खिमराज चालिसे, चन्डिगढ ।
भारतको महाराष्ट्र तारापुरमा मूल प्रवाह नेपाली एकता समाज तारापुर नगर समितिको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
रसुवाबाढीका मृतकको स्मृतिमा सेप्टेम्बर २, २०२६ का दिन मैनबत्ती मार्चपछि सो कार्यक्रम सम्पन्न भएको हो ।
मूल प्रवाहका केन्द्रीय सदस्य तथा मध्यपश्चिम भारत क्षेत्रीय समितिका नेता टङ्क कुँवर सो कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो ।
मैनबत्ती मार्च तथा श्रद्धाञ्जली सभामा महिला क्षेत्रीय समितिकी संयोजक रेनुका कुँवर, नगर संयोजक सरस्वती पल्ली, त्यस्तै मूल प्रवाहका नेताहरू धनबहादुर केसी, टेकबहादुर थापा, तेजबहादुर रानालगायतको सहभागिता रहेको थियो ।
सभामा रसुवा बाढीको चमेटामा आई निधन भएका सबै दिवङ्गतप्रति श्रद्धाञ्जली अर्पण गर्दै दुई मिनेट मौनधारण गरिएको थियो ।
कार्यक्रम खड्क राईको अध्यक्षता तथा शान्ति थापाको सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा मूल प्रवाहका कार्यकर्ता तथा शुभेच्छुकको बाक्लो सहभागिता रहेको थियो ।


