जनक बिसी, कोचिन (भारत) ।
Advertisement
रसुवाबाढीका मृतकप्रति मैनबत्ती बालेर स्मरण गर्दै भारतको कोचिनमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले शोकसभा सम्पन्न गरेको छ । सेप्टेम्बर ७, २०२६ का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मन्तव्य राख्दै दक्षिण भारत क्षेत्रीय सदस्य जनक बिसीले देश दुखी रहेका बेला हामी सबै एक हुनुको विकल्प नरहेको बताउनुभयो ।
अहिलेको दु:खद परिस्थितिमा सहयोगी हातहरू सेवाका लागि एक हुनुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो ।
सभाको अध्यक्षता दक्षिण भारत क्षेत्रीय सदस्य तथा नगर अध्यक्ष बाबुराम केसीले गर्नुभएको थियो भने सञ्चालन जानकी बिसीले गर्नुभएको थियो ।
सभामा कोचिनबाट बाढीपीडितका लागि राहत सहयोग सङ्कलनबारे छलफल गरिएको थियो ।