• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

युक्रेनका आणविक संयन्त्रहरू अमेरिकी नियन्त्रणमा राख्ने


  •   बिहिबार, चैत ०७, २०८१ मा प्रकाशित
  • वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई अमेरिकाले युक्रेनको आणविक उर्जा संयन्त्रको स्वामित्व लिन र सञ्चालन गर्न सक्ने बताउनुभएको छ । यो रूसको आक्रमणमा युद्धविराम सुनिश्चित गर्ने उहाँको नवीनतम प्रयासको हिस्सा हो ।

    Advertisement

    रूस र युक्रेनबीच सम्भावित युद्धविरामको सुरक्षा गर्न इच्छुक लगभग ३० देशका सैन्य प्रमुखहरू बिहीबार बेलायतमा शान्ति सेना योजनाको बारेमा छलफल गर्न तयार भएपछि यो प्रस्ताव आएको हो ।

    बुधबार ट्रम्पसँगको कुराकानीपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा यस्तै आक्रमण रोक्न सहमत भएको एक दिनपछि रुसको ऊर्जा सञ्जाल र पूर्वाधारमा आक्रमण रोक्न किएभ ‘तयार’ रहेको बताउनुभयो ।

    जेलेन्स्कीले ट्रम्पको विद्युत् संयन्त्र अधिग्रहण योजनाको बारेमा पनि छलफल गरेको बताउनभयो । “हामीले केवल रुसी कब्जामा रहेको एउटा बिजुली संयन्त्रको बारेमा कुरा गर्‍यौँ”, फिनल्यान्डको आधिकारिक भ्रमणमा रहेका जेलेन्स्कीले अनलाइन ब्रिफिङमा जापोरिज्जियामा रहेको संयन्त्रलाई उल्लेख गर्दै भन्नुभयो ।

    उहाँले रुसलाई छुट दिन ट्रम्पबाट ‘कुनै दबाब महसुस नगरेको’ बताउनुभयो ।

    तर मङ्गलबार ट्रम्पसँगको आफ्नै कुराकानीमा पुटिनले पश्चिमले पहिले युक्रेनका लागि सबै सैन्य सहायता रोक्नुपर्ने जोड दिनुभएकाले व्यापक युद्धविराम अझै अस्पष्ट छ ।

    बेलायतका प्रधानमन्त्री किर स्टार्मर र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनमा बेलायती र फ्रान्सेली सैनिकहरू राख्न तयार रहेको बताउनुभएको छ ।

    बेलायत सरकारले ‘उल्लेखनीय सङ्ख्यामा’ राष्ट्रहरू त्यसो गर्न तयार रहेको बताएको छ तर कति देशहरू इच्छुक छन् भन्ने कुरा स्पष्ट छैन ।

    जेलेन्स्कीसँगको कुराकानीपछि बुधबार ट्रम्पको स्वर उल्लेखनीय रूपमा सकारात्मक थियो । हालसालै ओभल अफिसमा दुई जनाबीच टेलिभिजनमा प्रसारित विवाद भए भए पनि ह्वाइट हाउसले यसलाई ‘अद्भुत’ भनेर वर्णन गरेको छ ।

    ‘ट्रम्पले ‘युक्रेनको विद्युत् आपूर्ति र आणविक उर्जा संयन्त्रहरू’ बारे छलफल गर्नुभयो र वासिङ्टनले तिनीहरूलाई चलाउन ‘धेरै सहयोगी’ हुनसक्ने बताउनुभयो’, राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र विदेशमन्त्री मार्को रुबियोले संयुक्त विज्ञप्तिमा भन्नुभयो, ‘ती संयन्त्रको अमेरिकी स्वामित्व त्यस पूर्वाधारका लागि उत्तम सुरक्षा हुनेछ ।’

    – युद्ध अन्त्य गर्दै –
    ट्रम्पले किएभलाई युरोपबाट थप हवाई सुरक्षा उपकरण प्राप्त गर्न र रूसद्वारा ‘अपहरण’ गरिएका युक्रेनी बालबालिकाहरू फेला पार्न मद्दत गर्ने वचन पनि दिनुभएको विज्ञप्तिमा उल्लेख छ ।

    उहाँले यसअघि आफ्नो ट्रुथ सोसल नेटवर्कमा पूर्ण युद्धविराम गर्ने प्रयासहरू ‘धेरै नै ट्र्याकमा छन्’ भन्नुभएको थियो ।

    जेलेन्स्कीले युक्रेनी र अमेरिकी अधिकारीहरू आउँदो दिनमा साउदी अरबमा नयाँ वार्ताका लागि भेट्न सक्ने बताउनुभयो । त्यहाँ रूसी र अमेरिकी टोलीहरू पनि आगामी हप्ताको सुरुमा भेट्ने अपेक्षा गरिएको छ ।

    मस्कोले बुधबार रुस र युक्रेनले तीन सय ७२ कैदी साटासाट गरेको बताएको छ । यो ट्रम्प–पुटिन फोनवार्तापछि सद्भावना सङ्केतका रूपमा योजना बनाइएको थियो ।

    यद्यपि किएभ र मस्कोले एकअर्कालाई निरन्तर आक्रमणको आरोप लगाएका छन् ।

    रूसले देशभरका विभिन्न क्षेत्रमा रातभर भएको आक्रमणमा एक सय ३२ युक्रेनी ड्रोन नष्ट गरेको बताएको छ ।

    युक्रेनी आपत्कालीन सेवाले बिहीबार मध्य युक्रेनको क्रोपिवनित्स्कीमा रहेको आवासीय भवनमा रुसी ड्रोन हमलामा एक बालकसहित आठ जना घाइते भएको बताएको छ ।

    – पुटिनलाई विश्वास नगर्नुहोस् –
    प्रमुख बाधा पुटिनको पूर्ण युद्धविरामको प्रतिरोध नै रहेको छ । किएभ र केही पश्चिमी सहयोगीले रुसी राष्ट्रपतिलाई कसरी विश्वास गर्न सकिँदैन भनेर जोड दिन्छ ।

    मङ्गलबार ट्रम्पसँगको कुराकानीमा पुटिनले युक्रेनलाई अर्बौं डलरको सैन्य सहायता रोक्ने मस्कोको लामो समयदेखिको मागमा पश्चिम सहमत भएमा मात्र पूर्ण युद्धविराम सम्भव हुने कुरामा जोड दिनुभएको थियो ।

    पुटिनले युक्रेनलाई पुनः हतियार राख्न नदिने र अनिवार्य सैन्य भर्ती रोक्नुपर्ने माग पनि गर्नुभएको छ । मस्को र वासिङ्टन फोन वार्ताको नतिजामा समेत असहमत थिए ।

    क्रेमलिनले विद्युत् संयन्त्रमा आक्रमण रोक्ने बारेमा मात्र छलफल गरेको बताएको छ तर ह्वाइट हाउसले वार्तामा ऊर्जा र अन्य नागरिक पूर्वाधार दुवै समावेश भएको जोड दिएको छ ।

    पुटिनलाई ट्रम्पको आग्रह र वासिङ्टनले अब युरोपेली सुरक्षाको ग्यारेन्टी नगर्ने सङ्केतले किएभ र संयुक्त राज्य अमेरिकाका नाटो सहयोगीहरूलाई पनि त्रास उत्पन्न गराएको छ ।

    ‘म पुटिनलाई पटक्कै विश्वास गर्दिन, एउटा शब्द पनि होइन । उहाँले केवल बल बुझ्नुहुन्छ’, किएभका ३२ वर्षीय बासिन्दा लेभ शोलोउड्कोले भन्नुभयो ।

    मस्कोमा स्थानीय बासिन्दाहरू वार्ताले रुसको फाइदाका लागि लडाइँको अन्त्य गर्न सक्ने कुरामा बढी आशावादी थिए ।

    ‘निश्चित रूपमा यो हाम्रो पक्षमा छ, मस्कोकी ४६ वर्षीया बासिन्दा लारिसाले नाजी जर्मनीमाथि सोभियत सङ्घको विजयलाई उल्लेख गर्दै भन्नुभयो, “अरु कुनै उपाय छैन । सन् १९४५ मा जे भयो, अहिले पनि त्यही हुनेछ ।”

    बिहिबार, चैत ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ३.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ५.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ६.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ७.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ८.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.