• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

इस्टर हमला मुद्दाको फैसला हुँदै

जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

अन्टुकको राष्ट्रिय भेला जेठ २९–३० गते बुटवलमा


  •   शनिबार, चैत २१, २०८२ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) को राष्ट्रिय भेला आगामी २०८३ जेठ २९ र ३० गते रुपन्देहीको बुटवलमा आयोजना गरिएको छ ।

    Advertisement

    अध्यक्ष लोकराज भुसालद्वारा २०८२ चैत २० गते अबेर राति जारी गरिएको प्रेसविज्ञप्तिमा सो जानकारी दिइएको हो ।

    चैत १९ गते बसेको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गरिएको भनिएको सो विज्ञप्तिमा सरकारसित लोकतन्त्रको मूल भावनाअनुसार काम गर्न अनुरोध गरिएको छ ।

    त्यस्तै जेनजी परिवारलाई राहत र क्षतिपूर्ति दिनुपर्ने तथा कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने नाममा कानुनी प्रक्रिया मिच्ने तरिकालाई अन्टुकले विरोध गरेको छ ।

    जेनजी आन्दोलनको नाममा बन्द भएका उद्योगव्यवसाय सञ्चालन गर्न तथा निकालिएका मजदुरलाई बहाल गर्न पनि अन्ुटकले माग गरेको छ ।

    आगामी वैशाख १८ गते को १३७ औँ मे दिवस देशैभरि भव्य रूपमा मनाउने बताइएको सो प्रेसविज्ञप्तिको सङ्क्षिप्त पाठ यस्तो छ :

    अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) केन्द्रीय समितिको बैठक अध्यक्ष लोकराज भुसालको अध्यक्षता तथा सल्लाहकार भैरव रेग्मकिो विशेष उपस्थितिमा २०८२ चैत १९ गते बुटबलमा बस्यो । बैठकले मजदुर वर्गको दैनिक जीवनमा समसामयिक राजनैतिक परिस्थितिले पारेको असरको बारेमा यो प्रेसविज्ञप्ती जारी गरिएको छ ।

    १. २०८२ फागुन २१ गते प्रतिनिधिसभा चुनावबाट निर्वाचित सरकारले लोकतन्त्रको मूल भावनालाई आत्मसात गरी काम गर्न हाम्रो सङ्गठन ध्यान आकर्षण गराउँछ । यस सन्दर्भमा गौरीबहादुर कार्की आयोगले एकपक्षीय प्रतिवेदनको आधारमा कानुन र विधिप्रक्रिया मिच्ने तरिका गलत छ । हामीले भदौ २३ र २४ दुवै दिनको घटनाका वास्तविक दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दछौँ । त्यस्तै त्यति बेला मृत्युवरण गरेकाको परिवारलाई क्षतिपूर्ति र रोजगारीको व्यवस्था गर्न माग गर्दछौँ ।

    २. जेनजी आन्दोलनका कारण बन्द हुन पुगेका व्यावसायिक तथा व्यापारिक केन्द्रको सञ्चालन, आन्दोलनको प्रभाव र कारण देखाएर निकालिएका मजदुरको पुन: बहाली, निजी अस्पतालमा चलिरहेको आन्दोलनको सम्बोधन गर्न सरकारसित माग गर्दछौँ ।

    ३. ट्रेड युनियन अधिकारबाट वञ्चित गराउने सरकारको नीतिप्रति हाम्रो ध्यानाकर्षण भएको छ । त्यसको विरुद्ध एकल र संयुक्त आन्दोलन सञ्चालन गरिनेछ । त्यसका लागि सम्पूर्ण मजदुर साथीहरूलाई तयार रहन आग्रह गर्दछौँ ।

    ४. महासङ्घको साङ्गठनिक सुदृढीकरणका लागि वार्षिक कार्ययोजना पारित गरिएको छ । त्यस क्रममा आगामी २०८३ जेठ २९–३० गते बुटबलमा महासङ्घको राष्ट्रिय भेला गर्ने निर्णय भएको छ ।

    ५. नोभेम्बर २०–२४, २०२५ मा भारतको पुनेमा सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय अटोमोबाइल श्रमिक सम्मेलनमा महासङ्घको तर्फबाट अध्यक्ष लोकराज भुसाल, महासचिव धनपति सापकोटा, कमला बन्जाडे र भारतबाट ठाकुर खनाल सहभागी हुनुहुन्थ्यो । सम्मेलनबाट आगामी ३ वर्षका लागि अन्तर्राष्ट्रिय समन्वय समितिमा अध्यक्ष लोकराज भुसाल निर्वाचित हुनुभएको छ । सम्मेलनले २५ बुँदे पुने घोषणापत्र पनि जारी गरेको छ ।

    ६. १३७ औँ अन्तर्राष्ट्रिय मेदिवस २०८३ वैशाख १८ गतेका दिन अन्टुकको आयोजनामा देशैभरि भव्य रूपले मनाउने निर्णय भएको छ ।

    शनिबार, चैत २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा
    इस्टर हमला मुद्दाको फैसला हुँदै
    जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध
    यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित
    सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी
    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

    • २.
      इस्टर हमला मुद्दाको फैसला हुँदै

    • ३.
      जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    • ४.
      यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

    • ५.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    • ६.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • ७.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ८.
      शेयर कारोबार पुन : सञ्चालन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.