• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

इस्टर हमला मुद्दाको फैसला हुँदै

जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

वर्तमान सरकारबाट किसान समस्या समाधान नहुने अप्फाको धारणा


  •   बुधबार, चैत १८, २०८२ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) ले वर्तमान बालेन सरकारबाट किसानका समस्या समाधान नहुने धारणा व्यक्त गरेको छ ।

    Advertisement

    अध्यक्ष भैरवराज रेग्मीको हस्ताक्षरमा २०८२ चैत १८ गते प्रेसविज्ञप्ति जारी गर्दै अप्फाले सो धारणा व्यक्त गरेको हो ।

    चैत १७ गते अप्फा केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न जारी गरिएको सो विज्ञप्तिमा सरकारको सय बुँदे कार्यसूचीमा भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या समाधान गर्ने सैद्धान्तिक धारणा प्रस्तुत नभएको आरोप लगाइएको छ ।

    कृषि उत्पादन र बजारीकरणमा दलाली प्रथालाई समाप्त नगरिएको बताउँदै उक्त विज्ञप्तिमा सरकारका सस्तो लोकप्रियतावादी नाराले किसानका समस्या समाधान हुने नगरेको र अहिलेको सरकारले पनि त्यही तरिका अपनाएको धारणा व्यक्त गरिएको छ ।

    राष्ट्रिय स्वतन्त्र अर्थनीतिको पक्षमा नउभिए वर्तमान सरकारका विरुद्ध पनि किसान सङ्घर्षको विकल्प नभएको धारणा विज्ञप्तिमा उल्लेख छ ।

    यस्तो विज्ञप्तिको पूर्ण पाठ :

    “१. २०८२ चैत १७ गते बसेको अखिल नेपाल किसान महासङ्घ (अप्फा) को केन्द्रीय समिति बैठकले वर्तमान सरकारले भूमिहीन सुकुम्बासी र कृषिको समग्र समस्या समाधान गर्न नसक्ने ठहर गरेको छ । २०८२ फागुन २१ गते सम्पन्न चुनावपछि रास्वपाको तर्फबाट चैत १३ गते बालेन्द्र शाहको प्रधानमन्त्रित्वमा सरकार गठन भएको छ । उक्त सरकारको सय बुँदे कार्यसूचीमा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या सामेल छ तर यो समस्या समाधान गर्न कुनै सैद्धान्तिक योजना नभएकाले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान हुन नसक्ने प्रष्ट छ । पचासौँ वर्षदेखि भूमि आवाद गरिरहेका अव्यवस्थित बसोबासी तथा सार्वजनिक जग्गामा घरटहरा बनाएर बसिरहेका सुकुम्बासीहरू सरकारी वा सार्वजनिक जग्गामा बस्दछन् । त्यस्ता जग्गामा बसेका, उदाहरणका लागि थापाथली काठमाडौँमा तत्कालीन मेयर तथा अहिले प्रधानमन्त्री बालेन्द्र शाहले डोजर आतङ्क चलाएको स्मरणीय छ । अहिलेसम्म लगभग १५ लाख घरधुरी पचासौँ वर्षदेखि सूचीकृत अव्यवस्थित बसोबासीको जग्गा नेपाल सरकारकै वनमन्त्रालयले वनको जग्गा भनेर रोकेपछि रजिस्टे«सन हुन सकेको छैन । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म तराई र पहाडमा ऐलानी जग्गा अझ लाखौँको धुरीमा रहेका छन् । पचासौँ वर्षदेखि बसोबास गरेकाहरूको जग्गाजमिन, अहिलेसम्म दर्ता नभएका जग्गा, गुठीमा वर्षौंदेखि आवाद र कमोद गरेर बसेका सुकुम्बासी, काठमाडौँ कीर्तिपुरमा स्वबासीको नाममा बसोबास गरिएका जग्गा आदि समस्या समाधानका लागि कुनै सैद्धान्तिक नीति र निर्णय रहेको छैन ।

    २. कृषि उत्पादन र बजारीकरण सिद्धान्तत: स्वतन्त्र र राष्ट्रिय अर्थनीतिका आधारमा निर्धारण हुने कुरा हुन् । यसबारेमा सरकारको कुनै योजना छैन । किसानले विक्री गर्ने वस्तुको मूल्य २५ दिनभित्र दिनुपर्छ भनेर दलालीको मूल नीतिबाट सरकार पछि हटेको देखिँदैन । किसानका उत्पादनको विक्री रकम अन्य वस्तुसरह किनबेचको सिद्धान्त नअपनाईकन किसानको आफ्नो उत्पादन फेरि उधारैमा दिने व्यवस्था समाप्त भएन ।

    ३. कृषि उत्पादन र वितरणमा दलाली प्रथालाई समाप्त पार्ने कुनै सिद्धान्त छैन । कृषिक्षेत्रमा प्राथमिक अनुसन्धानको व्यवस्था, कृषिबजेटमा कमसेकम २५ प्रतिशत बजेट वृद्धि, जैविक उत्पादन, सिँचाइको गुरुयोजना, कृषिवस्तुको आयातलाई निस्तेज र निर्यातलाई प्राथमिकता दिने सिद्धान्त, पाठ्यक्रममा कृषिशिक्षाको व्यवस्था आदि विषयमा कृषिमा कार्यरत किसानका सङ्गठन, व्यावसायिक कृषिसङ्गठन, कृषिवैज्ञानिक, कृषिअर्थशास्त्रीहरूको सामूहिक छलफल र त्यसका आधारमा मूल नीति बनाउनुपर्दछ । यस विषयमा सरकारको कुनै दृष्टिकोण रहेको देखिँदैन ।

    ४. पुँजीवादी देशमा पनि कृषिक्षेत्रमा राज्यले दायित्व लिएर अघि बढ्दा देशको अर्थतन्त्रमा सकारात्मक वृद्धि भएको उदाहरण हुँदाहुँदै किसानको न्यून चेतनाबाट फाइदा उठाई सस्तो लोकप्रियता हासिल गर्ने प्रयास सुरु भएको देखिन्छ । सस्तो लोकप्रियताको नारा यसभन्दा पहिलेका सरकारले पनि दिँदै आएका थिए तर त्यो सस्तो लोकप्रियताको नाराले कृषिको मूल नीतिको अभावमा कृषि व्यवसाय कहिल्यै राज्यको प्राथमिकतामा परेन । नेपालको कृषिक्षेत्र सधैँ पछाडि पर्‍यो । हामी आशा गर्दछौँ, कृषिको मूल नीति बहुराष्ट्रिय कम्पनीको नीतिअन्तर्गत होइन, राष्ट्रिय स्वतन्त्र अर्थनीतिको आधारमा बन्नुपर्दछ । यदि यो दिशामा वर्तमान सरकार नगएमा नेपालका किसानहरू सङ्घर्षमा उत्रिनुको विकल्प हुने छैन ।”

    बुधबार, चैत १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
    संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा
    इस्टर हमला मुद्दाको फैसला हुँदै
    जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध
    यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित
    सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

    • २.
      संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

    • ३.
      इस्टर हमला मुद्दाको फैसला हुँदै

    • ४.
      जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    • ५.
      यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

    • ६.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    • ७.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • ८.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.