• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

इस्टर हमला मुद्दाको फैसला हुँदै

जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक


  •   मङ्गलबार, जेठ १९, २०८३ मा प्रकाशित
  • तानसेन (पाल्पा) । मखमलको चोली, गलामा पहेँलो पोते र परम्परागत झोला भिरेका मगर समुदायका महिलाहरु डालामा स्थानीय परिकारका बटुक, चकाउनी, बारा, सेलरोटी र अचार बिक्रीमा व्यस्त छन् ।

    Advertisement

    तानसेन नगरपालिका–६, बर्तुङमा आयोजना गरिएको सडक खाना महोत्सवमा उनीहरुले तयार पारेका पाकवानको स्वाद लिन आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो देखिन्छ ।

    पर्यटकहरु सांस्कृतिक कार्यक्रममा रमाउँदै स्थानीय परिकारको स्वाद लिइरहेका थिए । महोत्सवको आकर्षणमा रैथाने खाना बटुक, चुकाउनी, हाँसको छोइला, पकौडा, चटामरी, मासको बारा, सेलरोटी, यःमरी, मेवाको अचारलगायत छन् । पछिल्लो समय ‘फास्ट फुड’मा रमाउने युवाहरु पनि मौलिक खानाको स्वाद लिन व्यस्त देखिन्थे । बटुक, चुकाउनीलगायतका परिकार बनाउन व्यापारीलाई भ्याइ–नभ्याइ देखिन्थ्यो ।

    महोत्सवमा विशेष गरी मगर र नेवारी समुदायलगायतका १५ भन्दा बढी परिकारका कक्ष राखिएको छ । दर्शकले स्थानीय खानाको स्वादसँगै विभिन्न जात जातिका भेषभुषा, नाचगान र स्थानीय राष्ट्रिय कलाकारको प्रस्तुति सहित मनोरञ्जन समेत लिए ।

    तानसेनको भीमसेनटोलमा पनि सडक खाना महोत्सवमा आयोजना गरिएको थियो । भीमसेन टोल विकास संस्थाको आयोजनामा भएको महोत्सवमा दर्शक तथा पर्यटकको उल्लेख्य सहभागिता रहेको जनाइएको छ । महोत्सवमा स्थानीय परिकार, सांस्कृतिक प्रस्तुति, हस्तकलाका सामग्री तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमले सहभागीलाई आकर्षित गराएको आयोजकले जनाएको छ ।

    स्थानीय मौलिक खानाका परिकार यःमरी, हाँसको छोइला, बटुक, सेलरोटी, चुकाउनीलगायतका परिकारका साथै स्थानीय कलाकारद्वारा नेवारी समुदायको धिमे र लाखे नाँच तथा मगर समुदायको घाटु र लिलि घोडा नाच प्रदर्शन गरिएको थियो ।

    स्थानीय खानाको संरक्षण, खानाको खानाको प्रवद्र्धन र पर्यटन विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जानकारी दिँदै भीमसेनटोलमा सञ्चालन हँुदै आएको खुला वाचनालयलाई व्यवस्थित गर्दै लैजानेमा जोड दिएको आयोजक भीमसेन टोल विकास संस्थाका अध्यक्ष प्रकाशनाथ गोंगलले बताउनुभयो । टोलको सरसफाईलगायतका सामाजिक कामका लागि आवश्यक रकम जुटाउने उद्देश्यले महोत्सव आयोजना गरिएको उहाँको भनाइ छ ।

    पछिल्लो समय सडकमा महोत्सव आयोजना गरी परम्परादेखि घरमा खाने परिकार आगन्तुकलाई खुवाउन महिला समूह, विभिन्न जातजाति सम्बद्ध समूह, टोल विकास संस्था सक्रिय छन्  । स्थानीय मगर, नेवार, ब्राह्मण, क्षेत्री, कुमाल समुदायमा प्रचलित खानाका परिकार महोत्सवमा राखिने गरिएको छ ।

    सडक खाना महोत्सव हुँदा विभिन्न खानाका परिकार चाख्न पाइएको तानसेनका स्थानीय मोहन श्रेष्ठले बताउनुभयो । सडक महोत्सवले महिला तथा अन्य समूहको आम्दानीसमेत बढाएको उहाँको भनाइ छ ।

    यसप्रकारका महोत्सवबाट स्थानीय खानाको प्रचारप्रसार हुनुका साथै आम्दानीमा टेवा पुगेको तानसेन–५, कैलाशनगरकी शान्ता ढकालको भनाइ छ ।

    महोत्सवका लागि तानसेन नगरपालिकाले समेत सहयोग गर्दै नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । सडक खाना महोत्सवले पर्यटन तथा व्यवसाय क्षेत्रमा आएको मन्दी कम गर्न सहयोग पुग्ने उहाँको भनाइ छ ।

    मङ्गलबार, जेठ १९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना
    उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
    संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा
    इस्टर हमला मुद्दाको फैसला हुँदै
    जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध
    यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

    • २.
      उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

    • ३.
      संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

    • ४.
      इस्टर हमला मुद्दाको फैसला हुँदै

    • ५.
      जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    • ६.
      यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

    • ७.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    • ८.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.