• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

बेनी-दरवाङ सडक सञ्चालन

अनशनरत डा. केसीको स्वास्थ्य बिग्रिँदो

महाकाली सिँचाइ आयोजनाः संरचना बने तर नहरमा पानी आएन

सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशविरुद्ध आठ उजुरी

रास्वपा प्रधान न्यायाधीशलाई महाभियोग नलगाउने पक्षमा

बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर सङ्लग्न : एफबीआई

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

जलवायु वार्तामा विश्व नेताहरू प्रवेश गर्दा, गरिब समुदायहरू सबैभन्दा बढी जोखिममा


  •   बुधबार, कार्तिक १९, २०८२ मा प्रकाशित
  • रियो डी जेनेरियो । ब्राजिलमा हुन लागेको आगामी जलवायु वार्ताको सन्दर्भमा विश्वका नेताहरू एकत्रित हुँदै गर्दा जलवायु सङ्कटको सबैभन्दा ठूलो मूल्य तिर्नेहरू गरिब र सीमान्त समुदायहरू हुने प्रष्ट हुँदै गएको छ ।

    Advertisement

    रियोको उत्तरी भागमा अवस्थित अरारा बस्तीका लुइस क्यासियानो अहिलेका तात्तिएका गर्मीका दिनहरूमा चिन्तित हुनुहुन्छ । उहाँ ३० वर्षदेखि त्यहीँ बस्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “आजको घाम साँच्चै डरलाग्दो छ ।” उहाँले आफ्नै घरमा हरियो छत बनाएका कारण केही राहत त पाउनुहुन्छ, जसले तापक्रम १५ डिग्री सेल्सियससम्म कम गर्छ, तर बारम्बारको विद्युत् अवरोधले वातानुकूलनको भर गर्न सकिँदैन ।

    विश्वका नेताहरू जलवायु वार्ताका लागि ब्राजिल आउँदै गर्दा क्यासियानो जस्ता करोडौँ मानिसहरू असहज तापक्रम र आँधीबेहरीको जोखिममा छन् । चरम मौसमका घटनाहरूले गरिबीमा परेकाहरूलाई अझ नोक्सान पुर्‍याइरहेका छन्, किनभने उनीहरूलाई सामना गर्न न त स्रोत, न त प्रविधि केही पनि छैन ।

    संयुक्त राष्ट्रसङ्घका अनुसार हाल विश्वमा करिब एक अर्ब १० करोड मानिस चरम गरिबीमा बसिरहेका छन् । यसै कारण धेरैले तुलनात्मक रूपमा गरिब सहर बेलेममा यो सम्मेलन आयोजना गर्नु सराहनीय ठानेका छन् । युएन वातावरण कार्यक्रमकी कार्यकारी निर्देशक इन्गर एन्डरसनका अनुसार बेलेमजस्ता ठाउँमा सम्मेलन हुनु उपयुक्त छ, किनकि यहाँ गरिबी र जलवायु सङ्कट प्रत्यक्ष देखिन्छ ।

    गरिबी र जलवायु सङ्कटको टक्कर केवल विकासशील मुलुकमै सीमित छैन । संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम (युएनडिपी) को प्रतिवेदनले धनी देशका गरिबहरू पनि चरम गर्मी, बाढी, खडेरी वा प्रदूषण जस्ता कम्तीमा चार खतरामध्ये एकको प्रभावमा छन् भन्ने देखाउँछ ।

    विश्व स्रोत संस्थानका वरिष्ठ फेलो कार्टर ब्रान्डन भन्नुहुन्छ, “गरिब मानिसहरूसँग जोखिमयुक्त ठाउँहरू छोड्ने वा प्रकोपपछि पुनर्निर्माण गर्ने क्षमता हुँदैन । त्यसैले जलवायु सङ्कटले उनीहरूको जीविकोपार्जन मात्र होइन, जीवन नै सङ्कटमा पार्छ ।”

    अफ्रिकामा झन्डै ५० करोड मानिस गरिबीमा छन् र तीमध्ये धेरै खेतीमा निर्भर छन् । अन्तर्राष्ट्रिय कृषि अनुसन्धानका सल्लाहकार समूहकी कार्यकारी निर्देशक इस्माहाने एलोआफीका अनुसार प्राविधिक समाधानले केही राहत दिन सक्छ, तर त्यसको पहुँच अधिकांश किसानमा छैन ।

    ब्राजिल सरकारले बेलेममा सम्मेलन आयोजना गरेर विश्वलाई अमेजन क्षेत्रका वास्तविक चुनौतीहरू देखाउने प्रयास गरेको छ । अक्सफामकी जलवायु नीति प्रमुख नाफकोट डाबी भन्नुहुन्छ, “वार्ताकारहरूले कठिन परिस्थितिमा बस्नुपर्ने गुनासो गरेका छन्, तर यही त संसारका अधिकांश मानिसहरूको वास्तविकता हो ।”

    तर सबैले यस सम्मेलनबाट ठोस परिणाम आउनेमा विश्वास राखेका छैनन् । ड्युक विश्वविद्यालयकी प्राध्यापक किम्बर्ली मेरियन सुसीया भन्नुहुन्छ, “द्रुत कारबाहीको आवश्यकता छ भन्ने कुरा सबैले स्वीकार्छन्, तर त्यो कोपबाट सम्भव देखिँदैन ।”

    युएनडिपीका निर्देशक पेड्रो कन्सेइकोका अनुसार विश्वमा गरिबी घट्ने गति रोकिएको छ । “अब गरिबीका तथ्याङ्क स्थिर छन्, घटेका छैनन्”, उहाँले भन्नुभयो ।

    माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सले पनि हालैको वक्तव्यमा उत्सर्जन घटाउनेभन्दा पहिले मानव पीडा कम गर्नमा जोड दिनुपर्ने बताउनुभएको छ ।

    तर कन्सेइको भन्नुहुन्छ, “गरिबी घटाउने र जलवायु सङ्कट समाधान गर्ने दुवै कुरा अलग होइनन् । यी एउटै एजेन्डाका दुई पाटाहरू हुन्—जहाँ एकमा सफलता अर्काको समाधान पनि हो ।”

    बुधबार, कार्तिक १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण
    इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की
    कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु
    बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर सङ्लग्न : एफबीआई
    जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन
    भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

    • २.
      इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

    • ३.
      कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

    • ४.
      बेनी-दरवाङ सडक सञ्चालन

    • ५.
      अनशनरत डा. केसीको स्वास्थ्य बिग्रिँदो

    • ६.
      महाकाली सिँचाइ आयोजनाः संरचना बने तर नहरमा पानी आएन

    • ७.
      सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशविरुद्ध आठ उजुरी

    • ८.
      रास्वपा प्रधान न्यायाधीशलाई महाभियोग नलगाउने पक्षमा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.