भिवानी (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भिवानीले रसुवाबाढीको स्मृतिमा मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
सेप्टेम्बर ४, २०२६ का दिन रसुवामा आएको विनाशकारी बाढीमा ज्यान गुमाउनुभएका नेपालीको स्मृतिस्वरूप सो कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको प्रमुख अतिथि मूल प्रवाहका केन्द्रीय सचिव तथा पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष शालिकराम आचार्य हुनुहुन्थ्यो ।
त्यस्तै भारतीय कम्युनिस्ट पार्टी भिवानीका अध्यक्ष ओम प्रकाश र सचिवालय सदस्य सुखदेव सिंह, मूल प्रवाहका क्षेत्रीय सदस्य गोवर्धन विक, केन्द्रीय समता विभागका सदस्य मोहनसिंह विक, क्षेत्रीय महिला विभागकी सदस्य तथा नगर महिला विभागकी संयोजक उर्मिला कोपिलाको पनि आतिथ्य रहेको थियो ।
कार्यक्रममा अतिथिहरूका साथै नगर समितिका चोपबहादुर पाण्डे, भूवन भण्डारी, श्याम विक, गोपाल सोनी, अशोक सुनार, बिमला जिसी र कमला परियारले पनि मन्तव्य राख्नुभएको थियो ।
नगर समितिका अध्यक्ष डिलबहादुर भट्टराईको अध्यक्षता तथा मनिराम अधिकारीको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा रसुवाबाढीमा मृतकप्रति एक मिनेट मौनधारण गरिएको थियो
कार्यक्रममा रसुवाबाढीमा लागि राहत सङ्कलन गर्ने योजनाबारे छलफल भएको आयोजकले जनाएको छ ।

