• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

इस्टर हमला मुद्दाको फैसला हुँदै

जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

देश कता जाने र कुन दिशा समात्ने अन्योलतामा छः विश्वकर्मा


  •   बिहिबार, चैत १९, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय सभाका सदस्य तुल प्रसाद विश्वकर्माले देश कता जाने र कुन दिशा समात्ने अन्योलतामा रहेको बताउनु भएको छ ।

    Advertisement

    विश्वकर्माले विहिबार चैत १९ गते सम्पन्न राष्ट्रिय सभाको बैठकमा मन्तव्य राख्दै, ‘देशको महत्वपूर्ण पक्ष देशको राष्ट्रियता, अखण्डता र सार्वभौमिकताको रक्षा हुनुपर्दछ । त्यसका साथै लोकतान्त्रिक गणतन्त्रको रक्षा हुनुपर्दछ । धर्मनिरपेक्षतालाई हामीले संरक्षण गर्नुपर्दछ, यो प्रमुख कुरा हो । यसको आधारमा रहेर नयाँ सरकार चल्न सक्छ कि सक्दैन भन्नेमा नै देश र जनता अन्यौलतामा छन्  ।’

    देशको आधारभुत समस्यालाई सम्बोधन नगरिकन सरकारको परिवर्तनले मात्रै देशमा शान्ति तथा सुव्यवस्था आउन नसक्ने विश्कर्माले बताउनु भयो ।

    विश्कर्माले– हिंजो संसदमा मोनरो डक्ट्रिनको नीति अवलम्बन गर्ने एवं नेपाली सेनाको संख्या घटाउने भन्नेहरू सत्तामा पुगेका छन् । उनीहरूको त्यो सोंच र विचार यथावत छन् वा हराएका छन् त्यो विचारणीय भएको बताउनु भयो ।

    ‘डक्ट्रिनको नीति अनुसार ठूला देशको अन्तर्गत साना देशहरूले आफ्‌नो अस्तित्व स्वीकार्नुपर्छ भन्ने हुन्छ ।’ विश्वकर्माले अगाडि भन्नु भयो– ‘यस खालका विचारहरूको बारेमा नयाँ सरकारले कसरी हेर्छ भन्ने बारे जनता स्पष्ट हुन चाहन्छन् ।’

    चर्चामा रहेको कार्की आयोगको छानविनको प्रतिवेदन एकपक्षिय र खोटपूर्ण रहेको विश्वकर्माले बताउनु भयो । ‘त्यसले समग्र घटनाको निश्पक्ष छानविन गर्न सकेको छैन ।’ विश्कर्माले अगाडि भन्नुभयो– ‘भदौ २४ गते जनु ताण्डव मच्चाइयो, सरकारी कार्यालयदेखि कैयौँ व्यक्तिका घर सम्पत्ती जलाउने र ध्वस्त पार्ने काम गरियो, त्यसको पछाडि कस्को हात थियो ? त्यसलाई खोजविन गर्नुपर्ने कि नपर्ने ? त्यसमा दोषी ठहरिएकाहरूलाई कारवाहीको दायरामा ल्याउनु पर्ने कि नपर्ने ?’

    प्रतिवेदन नबोलेको विश्वकर्माले बताउनुभयो, ‘जुन छानविन आयोगको प्रतिवेदन आएको छ, त्यो अधुरो छ । त्यसप्रति हाम्रो पार्टीको विमती छ ।’

    देशमा हिंजोदेखि रहिआएका जतिपनि विकृती र विसंगतीहरू छन्, देशमा भएका व्यापक भ्रष्टाचार, नीतिगत भ्रष्टाचार, महंगी र जनताले शिक्षा, स्वास्थ्य एवं दैनिक रुपमा भोगनुपरेका समस्याहरू यथावत नै रहेकोले त्यसलाई यो सरकारले कसरी हल गर्छ आगामी दिनहरूमा स्पष्ट हुने विश्कर्माले बताउनु भयो ।

    ‘देशको उत्पादनशिल युवाशक्ति विदेश पलायन भइरहेको छ । उनीहरूलाई देशमा रोक्ने र देश मै रोजगार दिने योजना छैन ।’ विश्वकर्माले भन्नुभयो, ‘त्यसलाई यो सरकारले सम्बोधन गर्न सक्छ कि सन्दैन ? सकेमा मात्रै यो देश अघि बढ्न सक्छ ।’

    महिला समस्या, दलित उत्पीडनका घटनाहरू दिनदिनै बढ्दै गइरहेको विषयमा विचार राख्दै विश्वकर्माले भन्नुभयो– ‘दलित पक्षमा प्रत्याभूत गरेको नेपालको संविधानको धारा ४० लाई कार्यान्वयन गर्न अहिलेसम्म काननु बन्न नसकेको अवस्था छ । यो अत्यन्त ठूलो विडम्बना हो । सिंगो दलित समुदाय आज पनि छुवाछुत, भेदभाव र जातिय उत्पीडनको मारमा पिल्सिरहेका छन् ।’

    क्षेमा याचना माग्दैमा दलितप्रतिको सरकारको जिम्मेवारी पुरा नहुने विश्वकर्माले बताउनु भयो ।

    बिहिबार, चैत १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा
    इस्टर हमला मुद्दाको फैसला हुँदै
    जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध
    यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित
    सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी
    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

    • २.
      इस्टर हमला मुद्दाको फैसला हुँदै

    • ३.
      जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    • ४.
      यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

    • ५.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    • ६.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • ७.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ८.
      शेयर कारोबार पुन : सञ्चालन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.