• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

ट्रम्पको चेतावनीपछि ग्रीनल्यान्डका प्रधानमन्त्री डेनमार्क भ्रमणमा


  •   आइतबार, बैशाख १४, २०८२ मा प्रकाशित
  • कोपेनहेगन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्कको स्वशासित क्षेत्रमाथि नजर लगाएका बेला ग्रीनल्यान्डका नवनिर्वाचित प्रधानमन्त्रीले आइतबार डेनमार्कको पहिलो औपचारिक भ्रमण सुरु गर्नुभएको छ ।

    Advertisement

    डेमोर्क्याट पार्टीले मार्चमा विधायी चुनाव जितेपछि ग्रीनल्यान्डको नयाँ गठबन्धन सरकारको नेतृत्व गरिरहेका जेन्स फ्रेडरिक निल्सनको यो पहिलो डेनमार्क भ्रमण हो ।

    डेनिस प्रधानमन्त्री मेट फ्रेडरिकसनले अप्रिलको सुरुमा आर्कटिक क्षेत्रको भ्रमणका क्रममा उहाँले अमेरिकी प्रशासनलाई लक्षित गर्दै ॅतपाईं अर्को देशलाई गाभ्ने निर्णय गर्न सक्नुहुन्न’ भन्नुभएको थियो ।

    “सबैभन्दा पहिले म प्रधानमन्त्रीसँग भूराजनीतिक अवस्था र सहकार्यका बारेमा छलफल सुरु गर्नेछु” निल्सनले फ्रेडरिकसनलाई उद्धृत गर्दै यसै साता जारी गरेको विज्ञप्तिमा भनिएको छ– “हामीले यस समयमा हाम्रो भविष्यको सहयोगको लागि योजना बनाऔँ । यो कुरा दुवैका लागि महत्त्वपूर्ण छ ।”

    अमेरिकी राष्ट्रपति ट्रम्पले आर्कटिक टापुलाई आफ्नो नियन्त्रणमा लिन चाहेको बताएपछि अमेरिका र डेनमार्कबिच तनाव बढेको छ ।
    अमेरिकी राष्ट्रपति ट्रम्पले सुरक्षाको कारण देखाउँदै वासिङ्टनको नियन्त्रणमा ग्रीनल्यान्ड हुनु आवश्यक रहेको बताउनुभएको थियो ।

    अन्तर्राष्ट्रिय शान्ति

    ट्रम्पले नर्वेका प्रधानमन्त्री जोनास गाहर स्टोरसँग बिहीबार आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो– ‘मलाई लाग्छ कि हामीलाई अन्तर्राष्ट्रिय शान्तिको लागि यो आवश्यक छ र यदि हामीसँग ग्रीनल्यान्ड भएन भने यो विश्वको लागि ठुलो खतरा हो । अन्तर्राष्ट्रिय शान्तिका लागि ग्रीनल्यान्ड निकै महत्त्वपूर्ण छ ।’

    भ्रमणको घोषणा गर्दै डेनिस सरकारले ग्रीनल्यान्ड र डेनमार्कबिचको सहकार्य निल्सनको भ्रमणको ‘प्रमुख एजेन्डा हुने बताएको छ ।

    ग्रीनल्यान्डका प्रधानमन्त्री फ्रेडरिक्सनले भन्नुभयो– ‘ग्रीनल्यान्ड र साउदी अरेबिया अहिले जुन कठिन विदेशनीतिको अवस्थामा छन्, त्यसमा हामीले एकअर्कालाई सहयोग गर्नैपर्छ ।’

    अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि मार्चमा ग्रीनल्यान्डको भ्रमण गर्नुभएको थियो । यसलाई नुक र कोपनहेगन दुवैले उक्साहटको रूपमा हेरेका थिए।

    अमेरिकी सैन्य अड्डा पिटुफिकको भ्रमणका क्रममा भान्सले डेनमार्कले ‘ग्रीनल्यान्डका मानिसहरूसँग राम्रो काम नगरेको’ भन्दै आलोचना गर्नुभएको थियो ।

    ‘तपाईंले ग्रीनल्यान्डका जनतामा कम लगानी गर्नुभएको छ र यो अविश्वसनीय, सुन्दर भूभागको सुरक्षा वास्तुकलामा कम लगानी गर्नुभएको छ’ उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो ।

    डेनिस विदेशमन्त्री लार्स लोक्के रासमुसेनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै भन्नुभएको छ–’हामी आलोचनाका लागि खुला छौँ तर म पूर्ण इमानदारसाथ के भन्छु भने जुन स्वरमा यो वितरित भइरहेको छ हामी त्यसको कदर गर्दैनौँ ।’

    निल्सन आफैले केही समय पहिले अमेरिकी राष्ट्रपति ट्रम्पको ग्रीनल्यान्डबारे दिएको प्रतिक्रियाप्रति लक्षित गर्दै भन्नुभएको थियो– ‘अमेरिकाले ग्रीनल्यान्ड पाउने छैन ।’

    उहाँले आफ्नो फेसबुक पेजमा लेख्नुभएको छ– ‘हामी अरू कोहीसँग सम्बन्धित छैनौँ । हामी आफ्नो भविष्य आफै तय गर्छौं ।’

    दुई दिनसम्म चल्ने कोपेनहेगन भ्रमणका क्रममा निल्सनले डेनमार्कका राजा फ्रेडरिक र डेनिस संसद्का प्रतिनिधिसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । डेनमार्कको दरबारले एक विज्ञप्ति जारी गर्दै राजा फ्रेडरिक निल्सनसँगै आर्कटिक टापुको भ्रमणका लागि ग्रिनल्यान्ड फर्कने जनाएको छ ।

    ग्रीनल्यान्डको ५७ हजार जनसङ्ख्यामध्ये अधिकांश डेनमार्कबाट स्वतन्त्र हुन चाहन्छन् तर अमेरिकाको हिस्सा बन्न चाहँदैनन् । (रासस/एएफपी)

    आइतबार, बैशाख १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.