• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, साउन १४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लुम्बिनीमा केही मन्त्रालय खारेज, केही समायोजन

उद्योग विभागका अधिकांश सेवा अनलाइनबाट

विद्युत् महसुललाई समयानुकूल बनाउने तयारी

आज केही स्थानमा भारी वर्षा हुने सम्भावना

मैले चिन्न नसकेको– ‘को आफ्‌नो, को पराई’

टोकियोमा जनगायक जीवन शर्माको एकल साँझ सम्पन्न

आदिवासी जनजाति महिला र मुक्तिको सवाल

मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संसद्मा पेस गर्न स्वीकृति

मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

  • ४. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ५. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ६. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

आदिवासी जनजाति महिला र मुक्तिको सवाल


  •   बिहिबार, साउन १४, २०८३ मा प्रकाशित
    • उषा पुन

    नेपाल एउटा बहुजातीय, बहुभाषिक, बहुसंस्कृति भएको मुलुक हो । त्यसैले नेपालको सन्दर्भमा आदिवासी जनजातिहरू इतिहासको लामो कालखण्डदेखि राज्यसत्ताबाट वञ्चित बनाइएका र राज्यद्वारा आर्थिक, राजनीतिक, सामाजिक, शैक्षिक, भाषिक, सांस्कृतिक, धार्मिक सबै प्रकारका उत्पीडित र उपेक्षित बनाइँदै आएका छन्‌ । त्यसमा पनि अझै आदिवासी जनजाति महिलाको अवस्था झन् नाजुक र विकराल छ । त्यसबाट मुक्ति पाउन आदिवासी जनजाति महिलाको महत्वपूर्ण भूमिका र जिम्मेवारी दायित्व बनेको छ ।

    Advertisement

    अहिले पनि विद्यमान पितृसत्तात्मक समाजमा आधा आकाश आधा धर्ती ढाकेका सिङ्गो नेपाली महिला नै आफ्‌ना समग्र अधिकारबाट वञ्चित हुँदै आइरहेका छन्‌ । त्यसमा पनि अझै आदिवासी अल्पसङ्ख्यक जनजातिभित्रका महिलालाई झनै हिन्दुवादी संस्कारले र सत्ताको उत्पीडनले ग्रस्त बनाउँदै आएको छ ।

    विश्व सभ्यता र परिवर्तनले एक्काइसौँ शताब्दीको युगमा प्रवेश गरिसक्दा पनि नेपालका आदिवासी जनजाति महिलाहरू उत्पीडक वर्ग तथा अहङ्कारवादी समाजको मनोरञ्जनको साधन र उपभोग्य वस्तुको रूपमा प्रयोग भइरहनु साँच्चिकै विडम्बना मान्नुपर्दछ । त्यसैले आदिवासी जनजाति महिलामाथि भइरहेको यस प्रकारको उत्पीडन र मुक्तिको प्रश्न गम्भीर बन्दै गइरहेका छ । यसबाट मुक्ति पाउन सङ्घर्षशील बन्नु अहिलेको प्रमुख विषय बनेको छ ।

    आदिवासी जनजाति महिलाको उत्पीडनको बारेमा प्रश्न उठाउँदा भन्ने गरिन्छ– बहुभाषा र विविध प्रकारका जातजातिको पहिचान नै नेपाली समाजको सुन्दरता र विविध पहिचान हो तर व्यवहारमा जाँदा यही बहुभाषा र विविध जातजातिको पहिचान बोकेका नेपालका आदिवासी तथा अल्पसङ्ख्यक जनजाति महिलालाई राज्यसत्ताद्वारा पछाडि पारिने गरिएको छ ।

    हामी जनजाति महिला किन पछाडि पारिएका छौँ ? हामीमाथि थोपरिएका उत्पीडन के के हुन् ? हाम्रो आफ्‌नो जीवन दासताको जन्जिरभित्र बेरिइरहनु के हाम्रो आफ्‌नै नियति हो ? यी र यस्ता कैयौँ प्रकारका प्रश्न हाम्रो आफ्‌नो मनमस्तिष्कमा सल्बलाउने गर्दछन्‌ । अहिलेको परिवर्तित समाज सँगसँगै आदिवासी जनजाति महिला पनि आफ्‌नो जाति, भाषा र वर्गको मुक्तिका लागि अगाडि बढ्नैपर्ने बाध्यता आजको आवश्यकता बनेको छ ।

    अहिले पनि आदिवासी जनजाति महिलामाथिको उत्पीडन यथावत् छ । उनीहरू विकराल समस्याबाट ग्रस्त छन् तर वास्तवमा आदिवासी जनजाति महिलामाथि हुने शोषण, दमन, उत्पीडन भनेको वर्गीय उत्पीडन नै हो, जुन उत्पीडनबाट जनजाति महिलाहरू थिलोथिलो भएका छन् किनकि आदिवासी जनजाति महिला उत्पीडित वर्गभित्र पर्दछन् भने सदियौँदेखि राज्यसत्ताको बागडोर सम्हाल्दै आएका शासक उत्पीडक वर्गभित्र पर्दछन्‌ । त्यसमा पनि अल्पसङ्ख्यक आदिवासी जनजाति महिलाहरू श्रमिक वर्गमा पर्ने भएको हुनाले आफ्‌नै रगत र पसिनाको धरातलमा बाच्दै आएका छन्‌ । तिनै श्रमिक वर्गको रगत, पसिना चुसेर शासक वर्ग ठुलाठालु बनेका छन् र भीमकाय भवन/महल ठड्याउँदै आइरहेका छन्‌ ।

    अल्पसङ्ख्यक आदिवासी जनजाति महिलामाथि हुने मुख्य उत्पीडन भनेको वर्गीय उत्पीडन नै हो । वर्गदुस्मनको पहिचान गर्दै वर्गीय सत्ताको उन्मूलन नहुँदासम्म उत्पीडित महिलाले पूर्ण रूपमा मुक्ति पाउन सक्ने छैनन्‌ । त्यसकारण वर्गउन्मूलनको लडाइँमा निरन्तर सहभागी हुनैपर्दछ । हरेक तहका जनजाति महिलालाई सचेत, सङ्गठित र जागरुक बनाउँदै वर्गीय आन्दोलनका लागि चेतनाको विकास गराउनुपर्दछ ।
    आदिवासी जनजाति महिलाले भोग्दै र खेप्दै आएको अर्को उत्पीडन भनेको लैङ्गिक उत्पीडन हो । पुरुषवादी सामन्ती चिन्तनबाट ग्रस्त भएको सामाजिक परिवेशमा महिलाहरू निरीह भएर बाँच्न विवश भइरहेका छन्‌ । पुरुषवादी दृष्टिकोणबाट महिलाको क्षमता र प्रतिभा कहिल्यै पनि स्वीकार्य हुँदैन । त्यसकारण आदिवासी जनजाति महिलाहरू हरेक अवसर र अधिकारबाट वञ्चित हुँदै आएका छन्‌ । महिलालाई अबला र शक्तिहीन ठान्ने पुरुषवादी मानसिकताको अन्त्य अझै हुन सकिरहेको छैन । महिलाहरू केवल पुरुषका खेलौना हुन भन्ने मानसिकता पुरुषमा यथावत् रहिरह्यो भने निश्चित रूपमा पनि त्यसले गर्दा सिङ्गो समाजको विकास गर्नु सम्भव हुने छैन । त्यसकारण पुरुषवादी चिन्तनका विरुद्ध सङ्घर्ष गर्दै महिला र पुरुष दुवै मानव सृष्टिको संवाहक हुन भन्ने मूल्यमान्यतालाई स्थापित गर्नु आवश्यक र जरुरी दुवै छ ।

    नेपालका अल्पसङ्ख्यक आदिवासी जनजाति महिलामाथि हुने अर्को उत्पीडन भनेको जातीय उत्पीडन नै हो किनकि नेपालमा हिन्दु वर्णाश्रम व्यवस्थाको उदय सँगसँगै मान्छेलाई जाति, भाषा, लिङ्ग र वर्णमा विभाजन गरी उत्पीडनको सुरुआत भएको पाइन्छ । उच्च अहङ्कारवादी हिन्दु धर्मसंस्कारले जनजाति महिलालाई विभिन्न ढङ्गले उत्पीडनको सिकार बनाउँदै आइरहेको छ । कथित उच्च जातिको आदिवासी जनजाति महिलालाई भर्‍याङ बनाएर आफू पदप्रतिष्ठा जमाउँदै आइरहेका छन्‌ ।

    जातीय असमानता र उत्पीडनका कारण अल्पसङ्ख्यक आदिवासी जनजाति महिलाहरू कहिल्यै पनि नेतृत्वमा पुग्न सकिरहेका छैनन्‌ । जनजातिभित्रका अल्पसङ्ख्यक, सीमान्तकृत र लोपोन्मुख समुदायका महिलाहरू राज्यको नजरबाट साँच्चिकै दूरदराजमा परेका छन्‌ । अल्पसङ्ख्यक जातिका दरै, चेपाङ, कुमाल, दुरा, दनुवार, भोटे, बोटे, कुसुण्डा, राउटे, माझी, जिरेललगायतका महिलालाई नेतृत्व तहसम्म पुर्‍याउन नसक्नु मुख्यतः राज्यसत्ताका शासकको दोष नै हो ।

    आदिवासी जनजाति महिलाहरू इमानदार, श्रमशील भएका कारण शासकले यो तप्कालाई काममा लगाउँदै आएका छन्‌ । राजनीतिक, आर्थिक, शैक्षिकलगायतका सम्पूर्ण अधिकारबाट वञ्चित भएका आदिवासी जनजाति महिलाहरू आफ्‌ना मुक्तिका लागि वर्गीय चेतनासहित निरन्तर विद्रोहको सङ्घर्षको ज्वाला सल्काई रहनुपर्दछ ।

    त्याग, सङ्घर्ष, बलिदानको इतिहास बोकेको आदिवासी जनजाति महिलासमेत भन्छन्‌– जहाँ दमन हुन्छ, त्यहाँ प्रतिरोध हुन्छ । जहाँ प्रतिरोध हुन्छ, त्यहाँ विद्रोह अनिवार्य हुन्छ । यो इतिहासको नियम हो । त्यसैले आदिवासी जनजाति महिलाहरू सदियौँदेखिको उत्पीडनबाट मुक्त हुन सङ्घर्षको मैदानमा उत्रिँदै र सङ्घर्षमा भाग लिँदै आएका छन्‌ । चाहे त्यो निरङ्कुश तानाशाही राणाशासनको विरुद्ध होस्, चाहे त्यो पञ्चायती व्यवस्थाका विरुद्ध होस्‌ । चाहे त्यो राजतन्त्र अन्त्य गर्न होस् वा २०६२–६३ सालको जनआन्दोलनपछि गणतन्त्र स्थापना गर्ने जोखिमपूर्ण सङ्घर्षमा जनजाति महिलाको उल्लेख्य रूपमा सहभागिता छ । उनीहरूको लामो, सक्रिय र सङ्घर्षशील इतिहास रहँदै आएको छ ।

    महिलाहरू पुरुषका दासी मात्र होइनन्, उनीहरू परिवर्तनका संवाहक पनि हुन् भन्ने वास्तविकता नेपालका आदिवासी जनजाति महिलाहरूले देखाएको अदम्य साहस, त्याग, तपस्या र बलिदानका इतिहासबाट जगजाहेर छ ।

    आदिवासी जनजाति महिलाको मुख्य विशेषता भनेको सामूहिक भावना र लडाकु क्षमता हो । हजारौँ आदिवासी जनजाति महिलाको रगत र पसिनाको मूल्यबाट नेपालमा गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिताजस्ता व्यवस्था स्थापना भएको छ । यो बलिदानको उपलब्धि हो । यही बलिदानको जगमा टेकेर सिङ्गो उत्पीडित वर्ग, जाति र महिलाको सुन्दर भविष्य निर्माण गर्ने संविधान बनेको छ । यही संविधानको व्यवस्थाले अहिले सबैभन्दा उत्पीडित राज्यद्वारा पछाडि पारिएका चेपाङ, जिरेल, भोटे, शेर्पा, लिम्बु, दुरा, थारू, मगर, गुरुङलगायतका आदिवासी जनजाति तथा अल्पसङ्ख्यक समुदायबाट महिलाको संविधान लेख्नेजस्ता स्थानमा प्रतिनिधित्व गराउन सक्नु पनि यो आन्दोलनको अर्को उपलब्धि हो ।

    आफ्‌नो मुक्ति र वर्गीय मुक्तिका लागि बलिदानको इतिहास कोरेका आदिवासी जनजाति महिलाले हरेक आन्दोलन वा सङ्घर्षमा आफ्‌नो साहस, बलिदानका गाथा प्रस्तुत गरेको गौरवशाली इतिहास छ । यो इतिहास र परम्परालाई नयाँ परिस्थितिमा नयाँ तरिकाले अगाडि बढाउनुपर्ने आवश्यकता छ ।”

    बिहिबार, साउन १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्युत् महसुललाई समयानुकूल बनाउने तयारी
    आज केही स्थानमा भारी वर्षा हुने सम्भावना
    मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?
    १२ मे १९८६ को आन्दोलनमा पक्राउ परेका ९५ जनालाई सम्मान गरिने
    शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी
    मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

    • ४.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    भर्खरै

    • १.
      लुम्बिनीमा केही मन्त्रालय खारेज, केही समायोजन

    • २.
      उद्योग विभागका अधिकांश सेवा अनलाइनबाट

    • ३.
      विद्युत् महसुललाई समयानुकूल बनाउने तयारी

    • ४.
      आज केही स्थानमा भारी वर्षा हुने सम्भावना

    • ५.
      मैले चिन्न नसकेको– ‘को आफ्‌नो, को पराई’

    • ६.
      टोकियोमा जनगायक जीवन शर्माको एकल साँझ सम्पन्न

    • ७.
      आदिवासी जनजाति महिला र मुक्तिको सवाल

    • ८.
      मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संसद्मा पेस गर्न स्वीकृति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.