काठमाडौं । केही दिन यता सरकारविरुद्ध देशका विभिन्न भागमा प्रदर्शन बढ्दै गएपछि सरकारले त्यसलाई नियन्त्रणमा लिन कडा कदम चाल्ने संकेत गरेको छ । सरकार भ्रष्टाचारमा लिप्त हुँदै गएको, पीसीआर परीक्षणको दायरा कम भएको, जनतालाई दैनिक जीवन यापनमै समस्या भएको भन्दै युवाहरुले आन्दानेलन जारी राखेका छन् ।
सरकारविरोधी प्रदर्शन सुरु भएपछि गृह मन्त्रालयले बिहीबार साँझ विज्ञप्ति प्रकाशित गरी संक्रामक रोग ऐन २०२० लाई देखाएर नाराजुलुसमा रोक लगाएको छ । मन्त्रालयको विज्ञप्तिमा सार्वजनिक स्थलमा भेला हुन र विरोधका कार्यक्रम गर्न रोक लगाएको जनाइएको छ ।
मन्त्रालयले आन्दोलन तथा विरोधका कार्यक्रम रोक्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको छ । गृहका सहसचिव केदारनाथ शर्माले निकालेको विज्ञप्तिमा लकडाउन आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग ऐन २०२० को दफा ३ को सजायअन्तर्गत सम्बन्धित सिडिओले नगद जरिवाना र थुनामा राख्ने उल्लेख छ ।
‘बन्दाबन्दीको आदेश अवहेलना गर्ने वा काममा बाधा पु(याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० को दफा ३ को सजायअन्तर्गत सम्बन्धित प्रमुख जिल्ला अधिकारीले एक सयदेखि ६ सय रुपैयाँसम्म जरिवाना र १ महिनादेखि ६ महिनासम्म थुनामा राख्नेगरी कारबाही गर्न सक्ने प्रावधान रहेको व्यहोरासमेत सम्बन्धित सबैलाई स्मरण गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
तर, सरकारको चेतावनीका बावजुद असार ३ गतेसम्म आन्दोलनको घोषणा गरिएको छ । देशब्यापी चलिरहेको आन्दोलनको आयोजक को हो भन्ने सार्वजनिक भएको छैन । तर, काठमाडौंको सडकमा उत्रिएका युवाहरुका अनुसार फेसबुक पेजमार्फत स्वतःस्फूर्त रुपमा युवाहरुले सरकारप्रति आक्रोश र असन्तुष्टि जनाएका हुन् ।
यसै क्रममा आन्दोलनकारीले आज (शुक्रबार) देखि असार ३ गतेसम्म देशको राजधानीलगायत विभिन्न स्थानमा गरिने विरोधसभाको सूची सार्वजनिक गरिएको छ । डा. गोविन्द केसीका सहयोगी डा. अभिशेषराज सिंहले ट्विटमार्फत सार्वजनिक गरेको विरोध कार्यक्रमको सूची यस्तो छः
