• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा विद्यालय बिहानी सत्रमा सञ्चालन हुने


  •   शनिबार, जेठ ०२, २०८३ मा प्रकाशित
  • कञ्चनपुर, २ जेठ । अत्यधिक गर्मीका कारण कञ्चनपुरका दुई स्थानीय तहले विद्यालय सञ्चालनको समय परिवर्तन गरेका छन् । कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाले स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै सामुदायिक तथा संस्थागत विद्यालय बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

    Advertisement

    कृष्णपुर नगर कार्यपालिकाको बैठकले मौसम प्रतिकूलताका कारण विद्यार्थीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी विद्यालय बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरेको छ । नगर प्रमुख हेमराज ओझाका अनुसार राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ र लेटर ग्रेडिङ निर्देशिका, २०८३ बमोजिम पाठ्यघण्टा नघट्ने तथा नगरभरिका विद्यालयमा एकरूपता कायम हुनेगरी व्यवस्था लागू गरिएको हो ।

    “बिहानी सत्रमा जाँदा हुनसक्ने समय व्यवस्थापन तथा पाठ्यक्रम प्रारूपले तोकेको ‘क्रेडिट आवर’ पूरा गर्न नगरपालिकाभित्रका सम्पूर्ण विद्यालय आइतबार पनि सञ्चालन गर्ने निर्णय गरेका छौँ”, नगर प्रमुख ओझाले भन्नुभयो, “विद्यार्थीको पठनपाठन, शैक्षिक गतिविधि, परियोजना तथा प्रयोगात्मक कार्यलाई प्रभावकारी बनाउन आइतबारसमेत नियमित कक्षा सञ्चालन गरिनेछ ।”

    शुक्लाफाँटा नगरपालिकामा पनि बढ्दो गर्मीका कारण यही जेठ ४ गतेदेखि बर्खे बिदासम्म विद्यालय बिहानी सत्रमा सञ्चालन हुने भएका छन् । अभिभावक, शिक्षक तथा विद्यार्थीको मागअनुसार नगर शिक्षा समितिको बैठकले समय परिवर्तन गर्ने निर्णय गरेको हो ।

    यसअघि बिहान १०ः०० बजेदेखि सञ्चालन हुँदै आएका विद्यालय अब बिहान ७ः०० बजेदेखि सुरु भई दिउँसो १ बजेर १५ मिनेटसम्म सञ्चालन हुनेछन् ।

    नगरपालिकाका शिक्षा शाखा प्रमुख टीकेन्द्रराज भट्टका अनुसार अत्यधिक गर्मीका कारण विद्यार्थीमा थकान, टाउको दुख्ने तथा ध्यान केन्द्रित गर्न कठिनाइ हुने समस्या देखिन थालेपछि बिहानी सत्र सञ्चालन गर्ने निर्णय गरिएको हो ।

    शिक्षा शाखाका शिक्षा अधिकृत सुरेश भट्टले समय परिवर्तन भए पनि राष्ट्रिय पाठ्यक्रम प्रारूप तथा लेटर ग्रेडिङ निर्देशिका अनुसार पाठ्यघण्टा नघट्ने गरी नियमित पठनपाठन र शैक्षिक गतिविधि सञ्चालन गरिने जानकारी दिनुभयो ।

    शनिबार, जेठ ०२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.