• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

अन्तर्राष्ट्रिय आईटी प्रतियोगितामा नेपाली विद्यार्थी पुरस्कृत


  •   सोमबार, जेठ २५, २०८३ मा प्रकाशित
  • काठमाडौँ, २५ जेठ । विश्वका ७० भन्दा बढी देशका विद्यार्थी सहभागी भएको कृत्रिम बुद्धिमत्ता (एआई), रोबोटिक्स तथा कोडिङसम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली विद्यार्थीहरूले उल्लेखनीय सफलता हासिल गरेका छन्।

    Advertisement

    इन्डोनेसियाको राजधानी जाकार्तामा जेठ २ र ३ गते सम्पन्न प्रतियोगितामा नेपालबाट सहभागी ६ टोली पुरस्कार जित्न सफल भएका छन् भने तीन टोली उत्कृष्ट ३० भित्र पर्न सफल भएका छन्। संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य (एसडीजी) सँग सम्बन्धित वायु प्रदूषण नियन्त्रण, स्वच्छ खानेपानी, आधुनिक कृषि प्रणाली तथा औषधि व्यवस्थापनजस्ता विषयमा नवीन अवधारणा प्रस्तुत गर्दै नेपाली विद्यार्थीहरूले अन्तर्राष्ट्रिय स्तरमा पुरस्कार प्राप्त गरेका हुन्।

    सूचना प्रविधिको क्षेत्रमा क्रियाशील नीमा एजुकेसन फाउन्डेसनले यस वर्ष विभिन्न विद्यालयहरूसँग समन्वय गरी आठदेखि १८ वर्ष उमेर समूहका ९८ विद्यार्थीलाई उक्त प्रतियोगितामा सहभागी गराएको थियो। सोही सन्दर्भमा फाउन्डेसनले जाकार्तामा सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिई नेपालको प्रतिष्ठा बढाउने विद्यालय तथा विद्यार्थीहरूलाई आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा सम्मान तथा पुरस्कृत गरेको छ।

    कार्यक्रममा काठमाडौँ विश्वविद्यालयको सूचना प्रविधि विभागका प्रमुख प्राध्यापक डा. सुदन झाले नेपाली परिवेशमा करिब ३० वर्षअघि कम्प्युटर शिक्षाले पाएको महत्त्वजस्तै अहिले सूचना प्रविधि क्षेत्रअन्तर्गत एआई, रोबोटिक्स तथा कोडिङले व्यापक स्थान ओगटेको बताउनुभयो।

    उहाँले सूचना प्रविधिको क्षेत्रमा नेपालले विश्वस्तरमै प्रतिस्पर्धा गर्न सक्ने क्षमतावान् जनशक्ति उत्पादन गरिरहेको उल्लेख गर्दै समयको मागअनुसार विद्यालय तहदेखि नै सूचना प्रविधि शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।

    फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत निश्चल प्रधान तथा निर्देशक किरणकुमार श्रेष्ठले विद्यालय र कलेजहरूसँगको सहकार्यमा सूचना प्रविधिसम्बन्धी सीप तथा शिक्षा प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्ने कार्य निरन्तर जारी रहेको जानकारी दिनुभयो।

    उहाँहरूका अनुसार फाउन्डेसनले हरेक वर्ष विद्यालयहरूसँगको सहकार्यमा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनका लागि आवश्यक शैक्षिक गतिविधि तथा तालिम सञ्चालन गर्दै आएको छ। यस प्रकारका सिकाइ र प्रतियोगिताबाट नेपाली विद्यार्थी लाभान्वित हुने तथा समग्र सूचना प्रविधि क्षेत्रको विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

    फाउन्डेसनले आगामी वर्ष हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको उपलब्धिलाई अझ सशक्त बनाउन अर्को महिनादेखि चरणबद्ध रूपमा सिर्जनात्मक तथा नवप्रवर्तनात्मक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

    आयोजकका अनुसार जाकार्तामा सम्पन्न उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा विश्वभरबाट करिब एक हजार ५०० विद्यार्थीको सहभागिता रहेको थियो।

    सोमबार, जेठ २५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.