• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च

युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

एल निनोले विश्वभर खाद्य सङ्कटको जोखिम बढायो

ट्रम्प र रिपब्लिकनलाई धक्का लाग्ने सङ्केत, डेमोक्रेट्सको ‘ब्लू वेभ’ सम्भावना

रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु

नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगे

१० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता

व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ३. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ४. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ५. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ६. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ७. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ८. हैदरावादमा मृत्यु भएकी जानकीको प्युठान पठाइयो

  • ९. कवि

  • १०. १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

युक्रेनको युद्धविराम योजनामाथि पुटिनद्वारा ‘गम्भीर आशङ्का’ व्यक्त


  •   शुक्रबार, चैत ०१, २०८१ मा प्रकाशित
  • मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा ३० दिने युद्धविराम गर्ने वासिङ्टनको योजनाबारे आफूलाई गम्भीर आशङ्का रहेको तर मस्को अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग छलफल गर्न तयार रहेको बताएका छन् ।

    Advertisement

    पुटिनले संयुक्त राज्य अमेरिकासँगको वार्तामा युक्रेनले मङ्गलबार संयुक्त राज्य अमेरिकासँगको वार्तामा सहमति जनाएको यस योजनामा आफ्नो पहिलो टिप्पणी राख्दै भन्नुभयो, ‘म प्रस्तावित युद्धविरामको ‘पक्षमा’ छु तर ‘त्यहाँ सूक्ष्मताहरू छन्’ र यसले कसरी काम गर्नेछ भन्ने बारेमा ‘गम्भीर प्रश्नहरू’ उठाएको छ।’

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनको टिप्पणीलाई ‘धेरै तोडमोड’ गरिएको अभिव्यक्तिका रूपमा निन्दा गर्नुभयो । उहाँले भन्नुभयो, “गत रातिको आफ्नो सम्बोधनबाट पुटिनले ‘वास्तवमा प्रस्तावलाई अस्वीकार गर्ने तयारी गरिरहनुभएको बुझिन्छ तर यसलाई ‘अमेरिकी राष्ट्रपति ट्रम्प’ समक्ष व्यक्त गर्न चाहनुहुन्न । वास्तवमा, उहाँ (पुटिं) यो युद्ध जारी राख्न चाहनुहुन्छ ।’

    संयुक्त राज्य अमेरिकाले रूसलाई बिना कुनै शर्त युद्धविराममा सहमत हुन आह्वान गरेको छ तर पुटिनले धेरै आपत्तिहरू उठाउँदै भन्नुभएको छ, ‘मलाई लाग्छ कि हामीले हाम्रा अमेरिकी सहकर्मीहरूसँग कुरा गर्न आवश्यक छ । सम्भवतः ती कुराबारे उहाँहरूले राष्ट्रपति ट्रम्पसँग टेलिफोनमा कुरा गर्नु छलफल गर्नु उचित होला ।’

    पुटिनले युद्धविराम ‘सही विचार’ भएको तर यो प्रस्तावले युक्रेनलाई फाइदा पु¥याउने बताउनुभएको छ ।रुसले द्रुत गतिमा आफ्नो भूमि कब्जा गरिरहेको र युक्रेनका सैनिकहरूले धक्का खेपिरहेको वेला हजारौँ किलोमिटर लामो युद्धको अग्र भागमा युद्धविरामको अनुगमन कसरी गर्ने भनेर पनि प्रश्न गर्नुभयो ।

    ट्रम्पले पुटिनको वक्तव्य ‘आशाजनक’ तर ‘पूर्ण नभएको’ बताउनुभएको छ ।

    ‘वास्तवमा अन्तिम सम्झौताको धेरै विवरणहरू छलफल गरिएको छ। अब हामी रुस त्यहाँ छ कि छैन भनेर हेर्न गइरहेका छौं र यदि छैन भने यो विश्वका लागि निकै निराशाजनक क्षण हुनेछ,’ ट्रम्पले भन्नुभयो ।

    उहाँले अगाडि भन्नुभयो, ‘म उहाँसँग भेट्न वा उहाँसँग कुरा गर्न चाहन्छु । हामीले युद्धविराम वार्तालाई छिटो टुङ्ग्याउनुपर्छ।’

    बुधबार कुर्स्क क्षेत्रमा रहेको सैनिक मुख्यालयको भ्रमणपछि रुसी राष्ट्रपतिट्रम्पले युक्रेनविरुद्ध आफ्ना सेनाले गरेको प्रगतिको प्रशंसा गर्दै उनीहरू अग्रपङ्क्तिका ’व्यावहारिक सबै क्षेत्रमा अघि बढिरहेको’ बताएका छन् ।

    उहाँले भन्नुभयो, ‘स्थलगत अवस्था कसरी विकसित हुन्छ, त्यसको आधारमा हामी द्वन्द्व अन्त्य गर्ने र सबैलाई स्वीकार्य हुने सम्झौतामा पुग्ने अर्को कदममा सहमत हुनेछौँ।’

    ट्रम्पले तीन वर्षभन्दा लामो द्वन्द्वको शीघ्र अन्त्यका लागि जोड दिइरहेका बेला उहाँका दूत स्टिभ विटकोफ उक्त योजनाबारे छलफल गर्न बिहीबार मस्को पुग्नुभएको थियो ।

    क्रेमलिनका एक उच्च सहयोगी युरी उशाकोभले राष्ट्रपति पुटिनले ‘सङ्केत’ दिएपछि विटकोफले पुटिनलाई भेट्ने बताउनुभएको छ ।

    रुसले एक वर्षभन्दा बढी समयदेखि युद्धभूमिमा अघि बढिरहेको छ र बिहीबार युक्रेनी सेनालाई रुसको कुस्र्क क्षेत्रको सुद्जा शहरबाट लखेटेको दाबी गरेको छ ।

    मस्कोले युद्धभूमिमा अग्रता हासिल गरे पनि आफ्नो टोलीले युद्धविराम गर्न सक्नेमा आशावादी रहेको राष्ट्रपति ट्रम्पले बताउनुभएको छ ।

    – ‘दीर्घकालिक शान्ति’ –
    पुटिनले बिहीबार भन्नुभयो, ‘हामी शत्रुता अन्त्य गर्ने प्रस्तावमा सहमत छौँ, तर युद्धको समाप्तिले दीर्घकालीन शान्ति कायम गर्नेछ र सङ्कटको मूल कारणलाई सम्बोधन गर्नेछ भन्न आधार तय हुनु जरूरी छ।’

    रुसले युक्रेनमा विदेशी शान्ति सैनिकलाई युद्धविराम वा किएभका लागि दीर्घकालीन सुरक्षा प्रत्याभूतिका रुपमा स्वीकार गर्न अस्वीकार गरिसकेको छ ।

    रूसको यो अडान युक्रेनले युरोपेली मित्रराष्ट्रहरूलाई रुसबाट भविष्यमा हुने आक्रमणबाट बच्न द्वन्द्व समाप्त भएपछि आफ्नो भूभागमा सैन्य ‘टुकडी’ तैनाथ गर्न गरेको अनुरोधविपरीत हुन सक्छ।

    रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले भन्नुभयो, ‘अन्य देशका सेनालाई कुनै पनि झण्डामुनि युक्रेनमा तैनाथ गर्नु हाम्रा लागि बिल्कुलै अस्वीकार्य छ । चाहे त्यो विदेशी दस्ता होस् वा सैन्य शिविर किनकि, यसको अर्थ हाम्रो देशसँग प्रत्यक्ष सशस्त्र द्वन्द्वमा यी देशहरूको संलग्नता हुनेछ।’

    – कुर्स्कका लागि लडाइँ –
    यसैबीच किएभले गत अगस्टमा सीमानामा रहेको रूसी क्षेत्र कुस्र्कलाई नियन्त्रणलाई लिएको भएपनि अहिले त्यहाँ रूसी सेनाले तीव्र गतिले आफ्नो क्षेत्रलाई फिर्ता लिएको दाबी गरेको छ।

    रुसी रक्षा मन्त्रालयले सुद्जासहित सीमा क्षेत्रका अन्य दुई बस्तीलाई ‘मुक्त’ गरेको जनाएको छ । युद्ध अघि करिब पाँच हजार मानिसको बसोबास रहेको सुदझा किएभले रुसी क्षेत्रमा आक्रमण सुरु गरेपछि कब्जा गरिएको सबैभन्दा ठूलो बस्ती थियो ।

    रूसले सन् २०१४ मा क्रिमियाकब्जा गरेयता युक्रेनको पाँचौं भागको एक भाग कब्जा गरेको र सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा जल, स्थल र हवाइ आक्रमण सुरु गरेको रुससँग जमिन आदानप्रदान गर्न कुस्र्क क्षेत्र युक्रेनका लागि केही ‘बार्गेनिङ’को आधारमध्ये एक हो ।

    गत हप्ता दर्जनौं वर्ग किलोमिटर युक्रेनी क्षेत्र रूसले कब्जा गरेपछि अब सीमा क्षेत्रमा युक्रेनको आफ्नो पकड पूर्णरूपमा गुम्ने खतरा रहेको सैन्य ब्लगरहरूले बताएका छन् ।

    युक्रेनको सुमी क्षेत्रको सैन्य प्रशासनले बिहीबार फेसबुकमा भनेको छ, ‘कुस्र्कसँगको सीमा नजिकका आठ वटा गाउँलाई अनिवार्य रूपमा खाली गर्न आदेश दिइएको छ।’

    अमेरिकाले युक्रेनका लागि गुप्तचर सूचना आदानप्रदान र सुरक्षा सहयोग रोकेपछि यस क्षेत्रमा मस्कोको तीव्र प्रगति भएको हो, यद्यपि विश्लेषक र अधिकारीहरूले प्रत्यक्ष सम्बन्ध नबनाउन चेतावनी दिएका छन्।

    वासिङ्टनले मस्कोसँगको वार्ताअघि किएभलाई समर्थन गर्न थालेको जनाएको छ ।

    –पुटिन र साउदी युवराजबीच छलफल–
    यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र साउदी अरबका युवराज मोहम्मद बिन सलमानबीच युक्रेन द्वन्द्वको सम्भावित समाधानका लागि टेलिफोन वार्ता भएको क्रेमलिनले शुक्रबार जनाएको छ ।

    ‘पुटिनले साउदी अरबले फेब्रुअरी १८ मा रूसी र अमेरिकी अधिकारीहरूबीच वार्ताको आयोजना गरेको प्रसङ्ग उल्लेख गर्दै युवराज मोहम्मद बिन सलमानसँग साउदी अरबको मध्यस्थता प्रयासको सराहना गर्नुभएकोे’ थियो,’ क्रेमलिनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    ‘राजकुमार मोहम्मदले युक्रेनी सङ्कट समाधानको महत्वलाई ध्यान दिनुभयो र रुसी–अमेरिकी सम्बन्धलाई सामान्यीकरण गर्न हरसम्भव योगदान जारी राख्न तत्परता व्यक्त गर्नुभयो,’ विज्ञप्तिमा भनिएको छ।

    संयुक्त राज्य अमेरिकाले युक्रेनमा ३० दिनको युद्धविरामको प्रस्ताव गरेको छ, जसलाई किएभले पहिले नै स्वीकार गरिसकेको छ। बिहीबार मस्को पुगेका अमेरिकी राजदूत स्टिभ विटकोफ रुसी पक्षसमक्ष शुक्रबार पनि संवादमा रहनुभएको छ ।

    ‘पुटिन र राजकुमार मोहम्मदले द्विपक्षीय सहयोग र ‘विश्व तेल बजारको स्थिरता’ का लागि युद्धविराम र स्थायी शान्तिको ‘महत्व’ बारे पनि छलफल गर्नुभएको छ,’ क्रेमलिनद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

    शुक्रबार, चैत ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च
    युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता
    एल निनोले विश्वभर खाद्य सङ्कटको जोखिम बढायो
    ट्रम्प र रिपब्लिकनलाई धक्का लाग्ने सङ्केत, डेमोक्रेट्सको ‘ब्लू वेभ’ सम्भावना
    रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु
    नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगे

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ४.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ५.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ६.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    भर्खरै

    • १.
      अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च

    • २.
      युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

    • ३.
      एल निनोले विश्वभर खाद्य सङ्कटको जोखिम बढायो

    • ४.
      ट्रम्प र रिपब्लिकनलाई धक्का लाग्ने सङ्केत, डेमोक्रेट्सको ‘ब्लू वेभ’ सम्भावना

    • ५.
      रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु

    • ६.
      नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगे

    • ७.
      १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

    • ८.
      चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.