• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

इस्टर हमला मुद्दाको फैसला हुँदै

जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

कार्की आयोग भदौ २४ गतेको विध्वंसबारे चुप बस्यो : केसी


  •   शनिबार, चैत १४, २०८२ मा प्रकाशित
  • बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन भदौ २४ गतेको विध्वंसबारे चुप बसेको धारणा व्यक्त गर्नुभएको छ ।

    Advertisement

    २०८२ चैत १४ गते राजमो सिद्धार्थनगर नगर समितिले आयोजना गरेको चुनावी समीक्षा भेलामा प्रमुख अतिथिको आसनबाट मनतव्य राख्दै उहाँले सो धारणा राख्नुभएको हो ।

    ‘गौरीबहादुर कार्कीको प्रतिवेदनले भदौ २३ गतेको घटनाप्रति बढी समय खर्चिएको छ तर भदौ २४ गतेको विध्वंसप्रति चुप बसेको छ’ उहाँले भन्नुभयो– ‘तसर्थ यो प्रतिवेदन सरकारपक्षीय देखिएको छ किनकि घटनामा सार्वजनिक रूपमा संलग्न व्यक्ति, संस्था र पार्टीबारे प्रतिवेदन मौन छ ।’

    उहाँले भदौ २४ गतेको घटनामा रास्वपा, राप्रपा तथा माओवादीका कार्यकर्तासमेत सामेल रहेको कसैबाट नलुकेको दाबीसमेत गर्नुभयो ।

    उहाँले विगतमा सरकारमा रहेका कङ्ग्रेस, एमाले र तत्कालीन माओवादीले आलोपालो गरी सत्ता सञ्चालन गरे पनि देश र जनताको हितमा काम गर्न नसक्दा व्यापक महँगी, भ्रष्टाचार, कुशासनको सामना जनताले गर्नुपरेको स्मरण गर्नुभयो ।

    ‘महँगी, भ्रष्टाचार र कुशासनबाट व्यापक असन्तुष्टिको फाइदा उठाई लोकप्रियतावादीले जनतामा व्यापक भ्रम पैदा गर्न सफल भए’ उहाँले भन्नुभयो ।

    अध्यक्ष केसीले भदौ २३ गतेको जेनजी माग र शान्तिपूर्ण आन्दोलन जायज भए पनि राज्य पक्षबाट अनावश्यक बलप्रयोगका कारण १९ जना अबोध बालबालिकाको ज्यान जानु अत्यन्त दुखद घटना भएको बताउनुभयो ।

    त्यो घटनाका दोषीमाथि कारबाहीको माग गर्दै उहाँले उक्त शान्तिपूर्ण आन्दोलनलाई टी.ओ.बी. लगायत अमेरिकाबाट परिचालित गैरजेनजीले आन्दोलनलाई हाइज्याक गरेको र भदौ २४ गते विध्वंस मच्याएर करिब ८५ अर्ब रुपियाँको क्षति र ७६ जनाले मृत्युवरण प्राप्त गरेको बताउनुभयो ।

    विगतका सरकारबाट अमेरिकाले आई.पी.एस. अन्तर्गतक एमसिसी पारित गराउन सफल भए पनि त्यसको महत्त्वपूर्ण अङ्ग एस.पी.पी. पास गराउन त्यसको कठपुतली सरकार बाट मात्र सम्भव भएकाले रास्वपालाई करिब दुइतिहाई मतले विजयी गराएको दाबी केसीको थियो ।

    ‘भोट नेपाली जनताले दिए पनि त्यो वातावरण बनाउन अमेरिकी साम्राज्यवादको योजना र लामो प्रयत्नबाट सम्भव भएको हो’ उहाँले भन्नुभयो ।

    राजमोबाहेक अन्य पार्टीले अमेरिकी साम्राज्यवाद विरुद्ध मुख खोल्न नसकेको स्पष्ट पार्दै उहाँले आफ्नो पार्टीले लामो समयदेखि सङ्घीयता विरुद्ध सदन र सडकबाट आवाज बुलन्द गर्दै आएको बताउनुभयो ।

    अमेरिकी साम्राज्यवादले अहिले पनि विभिन्न कमजोर मुलुकमा लडाइँ गराउने काम गर्दै आएको पनि उहाँको विश्लेषण थियो ।

    कार्यक्रममा मन्तव्य राख्दै वामपन्थी बुद्धिजीवी चेतनाथ आचार्यले फागुन २१ गतेको निर्वाचनमा राजमोले गणतन्त्र, राष्ट्रियता रक्षाकोे पक्षमा र सङ्घीयता खारेजीको लागि व्यापक जनतामाझ पुगेर जनचेतना फैलाएको बताउनुभयो ।

    कार्यक्रममा राजमो केन्द्रीय सल्लाहकार बद्रे आलम र नेकपा (मसाल) रुपन्देहीका प्रवक्ता लालचन्द पन्तले पनि मन्तव्य राख्नुभएको थियो ।
    कार्यक्रमको अध्यक्षता नगर समितिका उपाध्यक्ष कविराम भट्टराईले, स्वागत नगर समितिका सचिव सगीर आलमले र सञ्चालन राजमो नगर समितिका अध्यक्षता हीरालाल धामीले गर्नुभएको थियो ।

    शनिबार, चैत १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित
    असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना
    उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
    संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा
    इस्टर हमला मुद्दाको फैसला हुँदै
    जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित

    • २.
      असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

    • ३.
      उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

    • ४.
      संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

    • ५.
      इस्टर हमला मुद्दाको फैसला हुँदै

    • ६.
      जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    • ७.
      यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

    • ८.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.