• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, भदौ ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन आतुर

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

गाजामा युद्धविराम कमजोर, वेस्ट ब्याङ्कको अवस्था बिग्रदै गएको राष्ट्रसङ्घको चेतावनी

नेटोमाथि आक्रमण नगर्न रुसलाई चेतावनी

पूर्वप्रधानमन्त्री इस्माइलमाथि अभियोग

सुनचाँदीको मूल्य घट्यो

बाढीपीडितलाई सघाउन यी तीन स्थानमा सम्पर्क गर्न सकिने

भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला

बाढीपीडितको उद्धार र राहतमा जुट्न अखिल (छैठौँ)को अपिल

लोकप्रिय समाचार

  • १. उद्वव थापा पार्टीको साधारण सदस्यसमेत नरहनेगरि निष्कासित

  • २. चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

  • ३. तीज गीत : देश पोलेर

  • ४. मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

  • ५. जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

  • ६. रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

  • ७. तिज गीत: उठ सारा चेली

  • ८. काठमाडौँ मसालका प्रवक्ता रेग्मीलाई मातृशोक

  • ९. ओली–प्रचण्डको कमजोरीले कम्युनिस्ट आन्दोलन कमजोर भयो : रामप्रकाश पुरी

  • १०. मूल प्रवाह पश्चिम भारत क्षेत्रीय समितिको अध्यक्षमा प्रविण सिंह काउछा

कम्युनिष्ट सङ्ग्रहालयलाई राष्ट्रिय-अन्तर्राष्ट्रिय ज्ञानकेन्द्र बनाउने लक्ष्य


  •   मङ्गलबार, भदौ ०९, २०८३ मा प्रकाशित
  • कम्युनिष्ट सङ्ग्रहालय नेपाल
    चौथो अधिवेशन तथा साधारण सभामा
    अध्यक्ष श्री चेतनाथ आचार्यद्वारा प्रस्तुत प्रतिवेदन

    Advertisement

    सभाका श्रद्धेय अध्यक्षमण्डल, प्रमुख अतिथि कमरेड मोहनविक्रम सिंहज्यू, संरक्षक कमरेड चित्रबहादुर के.सी.ज्यू, सम्मानित सल्लाहकारज्यूहरू, कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यूहरू एवं सभामा उपस्थित सम्पूर्ण आजीवन तथा साधारण सदस्यज्यूहरूमा हार्दिक अभिवादन ।

    १. संस्थाको परिचय तथा उद्देश्य

    वि.सं. २०७१ साल वैशाख ८ गते कम्युनिष्ट सङ्ग्रहालय नेपाल जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा संस्था दर्ता ऐन, २०३४ (संशोधनसहित) को दफा ४ बमोजिम विधिवत् रूपमा दर्ता भई अस्तित्वमा आएको संस्था हो ।

    सङ्ग्रहालयलाई अध्ययन–अनुसन्धानको ज्ञानकेन्द्रका रूपमा विकास गर्ने लक्ष्यका साथ नेपालको कम्युनिष्ट आन्दोलनसँग सम्बन्धित इतिहास, पार्टी दस्तावेज तथा लेखक–शोधार्थीहरूका प्रकाशित एवं अप्रकाशित कृतिहरूको खोज तथा संकलन गर्ने, लोकतान्त्रिक आन्दोलनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय इतिहाससँग सम्बन्धित पुस्तकहरू संकलन गर्ने, विभिन्न देशका कम्युनिष्ट आन्दोलनसँग सम्बन्धित पुस्तकहरू संकलन गर्ने, दर्शन, राजनीति, साहित्य, इतिहास, समाजशास्त्र, भाषा तथा संस्कृतिसँग सम्बन्धित महत्वपूर्ण तर विलुप्त हुँदै गएका पुस्तकहरू सुरक्षित गर्ने, विश्वका महत्वपूर्ण व्यक्तित्वहरूको जीवनी संकलन गर्ने तथा विश्व कम्युनिष्ट आन्दोलन र नेपाली कम्युनिष्ट आन्दोलनका विविध प्रवृत्तिसम्बन्धी दस्तावेजहरू खोजी गर्ने यस संस्थाका प्रमुख उद्देश्यहरू हुन् ।

    यसका साथै कम्युनिष्ट पार्टीहरूको ऐतिहासिक भूमिका, बैठक, सम्मेलन तथा अधिवेशनमा प्रस्तुत प्रस्ताव, रिपोर्ट, प्रतिवेदन र अप्रकाशित सामग्रीहरू; विगतमा कम्युनिष्ट पार्टीहरूले प्रयोग गरेका पुराना टाइपराइटर तथा लिथो मेसिन; पार्टी नेताहरूले प्रयोग गरेका झोला, सुटकेस तथा अन्य अध्ययन सामग्रीसमेत संकलन गरी सङ्ग्रहालयमा सुरक्षित राख्ने उद्देश्य संस्थाले लिएको छ । यी उद्देश्यहरू पूरा गर्न सम्भव भएसम्म निरन्तर प्रयास भइरहेको छ ।

    कम्युनिष्ट आन्दोलनका क्रममा विरोधीहरूद्वारा हत्या गरिएका शहीदहरूका तस्वीर खोजी गरी सङ्ग्रहालयमा राख्ने तथा सङ्कलित दस्तावेज र अन्य सामग्रीलाई डिजिटलाइजेसन गरी अभिलेखीकरण (आर्काइभ) गर्ने कार्य पनि संस्थाको उद्देश्यभित्र रहेको छ। यसमध्ये केही कार्य सम्पन्न भइसकेका छन् भने केही कार्य सम्पन्न हुने क्रममा छन्।

    २. तेस्रो अधिवेशनपछिको कार्यप्रगति

    सम्मानित साधारण सभाका आदरणीय साथीहरू,

    संस्था स्थापना भएको बाह्र वर्ष पूरा गरी तेह्रौँ वर्षमा प्रवेश गरेको अवस्थामा तेस्रो अधिवेशन तथा साधारण सभा २०७९ साल पुस ३ गते सम्पन्न भएको थियो। त्यसयता यस अवधिमा सङ्ग्रहालयका ११ वटा बैठक सम्पन्न भई विभिन्न निर्णयहरू भएका छन् र तीमध्ये धेरै निर्णय कार्यान्वयनसमेत भएका छन् । यसै अवधिमा संस्थाको ब्रोसर तथा बुलेटिन प्रकाशन गरिएको छ ।

    ३. जग्गा व्यवस्थापनको प्रयास

    सङ्ग्रहालयका लागि आवश्यक जग्गा व्यवस्थापन गर्ने क्रममा बुटवल उपमहानगरपालिका–१२, ढवाहामा राजमार्गसँग मोहोडा पर्ने सार्वजनिक नदी उकास जग्गाका सम्बन्धमा स्थानीय समाज, टोल समिति, सर्वदलीय प्रमुख राजनीतिक दल, वडा नं. १२ का जनप्रतिनिधि तथा बुटवल उपमहानगरपालिकाका सम्बन्धित निकायहरूसँग सहमति जुटाइएको थियो ।

    बुटवल उपमहानगरपालिकाको सिफारिसबमोजिम नापी कार्यालय, मालपोत कार्यालय तथा स्थानीय वन समितिबाट समेत कुनै अवरोध नहुने व्यहोरा उल्लेख गरी आवश्यक फाइल तयार पारेर जिल्ला वन कार्यालयमा पेस गरिएको थियो। तर सो फाइलमाथि हालसम्म कारबाही नभई जिल्ला वन कार्यालयमा मुल्तवीमा रहेको कारण जग्गा व्यवस्थापनको कामले अपेक्षित सफलता प्राप्त गर्न सकेको छैन। संस्थाका लागि अनिवार्य रूपमा आवश्यक जग्गा हालसम्म व्यवस्थापन हुन नसकेको अवस्था छ।

    त्यसैगरी, लुम्बिनी प्रदेश सरकारबाट विनियोजन भएको दुई वर्षको रु. २० लाख बजेट जग्गा व्यवस्थापन हुन नसकेका कारण फ्रिज भएको अवस्था छ । सङ्ग्रहालयका आगामी योजनासम्बन्धी प्रस्तावहरू यसै सभामा प्रस्तुत गरिनेछन् ।

    ४. यस कार्यकालमा सम्पन्न प्रमुख कार्यक्रम तथा उपलब्धि

    यसै कार्यकालमा विभिन्न स्रोतबाट प्राप्त रु. ७ लाख बजेटको लागतमा विभिन्न महत्वपूर्ण कार्यहरू सम्पन्न भएका छन् । तीमध्ये सामग्री संकलन तथा खोज–अनुसन्धानअन्तर्गत विभिन्न स्थान तथा संस्थाहरूको स्थलगत भ्रमण तथा अध्ययन, ऐतिहासिक दस्तावेज, पुस्तक, पाण्डुलिपि, पत्रपत्रिका तथा अन्य सामग्रीको खोजी तथा संकलन, नेपालको कम्युनिष्ट आन्दोलनसँग सम्बन्धित विभिन्न प्रमुख व्यक्तित्व तथा नेताहरूका अन्तर्वार्ताका अडियो–भिडियो सामग्री तयार गर्ने कार्य गरिएको छ ।

    आन्दोलनका क्रममा सरकारको चरम दमनबाट शहादत प्राप्त विभिन्न शहीदहरूका तस्बिर संकलन तथा फोटो फ्रेमिङ गर्ने कार्य गरिएको छ ।

    डिजिटलाइजेसन तथा अभिलेख व्यवस्थापन कार्यक्रमअन्तर्गत सङ्ग्रहालयमा सङ्ग्रहित विभिन्न पुस्तकहरूको डिजिटलाइजेसन तथा अभिलेखीकरण गर्ने कार्य गरिएको छ। डिजिटल अभिलेख व्यवस्थापनसम्बन्धी आवश्यक प्रणाली स्थापना गरिएको छ । आवश्यक स्क्यानिङ तथा अभिलेख व्यवस्थापनका उपकरणहरू खरिद गरिएको छ । बाह्य भण्डारण उपकरण प्रयोगमा ल्याइएको छ। इन्टरनेट तथा सञ्चार सेवाको व्यवस्था मिलाइएको छ ।

    क्षमता अभिवृद्धि तालिम कार्यक्रमअन्तर्गत युवा विद्यार्थी, व्यवसायी र स्थानीय समुदायका प्रतिनिधिहरूलाई सहभागी गराई अभिलेख व्यवस्थापन, डिजिटलाइजेसन, पुस्तकालय व्यवस्थापन, स्वरोजगार तथा उद्यमशीलता प्रवर्धन र डिजिटल अभिलेख संरक्षणसम्बन्धी तीनदिने क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको छ ।

    ५. आम्दानी–खर्च

    यससम्बन्धी विस्तृत आम्दानी तथा खर्चको विवरण कोषाध्यक्षज्यूको प्रतिवेदनमार्फत यसै सभामा प्रस्तुत हुनेछ ।

    ६. आगामी चुनौती तथा प्राथमिकता

    आदरणीय आजीवन तथा साधारण सदस्यज्यूहरू,
    सङ्ग्रहालयलाई गत १२ वर्षको अवधिमा वर्तमान अवस्थासम्म ल्याउन सकिए तापनि अझै धेरै महत्वपूर्ण कामहरू सम्पन्न गर्न बाँकी छन् । सङ्ग्रहालयका लागि स्थायी जग्गा तथा आवश्यक पूर्वाधार विकास गर्नु, नेपाल तथा नेपालबाहिर रहेका ठूला पुस्तकालयहरूसँग सम्बन्ध विस्तार गर्नु, अन्तर्राष्ट्रिय सङ्ग्रहालयहरूसँग सम्बन्ध तथा समन्वय कायम गर्नु र कम्युनिष्ट सङ्ग्रहालय नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्नु प्रमुख प्राथमिकताका विषय हुन् ।
    त्यसैगरी, सङ्ग्रहालय सञ्चालनका लागि आवश्यक कर्मचारी व्यवस्थापन गर्नुपर्ने अवस्था पनि विद्यमान छ। यी सबै कामलाई व्यवस्थित रूपमा अघि बढाउन तथा सङ्ग्रहालयका आगामी योजना प्रभावकारी ढङ्गले निर्माण र कार्यान्वयन गर्न व्यापक छलफल, संस्थागत सहकार्य र स्पष्ट कार्ययोजनाको आवश्यकता रहेको मैले महसुस गरेको छु ।

    ७. श्रद्धाञ्जली

    अन्त्यमा, एउटा दुःखद् सन्दर्भ उल्लेख गर्न चाहन्छु । तेस्रो अधिवेशनबाट सङ्ग्रहालयको कार्यसमिति सदस्यमा निर्वाचित कमरेड नारायणबहादुर जी.सी.ज्यूको अर्बुद (क्यान्सर) रोगका कारण निधन भएकाले सङ्ग्रहालयले अपूरणीय क्षति बेहोर्नुपरेको छ । दिवङ्गत कमरेड नारायणबहादुर जी.सी.ज्यूप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।

    ८. अन्तमा

    यिनै विषयहरू समेटिएको यो प्रतिवेदन सभासमक्ष प्रस्तुत गर्दछु । सङ्ग्रहालयको विकास, संरक्षण, विस्तार तथा संस्थागत सुदृढीकरणका लागि यहाँहरूबाट प्राप्त हुने सुझाव, सहयोग र मार्गदर्शनलाई आगामी कार्ययोजनाको आधार बनाउने प्रतिबद्धता व्यक्त गर्दै यो प्रतिवेदन यहीँ टुङ्ग्याउने अनुमति चाहन्छु ।
    धन्यवाद ।

    अध्यक्ष
    चेतनाथ आचार्य
    कम्युनिष्ट सङ्ग्रहालय, नेपाल

    मङ्गलबार, भदौ ०९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    फाँसी होइन, लैङ्गिक सम्मान र समानता
    जनजातिका लागि आत्मनिर्णयको अधिकारबारे
    बुद्धकालीन समाज–१
    सरकार धेरै फेरिए, तर युवाको विदेशिने बाध्यता कहिले फेरिएला ?
    धरापमा प्रेस स्वतन्त्रता
    राप्ती गापा, समृद्धि र सम्भावना

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      उद्वव थापा पार्टीको साधारण सदस्यसमेत नरहनेगरि निष्कासित

    • २.
      चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

    • ३.
      तीज गीत : देश पोलेर

    • ४.
      मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

    • ५.
      जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

    • ६.
      रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

    भर्खरै

    • १.
      बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन आतुर

    • २.
      छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

    • ३.
      गाजामा युद्धविराम कमजोर, वेस्ट ब्याङ्कको अवस्था बिग्रदै गएको राष्ट्रसङ्घको चेतावनी

    • ४.
      नेटोमाथि आक्रमण नगर्न रुसलाई चेतावनी

    • ५.
      पूर्वप्रधानमन्त्री इस्माइलमाथि अभियोग

    • ६.
      सुनचाँदीको मूल्य घट्यो

    • ७.
      बाढीपीडितलाई सघाउन यी तीन स्थानमा सम्पर्क गर्न सकिने

    • ८.
      भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.