• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अवामी लिगद्वारा पार्टी गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय अस्वीकार


  •   आइतबार, बैशाख २८, २०८२ मा प्रकाशित
  • ढाका । अपदस्थ प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा रहेको बङ्गलादेश अवामी लिगले पार्टीको गतिविधिमा प्रतिबन्ध लगाउने अन्तरिम सरकारको निर्णयलाई अस्वीकार गरेको छ ।

    Advertisement

    अवामी लिगले आफ्ना गतिविधि सञ्चालन गर्ने पार्टीले शनिबार राति विज्ञप्तिमा जनाएको हो ।

    “अवामी लिगको गतिविधिमा प्रतिबन्ध लगाउने अवैध र असंवैधानिक कब्जा गर्ने फासीवादी युनुस सरकारको घोषणाबाट बङ्गलादेशका जनता स्तब्ध र आक्रोशित छन्” विज्ञप्तिमा भनिएको छ– ‘हामी फासीवादी तानाशाह युनुस सरकारको यो निर्णयलाई घृणाका साथ अस्वीकार गर्दछौँ र यसको विरुद्ध कडा निन्दा र विरोध गर्दछौँ ।”

    पार्टीले अगाडि भनेको छ– “साथै फासीवादी युनुस सरकारको यो निर्णयलाई बेवास्ता गर्दै बङ्गलादेश अवामी लिगले आफ्ना गतिविधि उचित रूपमा सञ्चालन गर्न जारी राख्ने कुरामा हामी दृढ प्रतिबद्धता व्यक्त गर्दछौँ ।”

    यसअघि नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको बङ्गलादेशको अन्तरिम सरकारको मन्त्रिपरिषद्ले आतङ्कवाद विरोधी ऐनअन्तर्गत साइबरस्पेससहित अवामी लिगका सबै गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

    “आज बङ्गलादेशको इतिहासमा कालो दिनको रूपमा चिनिनेछ, जसको नेतृत्वमा बङ्गलादेश एक स्वतन्त्र र सार्वभौम राज्यको रूपमा स्थापित भएको थियो, त्यो आवामी लिगका गतिविरिू स्वतन्त्र देशमा जनताको कुनै जनादेश नभएको अप्रजातान्त्रिक फासीवादी युनुस सरकारद्वारा प्रतिबन्धित गरिएको छ” लिगको फेसबुक पेजमा पोस्ट गरिएको विज्ञप्तिमा भनिएको छ– “यसले प्रमाणित गर्दछ कि फासिवादी युनुस सरकारले बङ्गलादेशको माटोलाई स्वतन्त्रता विरोधी दुष्ट शक्ति र उग्रवादी समूहका लागि उर्वर भूमिमा परिणत गर्न चाहन्छ ।”

    “बङ्गाली माटोमा आवामी लिगका गतिविधिमा प्रतिबन्ध लगाउनु भनेको मुक्तियुद्धको भावना, आदर्श र आधारभूत तत्त्वलाई निर्वासित गर्नु र स्वतन्त्रता विरोधीको नग्न आक्रमणलाई बढावा दिनु हो । बङ्गलादेश आवामी लिग यस क्षेत्रको सबैभन्दा पुरानो र सबैभन्दा परम्परागत राजनीतिक सङ्गठन हो, जसको ७५ वर्षको इतिहास छ र जनताले विश्वास गर्ने संस्था हो । बङ्गलादेश आवामी लिगले भाषा र स्वतन्त्रताको मागको स्थापनासहित बङ्गाली राष्ट्रका सबै महान् उपलब्धिमा अग्रणी भूमिका खेलेको छ” विज्ञप्तिमा भनिएको छ ।

    बङ्गलादेशको अन्तरिम सरकारले शनिबार देशको सबैभन्दा पुरानो राजनीतिक दल अवामी लिगको गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । राष्ट्रिय सुरक्षा र सार्वभौमसत्ताको रक्षा गर्न यो निर्णय गरिएको प्रेसविज्ञप्तिमा थप स्पष्ट पारिएको छ ।

    “परामर्शदाता परिषद् बैठकले देशको सुरक्षा र सार्वभौमसत्ता, जुलाई आन्दोलनका नेता तथा कार्यकर्ताको सुरक्षा र बङ्गलादेश आवामी लिग र यसका नेताको परीक्षण पूरा नभएसम्म अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणका वादी र साक्षीको संरक्षणको आवश्यकताबारे छलफल गरेको थियो । आतङ्कवाद विरोधी ऐनअन्तर्गत साइबरस्पेससहित अवामी लिगका सबै गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय लिइएको छ” प्रेसविज्ञप्तिमा भनिएको थियो ।

    अवामी लिगकी अध्यक्ष तथा प्रधानमन्त्री शेख हसिना गत वर्ष अगस्ट ५ मा सामूहिक विद्रोहमा सत्ताबाट हटाइएपछि निर्वासनमा हुनुहुन्छ ।

    हसिनाको पतनपछि नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । (रासस/एएनआई)

    आइतबार, बैशाख २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.