काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीलाई संयोजकमा यथावत राख्दै सङ्घीयता विरुद्ध राष्ट्रिय अभियानलाई निरन्तरता दिइएको छ ।
सङ्घीयता खारेजीका लागि काठमाडौँकेन्द्रित आन्दोलनको पूर्वसन्ध्यामा २०८१ चैत २ गते काठमाडौँमा आयोजित कार्यक्रममाझ सो समिति अभियानलाई निरन्तरता दिइएको छ ।

४७ सदस्यीय उक्त समितिको सदस्यमा रश्मिराज नेपाली, जनकराज शर्मा, मनोज भट्ट, दुर्गा पौडेल, हिमलाल पुरी, आनन्द शर्मा, दीपक ज्ञवाली, रत्नसंसार श्रेष्ठ, घनश्याम न्यौपाने, हरि आचार्य, अमर थापा, तारा थापा, राजेश विश्वकर्मा, समीर सिंह, रामप्रकाश पुरी, डा. विश्वमोहन आचार्य, बद्रे आलम, कृष्णप्रसाद भट्टराई, प्राडा श्रीधर गौतम, साध्यबहादुर भण्डारी, बुद्धिनारायण श्रेष्ठ, मीना पुन, भैरवराज रेग्मी, प्राडा प्रेम शर्मा, कृष्ण अधिकारी र राजेन्द्र ढुङ्गाना रहनुभएको छ ।

त्यसैगरी, समितिको अन्य सदस्यमा देवप्रकाश त्रिपाठी, शम्भु श्रेष्ठ, किशोर श्रेष्ठ, परशु घिमिरे, डा. गोपाल खत्री, प्रभु यादव, छत्रबहादुर खत्री, शैलेन्द्र पिया, अरुणकुमार सुवेदी, फणिन्द्र नेपाल, निमबहादुर बुढाथोकी, अधिवक्ता पदम रोका, प्राडा गोपाल पोखरेल ‘विवश’, प्रभु राय रादव, कुन्ती पोख्रेल, डा. राजन पोखरेल, रहुफ अहमद खान, डा. जगदीशचन्द्र भण्डारी, मदन जोशी र मनोहर तिवारी रहनुभएको छ ।

राजमो अध्यक्ष केसीको अध्यक्षता तथा महासचिव भट्टको सञ्चालनमा अगाडि बढेको उक्त कार्यक्रममा डा. गान्धी पण्डित, अरुणकुमार सुवेदी, लालबाबु यादव, बलभद्र भारती, डा. राजाराम सुवेदी, कुमार उपाध्याय र डा. विश्वमोहन आचार्यले मन्तव्य राख्नुभएको थियो ।

महासचिव भट्टका अनुसार सो अभियान खुकुलो मोर्चाको रूपमा रहेको छ । अभियानको कुनै विधान, सदस्यता रहेको छैन । कुनै पनि सदस्य यस अभियानमा बस्न र छोड्न स्वतन्त्र छ । यो अभियान सङ्घीयता विरोधको सवालमा मात्रै तयार भएको छ ।

