काठमाडौँ । बुधबार राति देशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
जल तथा मौसम विज्ञान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको बताइएको हो ।
माघ १५ गते बिहीबार दिउँसो तराई भूभागका धेरै स्थानमा हुस्सु/कुहिरो रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ ।
बिहीबार राति तराई भूभागका केही स्थानमा हुस्सु रहनेछ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशलागायत कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ ।
माघ १६ गते शुक्रबार दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु/कुहिरो रहनेछ ।
सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेकोछ ।
शुक्रबार राति तराई भूभागका केही स्थानमा हुस्सु रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।