• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

रुवान्डा र कङ्गोबिच आश्चर्यजनक युद्धविराम वार्ता


  •   बुधबार, चैत ०६, २०८१ मा प्रकाशित
  • दोहा । अङ्गोलामा शान्तिवार्ता असफल भएको केही घण्टापछि रुवान्डा र प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डिआरसी)) का राष्ट्रपतिले कतारमा आश्चर्यजनक वार्ता गरेर युद्धविरामका लागि आफ्नो समर्थन व्यक्त गर्नुभएको छ ।

    Advertisement

    रुवान्डाका राष्ट्रपति पल कागामे र कङ्गोका राष्ट्रपति फेलिक्स त्सेसेकेदीले मङ्गलबार कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसँग भेटवार्ता गर्नुभएको थियो ।

    रुवान्डा समर्थित एम–२३ सशस्त्र समूहले यस वर्षको सुरुमा कङ्गोको खनिजले समृद्ध पूर्वी क्षेत्रमा आक्रमण गरी दुई प्रमुख सहर कब्जा गरेको थियो ।

    “राज्यप्रमुखले गत महिना अफ्रिकी शिखर सम्मेलनमा सहमति गरिएअनुसार तत्काल र बिनाशर्त युद्धविरामका लागि सबै पक्षको प्रतिबद्धता दोहोऱ्याउनुभयो” विज्ञप्तिमा भनिएको छ– “फलदायी बैठकले. प्रजातान्त्रिक गणतन्त्र कङ्गो र यस क्षेत्रको सुरक्षित र स्थिर भविष्यप्रति साझा प्रतिबद्धतामा विश्वास निर्माण गर्न मदत गऱ्यो ।”

    मङ्गलबार राति रुवान्डाको राष्ट्रपति कार्यालयबाट जारी वक्तव्यले बैठक भएको पुष्टि गर्दै नेताहरूले पूर्वी कङ्गोमा द्वन्द्वका मूल कारण सम्बोधन गर्न सबै पक्षसँग प्रत्यक्ष राजनीतिक संवादको तत्काल आवश्यकताबारे छलफल गरेको बताएको छ ।

    “राष्ट्रपति कागामेले सबै पक्ष मिलेर काम गर्दा सबै कुरा छिटो अगाडि बढ्न सक्ने विश्वास व्यक्त गर्नुभयो” विज्ञप्तिमा भनिएको छ ।

    यसअघि मङ्गलबार अङ्गोलाले एम२३ समूहले अन्तिम समयमा फिर्ता लिएपछि शान्ति वार्ता रद्द भएको बताएको थियो ।

    समूहले सोमबार विशेष गरी युरोपेली सङ्घ (इयु) ले लगाएको प्रतिबन्धलाई उल्लेख गर्दै केही अन्तर्राष्ट्रिय संस्थालाई जानाजानी शान्ति प्रयासलाई तोडफोड गरेको आरोप लगाएको थियो ।

    इयुले पूर्वी कङ्गोमा सशस्त्र लडाकु र यसका प्रमुख बर्ट्रान्ड बिसिम्वासहित एम–२३ का वरिष्ठ सदस्यलाई समर्थन गरेकोमा तीन रुवान्डाली सैन्य कमान्डर र यसको खनन एजेन्सी प्रमुखलाई प्रतिबन्ध लगाएको छ ।

    जनवरीदेखि कङ्गोली तुत्सीको हितको रक्षा गर्ने दाबी गर्ने एम–२३ ले गोमा र बुकाभुका प्रमुख सहरहरू अग्रिम गतिमा कब्जा गर्दा सात हजारभन्दा बढी मानिस मारिएका छन् । एएफपीले स्वतन्त्र रूपमा तथ्याङ्क प्रमाणित गर्न सकेको छैन ।

    कङ्गो सरकार र एम–२३ ले अन्तिमपटक सन् २०१३ मा वार्ता गरेका थिए । (रासस/एएफपी)

    बुधबार, चैत ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.