खिमराज चालिसे, चन्डिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बिकानेर नगर समितिअन्तर्गत महिला नगर विभाग पुनर्गठन भएको छ ।
सेप्टेम्बर ६, २०२६ का दिन भेलामा विभिन्न समसामयिक विषयमा चर्चापछि महिला नगर विभागको पुनर्गठन गरिएको हो ।
भेलाले कमला पाण्डे संयोजक रहनुभएको १९ सदस्यीय महिला नगर विभाग गठन गरिएको छ ।
समितिमा सदस्यमा सविता खनाल शर्मा, मनिषा भुल, उषा बिसी, सिर्जना पराजुली, प्रेमकला बराल र सरू रानामगर, सम्झना भुल, मिरा भुल, रामकुमारी रानामगर, धौली भूल, शर्मिला भुल, कल्पना बिसी, खुमा बिसी र पुन बिसी रहनुभएको छ ।
भेलामा नेपालमा बाढीपीडितका लागि सहयोग सङ्कलन गर्ने र तिजलाई प्रगतिशील प्रकारले मनाउने निर्णयसमेत गरिएको महिला सदस्य सबिता खनालले बताउनुभयो ।
नवनिर्वाचित समितिले नेपाली महिलाका हकहित, न्याय, एकता तथा चेतना अभिवृद्धिका लागि सक्रिय रूपमा कार्य गर्ने प्रतिबद्धता गरेको मूल प्रवाहले जनाएको छ ।
सबिता खनालको सञ्चालनमा तथा नगर संयोजक कमला पाण्डेको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।
