काठमाडौँ । आज शनिबार हिमाली क्षेत्रमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभावले यस्तो पूर्वानुमान गरिएको हो ।
हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा साधारणतया बादल लागेको छ । बाँकी भूभागमा आंशिक बादल लागेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।
देशको पहाडी र हिमाली भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । तराई भूभागका केही स्थानमा बिहानको समयमा हुस्सु रहनेछ ।
विभागका अनुसार आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । तराई भूभागका थोरै स्थानहरूमा तुँवालो रहनेछ ।