• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

इस्टर हमला मुद्दाको फैसला हुँदै

जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

राष्ट्रियसभाको २०औँ अधिवेशन सुरु


  •   बिहिबार, चैत १९, २०८२ मा प्रकाशित
  • काठमाडौँ, १९ चैत । संघीय संसद्अन्तर्गतको राष्ट्रियसभाको २०औँ अधिवेशन सुरु भएको छ । अधिवेशनको उदघाटनका अवसरमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाले परिपक्व, संयमित र समन्वयकारी सदनका रूपमा आफ्‌नो पहिचान स्थापित गर्न सफल भएको उल्लेख गर्दै यसलाई आगामी दिनमा पनि कायम राख्ने विश्वास व्यक्त गर्नुभयो ।

    Advertisement

    अध्यक्ष दाहालले राष्ट्रियसभा स्थायी सदन भएकाले प्रत्येक दुई वर्षमा एकतिहाइ सदस्यको पद रिक्त हुने संवैधानिक व्यवस्था अनुसार हालै १९ जना सदस्यलाई बिदाइ र १८ जना नयाँ सदस्यलाई स्वागत गरिएको जनाउँदै नवनिर्वाचित सदस्यको सहभागिताले संसद्को काम अझ समृद्ध र प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

    गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट नयाँ जनादेश प्राप्त भएको उल्लेख गर्दै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई एकल बहुमत प्राप्त भएको र वालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएको सन्दर्भमा संसद्को भूमिका अझ जिम्मेवार बनेको धारणा राख्नुभयो । लोकतान्त्रिक व्यवस्थामा जनादेश सर्वोपरि हुने उल्लेख गर्दै उहाँले सरकारलाई सुशासन, पारदर्शिता, जवाफदेहिता र प्रभावकारी सेवा प्रवाहतर्फ मार्गदर्शन गर्नु संसद् र सांसदको कर्तव्य भएको स्पष्ट पार्नुभयो ।

    अध्यक्ष दाहालले राष्ट्रियसभा र प्रतिनिधिसभाबीचको सहकार्यलाई लोकतान्त्रिक अभ्यासको आधारस्तम्भका रूपमा व्याख्या गर्दै दुई सदनबीच समन्वय र सहकार्य सुदृढ हुनुपर्नेमा जोड दिए । उनले राष्ट्रियसभालाई संघीय संरचनाको सन्तुलन र दीर्घकालीन दृष्टिकोणको प्रतिनिधिसंस्थाका रूपमा व्याख्या गरिएको उल्लेख गरे ।

    बानेश्वरस्थित संघीय संसद् भवनमा भएको क्षति र सिंहदरबारमा निर्माणाधीन नयाँ भवन हालसम्म सम्पन्न नभएकाले हालको अधिवेशन पनि पुरानै भवनबाट सञ्चालन गर्नुपर्ने बाध्यता रहेको अध्यक्ष दाहालले जानकारी दिए । उहाँले निर्माणाधीन उक्त नयाँ भवन यथाशीघ्र सम्पन्न भई आधुनिक प्रविधिसहित संसद् सञ्चालन हुने अपेक्षा व्यक्त गरे ।

    नवनिर्वाचित सदस्यहरूका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिँदै अध्यक्ष दाहालले यसले संसदीय अभ्यासलाई अभ व्यवस्थित बनाउने विश्वास व्यक्त गरे । आगामी दिनमा विधेयक, नीतिगत विषय तथा राष्ट्रिय सरोकारका मुद्दामा सदस्यहरूको सक्रिय, रचनात्मक र उत्तरदायी सहभागिता रहने उहाँले विश्वास व्यक्त गरेका छन् ।

    लोकतन्त्रको सुन्दर पक्ष स्वस्थ बहस, विचारको विविधता र सहमतिमा आधारित संस्कृतिमा निहित हुने रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले संसद्भित्र गरिमामय र तथ्यपरक बहस आवश्यक रहेकामा जोड दिए । उनले राष्ट्रिय हितलाई सर्वोपरि राख्दै राजनीतिक मतभेदभन्दा माथि उठेर काम गर्न सबै सदस्यलाई आह्वान गरेका छन् ।

    आजको बैठकमा अध्यक्ष दाहालले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त बेहोराको जानकारी गराएका थिए । आजको बैठकमा राष्ट्रियसभाका उपाध्यक्ष र राष्ट्रियसभाका विषयगत समितिका रिक्त सभापति पदको निर्वाचनका लागि मिति तोक्ने कार्यसूची रहेको छ ।

    बिहिबार, चैत १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
    संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा
    इस्टर हमला मुद्दाको फैसला हुँदै
    जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध
    यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित
    सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

    • २.
      संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

    • ३.
      इस्टर हमला मुद्दाको फैसला हुँदै

    • ४.
      जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    • ५.
      यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

    • ६.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    • ७.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • ८.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.