, लिखित कागजपत्र सोही दिन खरानी बनाएको थियो । यस घटनाको जति विरोध गरे पनि कम हुन्छ । यता जेठ २३ गते भने महान् दिन हो । त्यो दिन युवाविद्यार्थीले भ्रष्टाचारका विरुद्ध आवाज उठाएका थिए । त्यो आन्दोलनको अर्को माग सामाजिक सञ्जालमाथिको प्रतिबन्ध थियो तर भ्रष्टाचारका विरुद्ध सङ्घर्षको तुलनामा त्यो गौण महङ्खवको विषय थियो ।

    यही भदौ ३० गते रसुवाको भोटेकोशीमा भीषण बाढी आयो । नेपाल–चीन सीमाक्षेत्रको लाङटाङ लिरुङ हिमालको ५२ सय मिटरमाथिको हिमपहिरो करिब १२ सय मिटर तल तीव्र गतिमा खस्दा ल्हेन्देखोला हुँदै रसुवाको भोटेकोशीमा भीषण बाढी आयो । १८० किलोमिटर प्रतिघण्टाभन्दा बढी गतिको त्यो बाढीले रसुवा र नुवाकोटका त्रिशूली नदीकिनारका बस्ती सखाप पार्‍यो । धादिङ, गोरखा र तनहुँ, चितवनसम्मै त्यसको गम्भीर असर पर्‍यो । बाढीले भौतिक क्षति कति गर्‍यो त्यसको लेखाजोखा अझै हुन सकेको छैन । मानवीय क्षति पनि हजारौँमा पुगेको छ । मङ्गलवार बिहानसम्म १३ सय ५७ भन्दा बढी शव फेला परिसकेका छन् । त्यसमध्ये करिब सय जनाको मात्रै सनाखत भएको छ भने करिब ५३ सय २६ जना बेपत्ता भएको रिपोर्ट दर्ता भएको छ । ६८ सय २७ जना घाइतेको उपचार गरिसकिएको छ । घटनाबाट प्रभावित प्रभावित १३ हजार पाँच सय ८३ को उद्धार गरिसकिएको छ । यो सङ्ख्यामा फेरबदल भइरहेको छ । रसुवाको टिमुरे बजारदेखि नुवाकोट हुँदै धादिङसम्म आइपुग्दा जुन नदीतटीय बस्ती ध्वस्त भएका छन्, त्यसबाट हजारौँ जनता प्रभावित भएको स्पष्ट छ ।

    सरकारले भदौ २२ गते घटनाको १३ दिन पारेर “राष्ट्रिय शोक दिवस” घोषणा गरे पनि हामी अहिले पनि शोकभन्दा बाहिर छैनौँ । खोजी र उद्धार कार्य अझै जारी छ । राहत वितरणसँगै बेघरबारको व्यवस्थापनको काम बाँकी नै छ, भौतिक पुनर्निर्माणको कार्य त धेरै टाढा भयो । ठिक यही परिवेशमा हामीले जेनजी आन्दोलनको स्मरण गरिरहेका छौँ । परिस्थिति जतिसुकै प्रतिकूल भए पनि त्यसबाट माथि उठ्नुको विकल्प छैन । विगतबाट शिक्षा लिँदै हामी माथि उठ्ने नै छौँ ।

    बुधबार, भदौ २४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ
    विशेष सम्पादकीय
    मिसन पत्रकारिता अगाडि बढाउन शुभकामना
    राष्ट्रियता, लोकतन्त्र र पर्यावरणरक्षाका लागि युगदर्शनबाट उच्च भूमिकाको अपेक्षा
    लोककल्याणकारी विज्ञापनको रकम कटौती : प्रेसलाई कमजोर पार्ने सरकारी नीति ?
    प्रकृति विरुद्ध मानिसको लडाइँ

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      बिपतराम चौधरीप्रति मसालको श्रद्धाञ्जली

    • २.
      विपत्तिकाे सामना

    • ३.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      प्रकृति विरुद्ध मानिसको लडाइँ

    भर्खरै

    • १.
      प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण अमेरिका हुँदै

    • २.
      इरान–अमेरिका तनाव चर्किंदा इन्धनको मुल्यमा उच्च वृद्धि

    • ३.
      रोमन अधिकारीको ‘अमेरिका सपना’ : अमेरिका पुगेका नेपालीलाई बुझ्ने प्रयास

    • ४.
      जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

    • ५.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ६.
      भोटेकोशी बाढी : मृतकको सङ्ख्या १,३७७ पुग्यो, ५,१३० जना अझै बेपत्ता

    • ७.
      महोत्तरी बढ्दैछ कोदोखेती

    • ८.
      ओमानमाथि नेपालको जित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.