• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च

युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

एल निनोले विश्वभर खाद्य सङ्कटको जोखिम बढायो

ट्रम्प र रिपब्लिकनलाई धक्का लाग्ने सङ्केत, डेमोक्रेट्सको ‘ब्लू वेभ’ सम्भावना

रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु

नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगे

१० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता

व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ३. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ४. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ५. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ६. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ७. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ८. हैदरावादमा मृत्यु भएकी जानकीको प्युठान पठाइयो

  • ९. कवि

  • १०. १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

केन्यामा महिलामाथि बढ्दो हिंसा : न्याय प्रणालीमाथि प्रश्न उठ्दै


  •   शुक्रबार, बैशाख १२, २०८२ मा प्रकाशित
  • केन्या । दुई वर्षअघि चर्चित केन्याली एथलेटिक्स खेलाडी एग्नेस टिरोपको दुःखद निधनपछि दोषी ठहरिएका मुख्य संदिग्ध धरौटीमा रिहा भई फरार भएपछि मानव अधिकारकर्मीहरूले न्याय प्रणालीप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

    Advertisement

    ‘द साइलेन्सिङ वुमन प्रोजेक्ट’ नामक गैरसरकारी संस्थाले दिएको जानकारीअनुसार, सन् २०२४ मा मात्र केन्याका १० वटा काउन्टीहरूमा १७० भन्दा बढी महिलामाथि हत्या (फेमिसाइड) का घटनाहरू भएको उल्लेख गरिएको छ, जुन हालसम्मकै सबैभन्दा उच्च दर हो ।

    फेमिसाइड भन्नाले त्यस्ता हत्या जनाइन्छ, जुन प्रायः पार्टनर, पति वा पारिवारिक सदस्यबाट हुने गर्दछ र जसमा पीडितको लैङ्गिकता मुख्य कारण बन्न पुग्दछ ।

    एग्नेस टिरोप, जसले दुईपटक विश्व एथलेटिक्स प्रतियोगितामा कांस्य पदक जितेकी थिइन्, उहाँको सन् २०२१ को अक्टोबरमा हत्या भएको थियो । प्रमुख आरोपी उहाँका श्रीमान् इब्राहिम रोतिच थिए । उनलाई हत्या भएको भोलिपल्ट मोम्बासा सहरबाट पक्राउ गरिएको थियो । तर सन् २०२३ नोभेम्बरमा चार लाख केन्यन शिलिङ (झन्डै २७०० अमेरिकी डलर) धरौटीमा रिहा गरिएपछि उनी फरार भएका हुन् ।

    टिरोपका पिता भिन्सेन्ट टिरोपले न्याय प्रणालीप्रति निराशा व्यक्त गर्दै भन्नुभयो, “हामीले आशा गरेका थियौं कि छोरीको हत्यामा राज्य संयन्त्रले न्याय दिलाउनेछ, तर हालको अवस्था अत्यन्त दुःखद छ ।”

    पीडित पक्षका कानुनी प्रतिनिधि रिचार्ड वारिगीले पनि रोतिचको धरौटीप्रति असहमति जनाउँदै उनलाई उच्च जोखिमयुक्त व्यक्तिको रूपमा चित्रण गरेका थिए ।

    मानव अधिकार अभियन्ता राचेल म्विकालीका अनुसार, “एउटी अन्तर्राष्ट्रिय खेलाडीको हत्यामा यस्तो अवस्था देखिएको छ भने, अन्य नदेखिएका घटनाहरूमा अवस्था झनै चिन्ताजनक हुनसक्छ ।”

    त्यस्तै, ‘साइलेन्सिङ वुमन प्रोजेक्ट’ की प्रतिनिधि इन्डिमुलीले प्रहरी प्रशासनको कार्यशैलीप्रति प्रश्न उठाउँदै अनुसन्धान र पीडितको सुरक्षामा गम्भीर त्रुटिहरू देखिएको बताउनुभयो ।

    यद्यपि, प्रहरी महानिरीक्षक जुडी लामेटले प्रहरीलाई लैङ्गिक हिंसासम्बन्धी आवश्यक तालिम दिइएको र पीडितहरूको सहयोगका लागि टोल–फ्री सेवा सञ्चालन गरिएको जानकारी दिनुभयो ।

    एम्नेस्टी इन्टरनेशनलकी कोम्बोले न्याय सम्पादन प्रक्रियामा ढिलाइ भएको उल्लेख गर्दै अनुसन्धान प्रयोगशाला तथा सरकारी वकिलहरूको कार्यभार बढी रहेको कारणले समस्या बढेको बताउनुभयो । साथै, उहाँले राजनीतिक इच्छाशक्तिको कमीले पनि न्याय प्रक्रियामा प्रभाव पारिरहेको धारणा राख्नुभयो ।

    राष्ट्रपति विलियम रुटोले यस समस्यालाई सम्बोधन गर्न लैङ्गिक हिंसासम्बन्धी कार्यदल गठनको प्रतिबद्धता जनाए तापनि, केही अधिकारकर्मीहरू उक्त प्रतिबद्धताको प्रभावकारिताप्रति आशंका व्यक्त गर्दै आएका छन् ।

    युवा पुस्ताले यस्ता घटनाप्रति संवेदनशीलता देखाउन थालेका सङ्केतहरू पनि देखिएका छन् । केही समयअघि नैरोबी नजिकैको एक विश्वविद्यालयमा भएको शान्तिपूर्ण जागरण कार्यक्रममा केही पुरुष विद्यार्थीहरूको सहभागिता उत्साहजनक रहेको आयोजक डायना नेकेसाले बताउनुभयो ।

    उहाँका अनुसार, “सबै पुरुषहरू हाम्रो अभियानमा साथ थिए भन्ने त होइन, तर महत्वपूर्ण सङ्ख्यामा सकारात्मक सोच भएका विद्यार्थीहरू देखिए, जुन भविष्यका लागि आशाको संकेत हो ।”

    शुक्रबार, बैशाख १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च
    युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता
    एल निनोले विश्वभर खाद्य सङ्कटको जोखिम बढायो
    ट्रम्प र रिपब्लिकनलाई धक्का लाग्ने सङ्केत, डेमोक्रेट्सको ‘ब्लू वेभ’ सम्भावना
    रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु
    नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगे

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ४.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ५.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ६.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    भर्खरै

    • १.
      अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च

    • २.
      युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

    • ३.
      एल निनोले विश्वभर खाद्य सङ्कटको जोखिम बढायो

    • ४.
      ट्रम्प र रिपब्लिकनलाई धक्का लाग्ने सङ्केत, डेमोक्रेट्सको ‘ब्लू वेभ’ सम्भावना

    • ५.
      रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु

    • ६.
      नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगे

    • ७.
      १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

    • ८.
      चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.