• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, भदौ ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

गाजामा युद्धविराम कमजोर, वेस्ट ब्याङ्कको अवस्था बिग्रदै गएको राष्ट्रसङ्घको चेतावनी

नेटोमाथि आक्रमण नगर्न रुसलाई चेतावनी

पूर्वप्रधानमन्त्री इस्माइलमाथि अभियोग

सुनचाँदीको मूल्य घट्यो

बाढीपीडितलाई सघाउन यी तीन स्थानमा सम्पर्क गर्न सकिने

भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला

बाढीपीडितको उद्धार र राहतमा जुट्न अखिल (छैठौँ)को अपिल

सर्वदलीय बैठकद्वारा राष्ट्रिय एकता र विपद् पूर्वतयारीमा जोड

लोकप्रिय समाचार

  • १. उद्वव थापा पार्टीको साधारण सदस्यसमेत नरहनेगरि निष्कासित

  • २. चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

  • ३. तीज गीत : देश पोलेर

  • ४. मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

  • ५. जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

  • ६. रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

  • ७. काठमाडौँ मसालका प्रवक्ता रेग्मीलाई मातृशोक

  • ८. तिज गीत: उठ सारा चेली

  • ९. ओली–प्रचण्डको कमजोरीले कम्युनिस्ट आन्दोलन कमजोर भयो : रामप्रकाश पुरी

  • १०. मूल प्रवाह पश्चिम भारत क्षेत्रीय समितिको अध्यक्षमा प्रविण सिंह काउछा

फाँसी होइन, लैङ्गिक सम्मान र समानता

"सम्पादकीय "

  •   बुधबार, भदौ १०, २०८३ मा प्रकाशित
  • पछिल्लो हप्ता तीन वर्षीया अबोध बालिका गरिमा चौधरीको बलात्कारपछि विभत्स हत्याको विषयले चर्चा पायो । उक्त घटनाको बारेमा प्रहरीमा उजुरी परे पनि तीन दिनसम्म खोजीकार्यमा सफलता प्राप्त भएन । तीन दिनपछि दुई जनालाई प्रहरीले गिरफ्‌तार गर्‍यो, सँगसँगै गरिमाको शव फेला पर्‍यो । घटनाको विरोधमा बाराको जितपुर–सिमरासँगै मधेस प्रदेश, अन्य प्रदेश र राजधानीसम्म पुग्यो । पीडित परिवार धर्नामा बस्यो । फलस्वरूप भदौ ६ गते नेपाल सरकार र गरिमाको परिवारमाझ तीन बुँदे सम्झौता भयो । सम्झौताको पहिलो बुँदामा नागरिक अपेक्षाबमोजिम यस प्रकृतिको अपराधका लागि सजाय परिमार्जन गर्ने, दोस्रो बुँदामा गरिमाको सालिक निर्माणका लागि पूर्वाधार विकास मन्त्रालयमार्फत् स्थानीय तहसँग समन्वय गर्ने र तेस्रो बुँदामा परिवारले गरिमाको अन्त्येष्टि गर्ने उल्लेख छ ।

    Advertisement

    देशमा अपराधका घटना धेरै छन् । त्यसमध्ये कैयौँ अपराधमा अपराधी टुङ्गो नलागेका वा टुङ्गो लागेको भए पनि सजायको राजनीतिकरण भएका उदाहरण पनि छन् । निर्मला पन्त प्रकरण यस सम्बन्धमा उल्लेखनीय छ । त्यस मामिलामा अझैसम्म छानबिनले परिणाम प्राप्त गरिसकेको छैन । गरिमाजस्ती अबोध बालिकाको बलात्कार र विभत्स हत्याजस्तो जघन्य अपराध पछिल्लो घटना हो । निर्मला पन्त र गरिमा प्रकरणमा अवश्य नै केही फरक छ । निर्मला पन्त प्रकरणमा निष्पक्ष छानबिनमा नै अवरोध सिर्जना गरिएको थियो । आशा गरौँ, गरिमा प्रकरणमा यस्तो गरिने छैन । यस प्रकरणमा जुन तीन बुँदे सम्झौता भएको छ र त्यसमा सरकारका पाँचोटा मन्त्रीले हस्ताक्षर गरेका छन्, यस आधारमा घटनाको छानबिनमा राज्यको तर्फबाट अवरोध सिर्जना गरिने छैन ।

    गरिमा प्रकरणमा संसद्भित्र र संसद्बाहिर फाँसीजस्तो कठोर सजायको व्यवस्था हुनुपर्ने माग गरिएको छ । यता, तीन बुँदे सम्झौतामा पनि नागरिक अपेक्षाबामोजिक सजाय परिमार्जन गर्ने उल्लेख छ । त्यस आधारमा कानुनमा फाँसीको व्यवस्था गर्नु सम्भव हुनेछ ? तत्कालका लागि त्यो सम्भव छैन किनकि नेपालको संविधान–२०७२ मा फाँसी र देशनिकालाजस्ता कानुन नबनाइने उल्लेख छ । त्यस आधारमा यदि सरकारले कानुनमा फाँसीको व्यवस्था गर्न चाहान्छ भने संविधान संशोधन गर्नुपर्ने हुन्छ तर संविधान संशोधन जटिल र दीर्घकालीन प्रक्रिया हो । राष्ट्रिय सहमति कायम नगरीकन फाँसीको सजायलगायतका विषयमा संविधान संशोधन हुने छैन । के बालेन्द्र सरकार फाँसीको सजायको व्यवस्था गर्न संविधान संशोधनजस्तो प्रक्रियातर्फ प्रवेश गर्नेछ ?

    पछिल्लो समयमा फाँसी र देशनिकालाजस्ता दण्डसजाय हटाउँदै गइरहेको अवस्था छ । विश्वका थोरै देशमा यस्ता कानुन छन् । त्यसका बाबजुद ती देशमा अपराध समाप्त भएका छैनन् । यसबाट खालि फाँसीको सजाय भएमा सामाजिक अपराध समाप्त हुने अपेक्षा गर्न सकिन्न । अपराधको आधार समाजभित्रै छ । समाजभित्रैको विद्यमान आर्थिक, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक क्षेत्रमा त्यसको समाधान खोजिनुपर्दछ । गरिमा चौधरी प्रकरणमा सर्सरी विचार गर्दा सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक कारणले सो घटना भएको मान्नका लागि ठाउँ छ । यस घटनामा नाबालिगको हत्या किशोरले गरेको आरोप छ । त्यसैले हाम्राअगाडिको मुख्य समस्या किशोरकिशोरीको उचित शिक्षादीक्षाको देखिन्छ । किशोरकिशोरीमा नैतिक शिक्षाको अभावकै कारणले पनि यस खालका समस्या देखा पर्दछन् । त्यससँगै सूचना प्रविधिको दुरुपयोग अर्को समस्या रहेकोजस्तो लाग्छ । मोबाइलमार्फत घरघरमा भित्रिएको विकृति–विसङ्गतिले हाम्रो समाजको नैतिक चरित्रमा तीव्र गतिमा ह्रास आइरहेको छ । त्यसैले कानुनमा फाँसीको सजाय होइन, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक क्षेत्रको विकृति–विसङ्गतिलाई समाप्त गर्न गम्भीर, ठोस र दीर्घकालीन योजना ल्याएर त्यसलाई कार्यान्वयन गरिनुपर्दछ । यस खालका विकृति–विसङ्गतिको विकल्पमा लैङ्गिक सम्मान र समानता कायम गर्न सकियो भने यस्ता घटना न्युनीकरण हुनेछ ।

    युगदर्शन साप्ताहिक वर्ष १७, अङ्क ४६, २०८३ भदौ १० गते प्रकाशित

    बुधबार, भदौ १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिष्ट सङ्ग्रहालयलाई राष्ट्रिय-अन्तर्राष्ट्रिय ज्ञानकेन्द्र बनाउने लक्ष्य
    जनजातिका लागि आत्मनिर्णयको अधिकारबारे
    बुद्धकालीन समाज–१
    सरकार धेरै फेरिए, तर युवाको विदेशिने बाध्यता कहिले फेरिएला ?
    धरापमा प्रेस स्वतन्त्रता
    राप्ती गापा, समृद्धि र सम्भावना

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      उद्वव थापा पार्टीको साधारण सदस्यसमेत नरहनेगरि निष्कासित

    • २.
      चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

    • ३.
      तीज गीत : देश पोलेर

    • ४.
      मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

    • ५.
      जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

    • ६.
      रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

    भर्खरै

    • १.
      छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

    • २.
      गाजामा युद्धविराम कमजोर, वेस्ट ब्याङ्कको अवस्था बिग्रदै गएको राष्ट्रसङ्घको चेतावनी

    • ३.
      नेटोमाथि आक्रमण नगर्न रुसलाई चेतावनी

    • ४.
      पूर्वप्रधानमन्त्री इस्माइलमाथि अभियोग

    • ५.
      सुनचाँदीको मूल्य घट्यो

    • ६.
      बाढीपीडितलाई सघाउन यी तीन स्थानमा सम्पर्क गर्न सकिने

    • ७.
      भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला

    • ८.
      बाढीपीडितको उद्धार र राहतमा जुट्न अखिल (छैठौँ)को अपिल

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.