• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

बेनी-दरवाङ सडक सञ्चालन

अनशनरत डा. केसीको स्वास्थ्य बिग्रिँदो

महाकाली सिँचाइ आयोजनाः संरचना बने तर नहरमा पानी आएन

सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशविरुद्ध आठ उजुरी

रास्वपा प्रधान न्यायाधीशलाई महाभियोग नलगाउने पक्षमा

बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर सङ्लग्न : एफबीआई

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

अफगानिस्तान–पाकिस्तान शान्ति वार्ता पुनः असफल


  •   शनिबार, कार्तिक २२, २०८२ मा प्रकाशित
  • काबुल  । अफगानिस्तानको तालिबान सरकारले शनिबार पाकिस्तानसँग भएको पछिल्लो चरणको शान्ति वार्ता पुनः असफल भएको पुष्टि गर्दै इस्लामाबादको ‘गैरजिम्मेवारपूर्ण र असहयोगी व्यवहार’ लाई मुख्य कारण ठहर गरेको छ ।

    Advertisement

    काबुलले वार्ता असफल भएपछि दुवै देशबीच पुनः हिंसा भड्किने डर व्यक्त गरेको छ ।

    दक्षिण एसियाली छिमेकी दुवै मुलुकबीच गत अक्टोबर १९ मा कतारमा युद्धविरामका लागि प्रारम्भिक सहमति भएको थियो । उक्त समझदारीलाई अन्तिम रूप दिन दुई देशका प्रतिनिधिहरूले बिहीबार टर्कीमा भेट गरेका थिए । तर लामो समयदेखि सुरक्षा विषयमा मात्र केन्द्रित रहँदै आएको वार्ताको ठोस विवरण दुवै पक्षले सार्वजनिक गरेका छैनन् ।

    “वार्ताका क्रममा पाकिस्तानी प्रतिनिधिहरूले आफ्नो सुरक्षाको सम्पूर्ण जिम्मेवारी अफगानिस्तानमाथि थोपर्ने प्रयास गरेका थिए, तर न त आफ्नै सुरक्षा सुनिश्चित गर्न चाहेका थिए, न त अफगान सुरक्षाबारे कुनै स्पष्ट दृष्टिकोण दिएका थिए”, तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सामाजिक सञ्जालमार्फत लेख्दै भन्नुभयो, “पाकिस्तानी टोलीको गैरजिम्मेवार र असहयोगी मनोवृत्तिका कारण वार्ता कुनै परिणाममा पुग्न सकेन ।”

    यसबारे पाकिस्तान सरकार न मध्यस्थकर्ताहरू दुवैले तुरुन्तै कुनै प्रतिक्रिया दिएका छन् ।

    “आतङ्कवाद दमनको जिम्मेवारी अफगानिस्तानकै हो, तर उनीहरू यसमा असफल भइरहेका छन्”, पाकिस्तानका सूचना मन्त्री अत्ताउल्ला तरारले भने वार्ता असफल हुने सङ्केत एक दिनअघि नै दिँदै भन्नुभएको थियो, “पाकिस्तानले आफ्ना जनताको सुरक्षा र राष्ट्रिय सार्वभौमसत्ता जोगाउन आवश्यक सबै विकल्पहरू प्रयोग गर्न जारी राख्नेछ ।”

    – माग र आरोपहरू –

    अफगानिस्तान र पाकिस्तानबीच हालका वर्षहरूमा दुई हजार ६०० किलोमिटर लामो साझा सीमामा बारम्बार हिंसात्मक झडपहरू हुँदै आएका छन् । पाकिस्तानले अफगानिस्तानमाथि आफ्ना भित्री क्षेत्रमा आक्रमण गर्ने आतङ्कवादी समूहहरूलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ । उक्त आरोपलाई तालिबान सरकारले निरन्तर अस्वीकार गर्दै आएको छ ।

    इस्लामाबादले विशेष गरी पाकिस्तानी तालिबान (तेहरिक–ए–तालिबान पाकिस्तान) नामक समूहलाई काबुलले समर्थन गरेको दाबी गर्दै आएको छ र यसमा रोक लगाउन औपचारिक ग्यारेन्टी माग्दै आएको छ । तर तालिबान सरकारले आफ्नो भूमिमा त्यस्ता समूहहरूको अस्तित्वलाई नकार्दै पाकिस्तानले आफैँ अफगान सार्वभौमसत्तामा हस्तक्षेप गरेको आरोप लगाएको छ ।

    गत महिनामा मात्र दुवै देशबीचको सीमा क्षेत्रमा भएका घातक झडपमा ७० जनाभन्दा बढी व्यक्तिको मृत्यु र सयौँ घाइते भएका थिए । यस्ता घटनाका कारण दवबै पक्षले फेरि युद्धविराम तोड्ने चेतावनी दिएका छन् ।

    अफगानिस्तानको स्पिन बोल्डक क्षेत्रमा भएको पछिल्लो झडपपछि दुवै पक्षले एकअर्कालाई दोषारोपण गरेका छन् । जिल्ला अस्पतालका एक अधिकारीले एएफपीसँग कुरा गर्दै चार महिला र एक पुरुषसहित पाँच जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

    तालिबानका प्रवक्ता मुजाहिदले भन्नुभयो, “हामीले वार्ता टोलीप्रति सम्मान देखाएका छौँ र नागरिकहरूको ज्यान बचाउन संयमता अपनाएका छौँ ।”

    यसैबीच, इस्लामाबादले अफगानिस्तानले आफ्ना दीर्घकालीन छिमेकी सम्बन्धहरूलाई कमजोर पार्दै ऐतिहासिक शत्रु भारतसँग घनिष्ठता बढाउने प्रयास गरेको आरोप पनि लगाएको छ ।

    यो पछिल्लो असफल वार्तासँगै अफगानिस्तान र पाकिस्तानबीचको सम्बन्ध फेरि तनावपूर्ण बनेको छ, जसले क्षेत्रीय स्थिरतामाथि थप चुनौती सिर्जना गर्ने विश्लेषकहरूको ठम्याइ रहेको छ ।

    शनिबार, कार्तिक २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण
    इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की
    कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु
    बेनी-दरवाङ सडक सञ्चालन
    अनशनरत डा. केसीको स्वास्थ्य बिग्रिँदो
    महाकाली सिँचाइ आयोजनाः संरचना बने तर नहरमा पानी आएन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

    • २.
      इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

    • ३.
      कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

    • ४.
      बेनी-दरवाङ सडक सञ्चालन

    • ५.
      अनशनरत डा. केसीको स्वास्थ्य बिग्रिँदो

    • ६.
      महाकाली सिँचाइ आयोजनाः संरचना बने तर नहरमा पानी आएन

    • ७.
      सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशविरुद्ध आठ उजुरी

    • ८.
      रास्वपा प्रधान न्यायाधीशलाई महाभियोग नलगाउने पक्षमा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.